Above News Title

दुई साता मोरङको गाउँ बस्दा...

दुई साता मोरङको गाउँ बस्दा...

अरुण बराल


१. मिडिया : गाउँमा राष्ट्रिय मिडियाको प्रभाव शून्यमा झरेछ । केन्द्रका सूचना सामाजिक सञ्जाल (युट्युब र फेसबुक) बाट अनि स्थानीय सूचना स्थानीय अनलाइनबाट उपभोग हुने गरेको पाइयो । औपचारिक मिडियालाई अनौपचारिक मिडियाले क्वाप्पै खाएछ । राष्ट्रिय मिडियाको दम्भ क्रमशः काठमाडौंमा खुम्चँदो देखियो । राष्ट्रिय मिडियाको अनुपस्थिति र स्थानीय सरकारसँग स्थानीय मिडियाको सहवरणले समग्र आम सञ्चार क्षेत्रमा जोखिम निम्त्याएको पाइयो ।     

२. वैचारिक पक्ष :  गाउँघरमा सामाजिक सञ्जालले नै 'ओपनियन मेकर' को भूमिका खेलेको भेटियो । फलतः चोक र चिया पसलहरुमा दुर्गा प्रसाई, तारा बरालहरुको चर्चा हुँदोरहेछ । सोसल मिडियाको एकछत्र प्रभावले धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा क्रमशः जनमत बन्दै जान थालेको पाइयो । नश्लवादसमेत बढेको पाइयो । फलत:  गाउँमा सिंगै राजनीतिक व्यवस्थामाथि नै अविश्वास बढ्न थालेछ । 

३. स्थानीय सत्ता :  स्वार्थ बाझिने ठेकदार र बिचौलियाको प्रभावमा परेर स्थानीय सरकार निरीह बनेको पाइयो । स्थानीय सरकारको विरोधमा बोल्ने आँट क्रमशः हराउँदै गएर प्रतिपक्षपविहीन स्थिति देखियो । पालिकालाई करोडौं आम्दानी दिने खोलाहरु ठेक्कामा नलगाउने तर रातारात ढुंगा गिटी बेच्ने कार्यले पालिकाको राजस्व व्यक्तिको गोजी गएको पाइयो । प्राकृतिक स्रोतले धनी पालिकासमेत घाटा बजेटमा चलिरहेको पाइयो ।  गाउँका सहकारीहरु पनि संकटमा देखिए । कर्मचारी र दलका नेताहरु मिलेर स्थानीय तहमा भ्रष्टाचार र नातावाद मौलाउँदा व्यवस्थामाथिको जनविश्वास झन् झन् खस्कँदो पाइयो । 

४. विकास : गाउँमा केही सकारात्मक परिवर्तनहरु पनि पाइए । दूध डेरीमा एकाबिहानै देखिने किसानको भिडले इलमी मानिसको व्यवसायिकता झल्कन्छ । विदेशमा रोजगारी गरेर कमाउनेहरुले गाउँमै धमाधम पक्की घरहरु बनाउन थालेछन् । यातायातको सहजता, बाटोघाटो र पुल पुलेसा, बिजुली, इन्टरनेट आदिको विस्तारका कारण गाउँको जनजीवन सहज बनेको पाइयो । वडा कार्यालयले पाएको अधिकारका कारण मानिसहरु पालिकासम्म पनि पुग्नु परेन । इलाका प्रशासनको विस्तारले सिडियो कार्यालयको चाप घटाएछ । गाउँमा सिंहदरबार पुगेकै रहेछ ।

५. राजनीतिक दल : माओवादीमा चरम निराशा र विचलन, एमालेमा दम्भ अनि कांग्रेसमा आन्तरिक कलह र किंकर्तव्यविमूढता पाइयो । रवि लामिछानेप्रति बढ्दै गएको आकर्षण क्रमशः दुर्गा प्रसाईतिर बाँडिन थालेको पाइयो ।   

६. आर्थिक सामाजिक एवं सांस्कृतिक पक्ष : सबैभन्दा बढी जोखिम वालवालिका र किशोरपुस्तामा देखियो । प्रौढ र समाजका अगुवा भन्नेहरुमा तासजन्य विकृति बढेको पाइयो । टिप्परले उडाउने धुलोदेखि पारिवारिक अशान्ति र गरिबीले बालवालिकाको मानसिक विकासमा त असर पारेको छ नै, उनीको पढाइ र सभ्यताको सिकाइमा पनि समस्या पारेको देखियो । किशोरहरुमा व्याप्त बेरोजगारी, निराशा र डिप्रेसनसँगै लागूऔषधको समेत  प्रयोग हुन थालेको पाइयो ।

गाउँको मनोविज्ञान हेर्दा यस्तो लाग्यो, सिंगै देश 'मास फ्रस्टेसन' तर्फ गइरहेको छ । तर, यो स्थितिलाई रोक्ने न कुनै आर्थिक-सामाजिक कार्यक्रम छ, न कुनै संयन्त्र । यस्तै स्थिति रहि रहे नेपाली समाज कहाँ पुग्ला ? बहसको खाँचो देखियो ।


 

प्रकाशित:

१०८७ दिन अगाडि

|

२० कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९