Above News Title

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

छविलाल कोपिला 

यसपाली सबै उम्मेदवारहरुको भाषण सुन्न पाइएन । दाङ क्षेत्र नं. १ का केही उम्मेदवारहरुको भाषण सुन्न मौका मिल्यो । यस पटकका भाषणमा अधिकांशमा व्यक्तिगत गाली, लान्छना काम सुनियो ।

१. शान्ता चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार

नेकपा एमालेकी सचेतक एवम् पूर्व सभाषद् शान्ता चौधरी सबैभन्दा बढी व्यक्ति गाली, गलौज, लान्छना लगाउनेमा देखिनु भयो । उहाँले मेटमणिदेखि रेशमसम्म गाली गर्न भ्याउनु भयो । मेटमणिलाई त झन घुमाइ फिराइ सत्तोसराप गर्नु भयो ।

२. सुरेन्द्र चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले अन्य दलको सामान्य टिकाटिप्पणी गर्नु भयो र मेटमणि चौधरीले गाउँका केही प्रलोभनका सामाग्री वितरण गरिरहेको जानकारीमा आएको कुरा सुनाउँदै यस्तो कार्य गरेको पाइएमा कडा प्रतिवाद गर्ने पनि बताउनु भयो ।

३. योगेन्द्र चौधरी, प्रतिनिधिसभा समानुपातिक  उम्मेदवार

नेपाली कांग्रेसका लोकप्रिय नेता योगेन्द्र चौधरीले रेशम चौधरीप्रति सहानुभूति प्रकट गर्दै ढकियाले केही स्थानमा विजय हुँदैमा रेशम चौधरीलाई जेलबाट छुटाउन नसकिने बताउँदै यसको लागि सबै एक जुट भएर नीति परिवर्तन गरेर मात्रै सम्भव हुने कुरा जोड दिनुभयो । उहाँले एमालेको पटक पटक संसद विघटन, ७० वर्षपछि जनताले प्राप्त गरेका संविधान भङ्ग र सरकार बाहिर रहेसम्म लगातार संसद अबरुद्ध गरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भयो । व्यक्तिगत आरोप सुनिएन ।

४. मेटमणि चौधरी

नेकपा एकिकृत समाजवादीका नेता एवम् शहरी विकास मन्त्री मेटमणि चौधरीले योगेन्द्र चौधरीको मन्तव्य माथि सहमति जनाउँदै आफ्ना चुनावी योजना बारे कुरा राख्नु भयो । उहाँको मन्तवयमा व्यक्तिगत रुपमा कसैप्रति टिकाटिप्पणी सुनिएन ।

५. अनुराग खड्का, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार

नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले आफ्नो बुबा खुमबहादुर खड्काको साख जोगाउन राजनीतिक क्षेत्रमा लागेको बताउँदै आफू युवा भएकोले सबैको साथ सहयोगको अपेक्षा सहित आफू जिम्मेवारी पूर्वक विकास गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नु भयो । व्यक्तिगत रुपमा टिकमाटिप्पणी गर्नु भएन ।

६. कुलबहादुर के.सी, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार

नेकपा एमाले नेता एवम् निवर्तमान लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी.ले शालीन तारिकाले आफ्नो बिश्लेषणात्मक योजनाहरु राख्नु भयो । सामान्य दलगत टिकाटिप्पणी बाहेक व्यक्तिगत आरोप सुनिएन ।

प्रकाशित:

१३५१ दिन अगाडि

|

१ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९