रवीन्द्र समीर
चुनावी गाउँको धुलाम्मे बाटो आजकाल रङ्गीन देखिन्छ । हावामा उड्ने धुलो पनि रातो, गुलाबी, पहेँलोझैँ लाग्छ , किनकि प्रत्येक घरको ढोकामा अबिर थुप्रिएको छ ।
रामशरण काका हरेक बिहान आफ्नै पसलको सानो दराज खोल्छन् र गन्ती गर्छन् ; अबिरका प्याकेट, माला, खादा र फूल।
अचम्म त उनलाई के लाग्छ भने, यी सामान किन्नेहरू सबै उम्मेदवारका कार्यकर्ता नै हुन्छन् ।
दिउँसो जुलुस आउँथ्यो। उम्मेदवार गाडीबाट झर्थे, अनुहारमा बनावटी नम्रता तर काँधमा पहिल्यै मालाको भारी।
भीडले झन् थप्थ्यो- अबिर, माला, खादा र फूल ।
रामशरण काका टोलको छेउमा उभिएर हेर्छन् ; सबै उम्मेदवार एउटै देखिन्छन् ; फरक केवल पार्टीको झण्डा र चुनाव चिन्ह ।
एक दिन उनले आफ्नो छोरालाई सोधे-
“यत्रो अबिर, माला, फूल र खादा भोट माग्ने बेला किन लगाउनु पर्यो ?”
छोराले हाँस्दै भन्यो-
“बुबा, परिणाम आएपछि त १६५ जनाले मात्र लगाउने हो । मतगणनाअघि सबैले रहर पुरा गर्नु परेन त ? ”
===
प्रकाशित:
१९९ दिन अगाडि
|
१४ फागुन २०८२
१० घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९