Above News Title

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

‘नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ’

सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीबाट दाङ–१ बाट प्रतिनिधि सभाको सांसदको उम्मृदवार थिए । उनी ८ हजार १९ मत ल्याइ तेस्रो स्थानमा रहे । सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्ने क्रममा उनले दिएको सन्देश जस्ताको तस्तैः

भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अभियानमा रात दिन खटिनु भएका सबै नेता, अभियन्ता, दाजु भाइ दिदी बहिनी एबम् मलाई अमुल्य मत दिनु हुने सबै मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । 

निर्वाचन सम्पन्न भए स्ँगै  समाजका हरेक तह तप्कालाई हामी हाम्रो र राष्ट्रको बारेमा अर्को अध्यायमा कस्तो भूमिका चाहन्छौं भन्ने कुरामा केन्द्रित भएर दुइ कदम अघि भएर समिक्षा र आत्मसात गर्न अनुरोध गर्दछौ । 

निर्वाचनमा होमिदा हामी आ(आफ्ना पार्ट्रीको एजेन्डा लिएर नागरिकको घर दैलोमा पुगेका थियौं। निर्वाचनको बेला दलहरुको मुद्दा र एजेन्डामा समाज बिभाजित हुन पुग्छ । तसर्थ निर्वाचन पछिको अवसरलाई हामीले आगामी दिनमा एक ढिक्का भएर हाम्रो सबल र दुर्बल पक्षलाई आत्मसात गर्दै हाम्रो लक्ष्य केन्द्रीत भएर चिन्तन गर्न हार्दिक अनुरोध गर्दछौ । साथै एक अर्का लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुन सकौं । 

सम्पूर्ण नागरिकहलाई देशले मागेको , खोजेको सामाजिक र राजनीतिक रुपान्तरणको लागि हरेक तह तप्कामा भूमिका खेल्न  आह्वान समेत गर्दछु । 

निर्वाचनमा मतको स्ंख्याले हारजित हुनु एउटा कुरा हो, तर वास्तबिक जित त्यतिबेला मात्रै हुन्छ, जतिबेला हामी आगामी ५ वर्षको कार्यकालमा जनतासंग बाचा गरेका प्रतिवद्धताप्रति हामी हाम्रो कामले प्रमाणित गर्न सक्छौं । तसर्थ, जितेर जानेहरुको पनि वास्तबिक परीक्षाको घडी निर्वाचन परिणामको घोषणा संगै सुरु भएको छ । सम्पूर्ण बिजेता मित्रहरुलाई परीक्षाको घडी सजिलै पास गर्न सफलता मिलोस् भन्ने कामना समेत गर्दछु । 

देशभरीबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । केही पुराना केही नयाँ अनुहारहरुको प्रवेश संसदमा हुने स्ंकेतले आशा र निराशा युक्त   सन्देश दिएको अवस्थामा हाम्रो समाजको राजनीतिक  दृष्टिकोण के हो ? यसै भन्न सक्ने अवस्था छैन । 
तर एउटा कुरा भने स्पष्ट छ, त्यो भनेको हाम्रो युवा पुस्ता अहिलेको परिणामबाट उनीहरुको भबिष्य, परिवारको भबिष्य, देशको भबिष्य के हुन्छ भन्ने कुराले चिन्तित तुल्याएको छ । 

त्यसको एउटै कारण भनेको बिगत ३० वर्षदेखि देश र पार्टीमा हालिमुहाली गरेका नेताहरु पुनः निर्वाचित भएका छन् । केही सकारात्मक पक्ष र सन्देश पनि अहिलेको निर्वाचन परिणामले दिएको छ, त्यो भनेको नयाँ दलहरु र नयाँ अनुहारहरुको संसदमा हुने प्रबेश । 

नयाँ अनुहार र पार्टीको जितले समाजमा आशा जगाएको छ । हामी सबै उम्मेद्वारले मनन गर्नै पर्ने कुरा भनेको हामी सबैले हाम्रा एजेन्डा र धारणालाई निर्वाचनमा लिएर जाँदा, समाज पक्ष र बिपक्षमा बाँडिन पुग्छ । ती बिभाजनलाई जोड्ने जिम्मा पनि हामी उम्मेद्वारहरुकै हो । हाम्रा फरक फरक बिचार र धारणाको बावजुद हामीलाई आउने दिन हरुमा असल छिमेकी, असल साथी , असल सहकर्मीको रूपमा बस्नुपर्ने वास्तबिकतालाई सबैले मनन गर्नैपर्छ। 

अन्तमा फरक फरक बिचार बोक्ने पार्टी हामी सबैले नागरिकको आकाँक्षा पुरा गर्न हाम्रो सहकार्यको साझा धरातललाई पहिचान गर्न सक्नु पर्छ । त्यो साझा धरातल भनेको समतामूलक समाज निर्माण, समाबेशी सहभागितामुलक लोकतन्त्र, समातामुलक समृद्धि र सामाजिक न्यायको सवालहरु नै हुन् भन्ने कुरा हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रतिबद्ध छ । 
अन्तमा, निर्वाचनमा सहयोग गर्नु हुने सबै शुभ चिन्तकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

प्रकाशित:

१३४२ दिन अगाडि

|

१० मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९