Above News Title

थारू समुदायको सांस्कृतिक गन्तव्य कता ?

थारू समुदायको सांस्कृतिक गन्तव्य कता ?

रामसागर चौधरी

भर्खर दसैँ–तिहार चाडले हामी सामुबाट विदा लिएको छ । थारु समुदायको विभिन्न चाडपर्वहरुमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरुमा संस्कृति कम र आधुनिक तडकभडक नाचगान हुन थालेका छन्। अहिले थारु समुदाय परम्परागत संस्कृति त्यागेर आधुनिकीकरण गर्न लागेको अवस्था देखिन्छ। 

सांस्कृतिक कार्यक्रमहरुमा नाचगानले प्राथमिकता पाएको छ । यस प्रकारको कार्यक्रमहरुमा समाजका समस्याहरुलाई प्रहसन, नाटक, गीत, ब्यङ्ग्य आदि प्रस्तुत गर्दा समाजको पिडा, खुसी, विकासबारे जनमानसमा गहिरो छाप छोडन सक्छन्। यसले समुदायलाई अभिप्रेरित गर्नेछ।

समुदायमा देखिएको समस्याको उजागार गरेर समाज सुधारमा प्रयत्न हुन्छ। सडक नाटकले दर्शकलाई राम्रो सकारात्मक प्रभाव पार्छ।

तर, थारु समुदाय नाचगान र मद्यपान मनोरञ्जनले क्षणिक आनन्दमा रमाउँदै ।  सृजनाका कुराहरु अगाडि बढाउने वा सिर्जनसिलतामा ह्रास भएको देखिन्छ। कलाकार, गीतकार, लेखक, युवाहरुमा सिर्जनसिलता ह्रास भएमा समुदायमा सामाजिक सम्बन्धको विकास अधोगतिमा जान्छ। समाज बेथितिको बाटोमा गर्इ पछाडि पर्दै जान्छ। आत्मविश्वास हटेर परतन्त्र भइ दाताको र्इसारामा चलायमान हुन जान्छ।

अहिलेको आधुनिक परिवेशमा दगुर्न जरुरी पनि छ र आफ्नो परम्परा जोगाएर पहिचान पनि राख्नु छ। यहि द्वैध मनस्थितिले थारु समुदायबाट आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरुमा परिमार्जन हुन आवश्यक देखिएको छ। 

नेपालको चौथो ठुलो जनसंख्या भएको थारु समुदायको सर्वाङ्गीण विकास भएन भने नेपालको सम्रग विकास हुन सक्दैन। 
तसर्थ, संघ सरकारदेखि स्थानीय सरकारले आवश्यक कानुन बनाएर थारु समुदायलाई संरक्षित गर्नु आजको आवश्यकता हो। यसका लागि सबैले हातेमालो गर्नुपर्छ। 

अहिले सबै पक्षबाट थारु समुदायलाई एक्ल्याउने, सुविधाबाट बञ्चित गर्ने, आफ्नो स्वार्थको लागि प्रयोग गर्ने काम भइरहेको देखिन्छ । पद, आर्थिक प्रलोभन र स्वार्थका लागि टाठाबाठाले नेतृत्व गरेर भँड्खालोमा खसालेकाले सचेत हुन आग्रह छ। मुल कुरा थारु जोगाऔं, नेपाल बचाऔं। पहिला माटी तब मात्र पार्टी।
 

प्रकाशित:

१०७५ दिन अगाडि

|

१ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९