Above News Title

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

फुर्सदमा ‘हरचाली’ : ढकियादेखि जालबुन्ने शौखिन हातहरु

धनगढी

 रोपाइँ सकिएयता कैलालीको कैलारी गाउँपालिका–८ पूर्व टेढीका गंगाराम चौधरी जाल बुन्नमा ब्यस्त छन् ।
पुख्र्यौली सीपमा आधारित हस्तकलाका सामग्री बनाउन औधी रुचि राख्ने उनी अचेल माछा मार्न प्रयोग गरिने जाल बुन्न ब्यस्त छन् ।

उनले भने, ‘मलाई जाल बुन्न खुब शौक लाग्छ । फुर्सद हुने बित्तिकै जाल बुन्न सुरु गरिहाल्छु । माछा मार्ने सबै सामग्री आफै तयार गर्न सक्छु । घर नजिकै कटैनी नदी रहेकोले पनि माछा मारेर खाने पनि मेरो रुचीकर काम हो ।’

गंगाराम आफ्नै हातले माछा मार्न प्रयोग हुने जाल मात्रै होइन, हेल्का, टापी, जबिया लगायत सामग्री पनि बुन्ने गरेका छन् ।

उता कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी प्रेमकुमारी चौधरी फुर्सदको समय ढकिया बुन्नमा ब्यातित गर्छिन् । स्थानीय हमार बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी सहायक व्यवस्थापक समेत रहेकी उनी कार्यालयको कामबाट खाली हुने बित्तिकै ढकिया बुन्नमा लाग्छिन् ।

‘ढकिया बुन्नु मेरो रुचिको कार्य हो । घरायसी प्रयोजनको लागि चाहिने ढकिया म आफै तयार गर्छु’, उनले सुनाइन् । आफ्नो कार्यालयमै ढकिया बुन्दै आएकी उनी विभिन्न पनुवादार (बुट्टादार) ढकिया बुन्दै आएको बताउँछिन् ।

यतिबेला ग्रामीण भेगका महिलाहरु ढकिया, डेलुवा, पनछोप्नी (पानी छोप्ने बस्तुु) लगायत घरायसी प्रयोगमा आउने वस्तु बनाउनमा लागेका छन् । पुस्तौंदेखि प्रचलनमा रहेको ज्ञान, सीपको सदुपयोग गर्दै उनीहरु विभिन्न उपकरण बनाउन लागेका हुन् । 

यतिमात्रै होइन, दशैं, तिहार जस्ता चाडपर्वनजिकै गर्दा पर्वमाचाहिने वस्तुहरु जोहो गर्न पनि उनीहरु लागी परेका हुन् । बेनौलीकै स्थानीय विफनी थरुनी नजिकिदै गरेको अट्वारी, दशैं, दीपावलीलगायत पर्वमा चाहिने दुना, टपरी बुन्नव्यस्त छिन् ।

बेनौलीकै विपती थरुनी (६१) डेलुवा बुन्नमा व्यस्त छिन् । जवान नातिनीहरुको विवाहमा सगुनको रुपमा प्रदान गरिेने डेलुवा बुन्नमा उनी फुर्सदको सदुपयोग गर्छिन् ।

‘रोपाइँपछि हामी फर्सदिलो हुन्छौ । फुर्सदको समयलाई सदुपयोग गरी घरायसी प्रयोगमा आउने वस्तु बनाउँछौ’, अर्की गृहिणी वनस्पतिथारुले भनिन् ।

जैविक सामग्रीको प्रयोग गरी कलात्मक ढंगले बनाइने डेलुवा पश्चिम नेपालको थारु  जातिमा प्रायःविवाह, औपचारिक कार्यक्रममा सजावट तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोग हुन्छ भने ढकियाको प्रयोग सामान ओसार्न तथा राख्नको लागि प्रयोग गर्नलाई बनाइन्छ । जुन बुन्ने सीपसँगै दक्षता उत्तिकै जरुरी रहने बताइन्छ ।

बेनौलीकै सुझावन डंगौरा थारु (६६) आजभोलि ढह्रिया बुनेर फुर्सदको समय सदुपयोग गर्दै आएका छन् । माछा मार्ने उदेश्यले ढह्रिया बुन्दै आएका उनले यताउता डुलेर समय खेर फाल्नु भन्दा त घरमा बसेर हरचाली गर्नु नै जाती भएको बताउँछन् ।

सुझावन भन्छन्–‘पुुरानो ज्ञान सीपको फाइदै फाइदा छ । ढह्रियामा दिनहुँ सजिलै माछा फस्ने हुनाले प्रत्येक दिनको खान्कीमा माछा नै हुन्छ हाम्रो । बढी भएको माछाको पक्ली (सिद्रा) बनाउँछौ,जुनचाड पर्वमा विशेष परिकारको रुपमा रहन्छ ।’

थारु जातिमा ढह्रिया बनाउने हस्तकला प्रविधि पुस्तौंदेखि चल्दै आएको मौलिक माछा मार्ने प्रविधि हो ।   

ग्रामीण वस्तीहरुमा ढकिया, डेलुवा, ढह्रिया, जालमात्रै होइन, टापी, जाल, बरेरुवालगायत माछा पार्ने प्रविधिका साथै खटिया, सुप्पा (नाङलो) डिलिया (माछा राख्ने भाँडो), छिट्नी, छिटुवा, वस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, छर्की, बेना (हाते पंखा)लगायतबुन्ने कामहुँदै आएको देख्न पाइन्छ ।

घरायसी प्रयोजनमा आउने ती वस्तु फुर्सदको समयमा बनाइने गरिए पनि बाह्रैमास प्रयोगमा आउँछन्, जुन वातावरणीय हिसाबले र आयआर्जनको हिसाबले पनि निकै किफायती हुने बताइन्छ ।

तर पछिल्लो समय सो प्रविधि तथा बनाउने ज्ञान र सीप विस्तारै लोप हुँदै गएको छ । समयअनुसार नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा ती हस्तकला सम्बन्धी ज्ञान र सीप लोप हुँदै गएको थारु संस्कृतिविद अशोक थारु बताउँछन् ।

ती सामग्री बनाउने ज्ञान र सीप जोगाएर व्यावसायिक बनाउन सके संरक्षणका साथै आयआर्जन समेत गर्न सकिने संस्कृतिविद थारु औल्याउँछन् ।
 

प्रकाशित:

१४८७ दिन अगाडि

|

३ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७१ दिन अगाडि

|

२७ मंसिर २०७९