Above News Title

को हुन् आदिवासी, जनजाति ?

सबै आदिवासी जनजाति हुन्छन् भने सबै जनजाति आदिवासी नहुन सक्छन्। यो अर्थमा नेपालका थारु आदिवासी र जनजाति दुवै हुन्।
को हुन् आदिवासी, जनजाति ?

                                                                                                                                                 तस्विरः बुनु थारु

प्राडा महिनारायण चौधरी

संसारका विभिन्न मुलुकमा आदिवासी र जनजाति आफ्ना हक अधिकारका लागि संघर्ष गरिरहेका छन्। नेपालमा आदिवासी र जनजातिको पर्यायवाची रूपमा प्रयोग  गरिए पनि ती दुवैमा स्पष्ट भिन्नता छ।

१. आदिवासी :

आदिवासी भन्नाले आदिमकाल देखि बसोवास गर्दै आएका जाति वा मूल निवासी भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुसार आदिवासी भन्नाले विद्यमान शासकसमूहद्वारा पहिले आएका र आफ्नो परम्परा, रितिरिवाज, संस्कार लगायत सामाजिक, संस्कृतिक र आर्थिक रूपमा राज्यको मूल प्रवाह भन्दा बेग्लै भएका तर शासित भएर रहनु परेकालाई जनाउँछ।

नेपाल जनजाति महासंघ अनुसार आदिवासी भन्नाले नेपालको कुनै एक खास भूभागमा आवादी गर्ने वा आफूलाई पहिलो वा पहिलो मध्येको वा मूल वासिन्दाका रूपमा स्थापित गर्ने वा आदिअनादि कालदेखि बसोवास गर्दै आएका भिन्न उत्पति, जाति, भाषा, संस्कृति भएको, राज्य र शासनसत्तामा निर्णायक भूमिका खेल्नबाट वञ्चित तथा आफ्नो पुर्ख्यौली भूमिलाई भौतिक अभौतिक विकासको स्रोत मान्ने तर वर्तमान राज्यको निर्माण हुँदा उत्पिडित तथा विस्थापित गरिएका जो आफ्नो पहिचान र सांस्कृतिक सम्पदालाई आफ्नो भावी पुस्तामा सुरक्षित रुपमा हस्तान्तरण गर्न चाहने तथा आफूलाई आदिवासी भएको भन्ने समुदायलाई जनाउँछ।

२. जनजाति :

नेपाल जनजाति उत्थान प्रतिष्ठान अनुसार जनजाति भन्नाले आफ्नै मातृभाषा र परम्परागत रितिरिवाज भएको तर हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजातिभित्र पर्छन्। यसरी जनजातिको आफ्नो छुट्टै सामुहिक सांस्कृतिक पहिचान, भाषा, धर्म, रितिरिवाज र संस्कृति, परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास भएको, देशको राजनीति र राज्यसंचालनमा भूमिका नभएको, आर्थिक तथा सामाजिक रूपबाट पिछडिएका समुदायलाई जनजाति भनी बुझिन्छ।

३. थारु :

आदिवासीको सम्बन्ध इतिहासको लामो कालखण्डसित जोडिएको हुन्छ भने जनजातिको सम्बन्ध सामुदायिक आर्थिक र सामाजिक पछौटेपनसित गाँसिएको हुन्छ। सबै आदिवासी जनजाति हुन्छन् भने सबै जनजाति आदिवासी नहुन सक्छन्। यो अर्थमा नेपालका थारु आदिवासी र जनजाति दुवै हुन्।

४.भिन्नताको विषय :

नेपालमा आदिवासी र जनजातिबीच फरक नछुट्याईदा पर्यायवाची रूपमा प्रयोग हुने भएकाले र ६० बढी प्रकारका जनजातिमध्ये आदिवासी र जनजाति कुन कुन हुन् भन्ने नछुट्याई सम्पुर्ण अनुसूचित जातिहरू लाई केवल जनजाति भनिएको छ। केही विद्वानले भूमिमा प्रथम बसोवास गर्नेहरूलाई भूमिपुत्र वा मूलवासी वा आदिवासीका रुपमा लिनुपर्ने विचार व्यक्त गर्छन्।

५. तराई-मधेस :

राष्ट्रिय जनजाति विकास समिति विसं. २०५४ को अनुसुची १ अनुसार ६० थरी जनजातिमा तराई-मधेसी समुह भित्र जनजाति अन्तर्गत किसान, कुशवाडिया, गन्गाई, झाँगड, ताजपुरिया, थारु, दनुवार, धानुक, धिमाल,मेचे (बोडो), राजवंशी (कोचे) र सतार (सन्थाल) मात्र पर्छन्।


                     

प्रकाशित:

१२८९ दिन अगाडि

|

२१ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७० दिन अगाडि

|

२७ मंसिर २०७९