Above News Title

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोही अधिकारको माग गर्दै थालेको आन्दोलन फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय घोराहीको गेटमा जारी छ । मोही अधिकार कायम भए पनि जमिन पाउन नसक्ने अवस्था आएको भन्दै मोही किसानहरुले मोही अधिकारको कार्यान्वयनको माग गर्दै आएका छन् । 

उता,  संघर्ष समितिका संयोजक प्रभुराम चौधरीसहित काठमाडौमा संघीय मन्त्री, राजनीतिक दलका नेता र सांसदहरुलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरिरहेका छन् । टोलीमा रहेका थारु कल्याणकारिणीसभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार किसानहरुसँगको भेटमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भूमिको समस्या किसानको मात्र नभई राष्ट्रकै समस्या भएकाले तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

भूमिमाथिको द्वैध स्वामित्व हुनुहुँ‘दैन भन्नेतर्फ सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले विधेयक ल्याएर यस्ता समस्या समाधान गर्ने बताए । 
टोलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, एमाले महासचिव शंकर पोख्रेल, सांसद दीपक गिरीलाई पनि भेट गरी समस्या समाधानमा भूमिका खेल्न आग्रह गरेको छ । महासचिव पोख्रेलले किसानको समस्याप्रति आफू जानकारी रहेको भन्दै समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले किसानका समस्या समाधानमा पार्टीको सहयोग हुने बताए ।

थाकस दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार गुठीपीडित किसान तथा दलका प्रतिनिधिहरुले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य मेनका पोख्रेललगायतसँग पनि भेट गरी मोही अधिकार कार्यान्वयनका लागि भूमिका खेलिदिन आग्रह गरेको छ । 

स्वर्गद्वारी गुठीको कुल एक हजार ५० विगहा जमिनमध्ये सात सय ७३ दशमलव ४ विगहा जमिनमा मोही छ । तर मोही पूर्जा पाइसकेका तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान सर्वोच्च अदालतले २०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष गुठी भएकाले खण्डीकरण नगर्न परमादेश जारी गरेपछि मोही अधिकारबाट बञ्चित भएका छन् ।

प्रकाशित:

९१० दिन अगाडि

|

७ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९