अमृत योन्जन तामाङ
एक दिन जङ्गलका सबै जीवजन्तु भेला भएर गहन छलफल गरेछन् मानिसले गरेको प्रगतिको रहस्य के हो ? निष्कर्ष निक्लेछ- "शिक्षा" । "हो हो" सबैको सहमति ।
आयोजक सिंहले प्रश्न गरेछन् अब के गर्ने? एउटा आयोग बनाएर पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने र सबैले पढने। वर्ष-वर्ष परीक्षा गर्ने। जो पहिलो हुन्छ, ऊ देशको प्रमूख हुने र उसैले देश चलाउने। सबैले ताली बजाए। सिहको अध्यक्षतामा एउटा आयोग बन्यो र स्वाभाविक नै हो कि आयोजकहरु नै सदस्यमा पनि परे- बाघ, ब्वासो, स्यान र वनढाडे।
पुस्तक तयार भयो, पढाइ सुरु भयो, परीक्षा हुन थाल्यो। तर जहिले पनि पहिलो हुने त तिनै मांसहारी जीवहरु नै। पलेंटी कसे्र, घुँडा धसेर जति पढे पनि हात लाग्यो शुन्य। एक दशक जतिपछि शाकाहारी जीवहरु- हरिण, मृग, खरायो, कछुवा आदिले आ-आफ्मो जनसङ्ख्या पनि निकै घटेकोले चिन्तित हुँदै अलग्गै भेला गरेर छलफल गरेछन्- परीक्षामा हामी किन फेल हुन्छौ ?
छलफलले निष्कर्ष निकाल्यो- "पाठ्यक्रम फेरिनु पर्छ।" अब "शिकार कसरी गर्ने?" भन्ने पाठको ठाउँमा "शिकारी जीवबाट कसरी बच्ने, शिकारी आएको कसरी थाहा पाउने, कहाँ कसरी लुक्ने जस्ता सीप भएको पाठ राखिनु पर्छ।" सवैले जोडदार ताली बजाएर प्रस्ताव पास गरे।
यसपछि उनीहरुलाई चिन्ता पर्यो- पारित प्रस्ताब आयोगलाई कसरी बुझाउने ?
तपाईंको विचारमा शाकाहारी जीवले पारित गरेको प्रस्ताव मांसहारी आयोगलाई मान्य होला ? के आन्दोलन अगाडि बढला? के नेपालको शासकीय भाषा नेपाली र शासक जातिलाई पोष्ने वर्तमान शिक्षा नीति फेरिएला ? के मातृभाषामा शिक्षा कार्यान्वयनको लागि यो सरकार तयार होला ? यसै सन्दर्भमा यो पनि जोडन सकिन्छ के पहिचान सहितको सङ्घीयता शासकहरुलाई मान्य होला ?
प्रकाशित:
१३१२ दिन अगाडि
|
११ चैत २०७९
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९