फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नेमा पार्टीभित्र विवाद चुलिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन् । सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर सो निर्णयको पार्टीका एकथरी पक्षले कडा रूपमा विरोध जनायो । सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद नै गरे । त्यसको भोलिपल्ट बिहीबार नाउपाका २ विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो ।
सो जिम्मेवारी लिएको देखेपछि पार्टी अध्यक्ष श्रेष्ठ झन् कडा रूपमा प्रस्तुत हुँदै शुक्रबार प्रदेश सरकारबाट फिर्ता हुनु भन्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन नै जारी गरिन् । फिर्ता नभए कारबाही गर्ने चेतावनी समेत उनले दिइन् ।
तर सो कारबाही गर्ने चेतावनी स्वरुपको पत्र सम्प्रेण गरेको केही घन्टामै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै एक्लिन पुगेकी हुन् । पार्टीको वरिष्ठ उपाध्यक्ष रहेका पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन् । तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन् ।
श्रीमान् र श्रीमती रहेका रेशम चौधरी र रञ्जितालाई मिलाउनको लागि पार्टी नेता पण्डितले टीकापुर बैठकबाट आफूले रञ्जितालाई साथ दिएको र निर्णयमा सहयोग गरेको बताएका छन् । तर आफूले उनीहरूलाई मिलाउन नसकेको भन्दै सो निर्णयबाट पछि हटेको पण्डितले बताए ।
पण्डितले भने,‘श्रीमान् र श्रीमतीलाई मिलाउनको लागि टीकापुर बैठक र सो बैठकबाट नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने तथा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निर्णयमा पुगेका थियौ । तर मैलै उनीहरूलाई मिलाउन सकिन । रेशम विना नाउपाको परिकल्पन गर्न नसकिने भएकोले म सो निर्णयबाट पछि हटेको हुँ ।’

टीकापुर बैठकमा १२ जना संस्थापक सदस्यहरूको सहभागिता रहेको थियो । बैठकमा सहभागी पार्टी संस्थापक तथा सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी, अर्का संस्थापक लक्ष्यबहादुर चौधरीले यसअघि नै टीकापुर बैठकको निर्णयमा आफूहरूको सहमति नरहेको घोषणा गरिसकेका छन् । पण्डितले पनि सो निर्णयमा समर्थन नरहेको घोषणा गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पार्टीभित्र अल्पमतमा परेकी हुन् । नाउपाका २१ जना केन्द्रीय संस्थापक सदस्य रहेका छन् ।
रेशम यतिबेला जापान भ्रमणमा छन् । उनी शनिबार स्वदेश फिर्ता हुने बताइएको छ । आफू स्वदेश फिर्ता नहुँदै स्वच्छेचारी रूपमा निर्णय लिएको भन्दै आफ्नै पत्नीसमेत रहेकी श्रेष्ठलाई कारबाही गर्ने रेशमको तयारी रहेको रेशम निकट स्रोतले बतायो । यसैबीच रेशमका स्वीकीय सचिव आलोक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो पटक प्रतिक्रिया दिएका छन्, बाँदरको हातमा नरिवल र रन्जिताको हातमा नाउपा उस्तै उस्तै हो ।
प्रकाशित:
८९९ दिन अगाडि
|
१७ चैत २०८०
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९