Above News Title

 १२ जना पुरुष उम्मेदवारमा म एक्लो महिला उम्मेदवार

प्रदेशसभा सदस्यको सर्टिफिकेट नपाए पनि वैचारिक र सैद्धान्तिक रूपले मेरो जित भएको छः राधा चौधरी
 १२ जना पुरुष  उम्मेदवारमा म एक्लो महिला  उम्मेदवार

राधा चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट  प्रदेश सभा बारा क्षेत्र न १ (क) बाट चुनावमा होमिएकी थिइन् । नतिजा उनको पक्षमा किन आएन । किन आएन त ? यसबारे उनले आफ्नो भावना व्यक्त गर्दै सबै मतदातामा धन्यवाद व्यक्त गरेकी छिन् । उनका विचार जस्ताको तस्तैः

सम्पुर्णमा नमस्कार !
२०७९ मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा म धेरै आशा र विश्वासका साथमा आफू जन्मेको ठाउबाट चुनाव लडें ।एक  महिनाको कडा मेहनतले जनताको मनमष्तिकमा बसें, मेरो पक्षमा राम्रो माहोल र जनलहर पनि बन्यो, चुनाव जित्छु भनेर विश्वास धेरै जाग्यो तर सोचेको जस्तो परिणाम आएन, अन्तिमको दुई दिनमा सारा जनलहर टुट्यो - 

कारण अन्य उम्मेदवार जस्तो म पैसा पानी जस्तो बगाउन सकिन माछामासु वितरण गर्न सकिन, भोजभतेर गर्न सकिन, पैसा वितरण गरिन परिणामस्वरूप चुनाव परिणाम उल्टो भयो | यसरी माछामासु, रक्सी र पैसाले भोटरलाई प्रभावमा ल्याउनु मेरो सिद्धान्त  विपरत रहेको छ, म एउटा सामाजिक अभियन्ता हो, पुरै देशको नजर म माथि थियो, मात्र चुनाव लड्न आएको थिएन बल्कि चुनाव हुने गरेको विकृतिलाई हटाउन पनि मेरो धर्म थियो ।

नतिजा मेरो पक्षमा नआए पनि, प्रदेशसभा सदस्यको सर्टिफिकेट नपाए पनि वैचारिक र सैद्धान्तिक रूपले मेरो जित भएको छ । ठुला दलहरूको गठबन्धन बिच मैले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट  प्रदेश सभा बारा क्षेत्र न १ (क) बाट चुनाव लड्न हिम्मत गरें, बिना कुनै संगठनको १३३४ मत ल्याए । १ नम्बर क्षेत्रमा प्रदेश सभा प्रत्यक्ष तर्फ (क) मा १२ जना पुरुष उमेदवारमा म एक्लो महिला उमेदवार थिए, ५ जना पुरुष भन्दा बढी मत ल्यांए - यंहा मेरो जित भएको छ । माछामासु र रक्सी वितरण गरेर सोझासाझा जनतालाई अन्य पार्टीले प्रभावमा नपारिएको भए अप्राकृतिक गठबन्धन पनि पछि नै रहने थियो ।

यो सुरूवात हो मेरो  राजनीतिक यात्राको - म अब अझै बढी मेहनत गर्नेछु जनताको सुखदुःखमा हरबखत साथ रहने छु अब बस्ने छैन, अब शक्ति बनेर अगाडी बढ्ने छु।  राजनीतिक विकृतीलाई हटाउने छु।  राजनीतिको नाममा दलाली र ठेकेदारी गर्ने लाई तह लगाउने छु। मेरो जनसेवा र राजनीतिक यात्रा संगसंगै अगाडी बढने छु। 

यो चुनावी दौडमा मलाई साथ सहयोग दिने सम्पूर्ण साथी भाइ लगायत आ आफ्नो ठाउँबाट सहयोग गर्ने सुभ चिन्तक पत्रकार मित्र मलाई सुरक्षा दिने सुरक्षा कर्मी लगायत आफ्नो अमुल्य मत दिने मतदाता सम्पूर्णमा हार्दिक आभार सहित  धन्यवाद व्यक्त गर्दछु।

प्रकाशित:

१४३० दिन अगाडि

|

१२ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९