नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोनित

नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना मनोनित

८५३ दिन अगाडि

|

१४ माघ २०८०

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

८५३ दिन अगाडि

|

१४ माघ २०८०

दाङदेउखुरी लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको ककनडार (बरघर)मा मंगल चौधरी पुनः चयन भएका छन् ।  माघ १३ शनिवार बसेको गाउँको भुरा खेलले मंगल चौधरी पुनः चयन भएका हुन् । गत वर्ष पनि ककनडार रहेका उनले गाउँलेले पुनः विश्वास गरी नेतृत्व गर्ने अवसर दिएकोमा आभार व्यक्त गरे ।  ककनडारका अर्का प्रत्याशी विक्रम चौधरीले उम्मेदवारी फिर्ता लिदै जसले नेतृत्व लिए पनि गाउँको समग्र विकासमा दिलोज्यान दिएर लाग्नुपर्ने बताए । उनले गुर्जिह्वा गाउँको सिँचाई प्रणालीमा झरन पानी मात्रै भएकाले मूल कुलोबाट सिँचाईको लागि प्रगन्ना सिँचाई आयोजनासँग ककनडारबाट पहल गरिनुपर्ने धारणा राखे । यसैगरी कुलो सरसफाईका लागि कुलराज चौधरीले ठेक्का हात पारे । ४ जनाले टेण्डर दिएकोमा उनले ३६८ रुपैया ५० पैसा प्रति कट्ठा पनकर लिने शर्तमा ठेक्का पाएका हुन् । गुर्जिह्वा टोलअन्तर्गत भुरीपुर, पत्थरपुवा, चारघरुवा टोल रहेकोमा ती टोलका बरघर पनि चयन भएका छन् । यसैबीच, दाङको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन यही माघभित्र बस्ने नगरपालिका परिषदले पास गर्ने लमही नगरपालिकाका मेयर जोगराज चौधरीले जानकारी दिएका छन् ।

लमही नपाको महटावाँ÷बरघर ऐनबारे छलफल

लमही नपाको महटावाँ÷बरघर ऐनबारे छलफल

८५८ दिन अगाडि

|

९ माघ २०८०

दाङदेउखुरीको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐनबारे सोमबार छलफल भएको छ ।  थारु आयोगको आयोजनामा थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समितिको हल लमहीमा भएको कार्यक्रममा अधिवक्ता हल्लुप्रसाद चौधरीले ऐनबारे सहजीकरण गरेका थिए ।  कार्यक्रममा सहभागी लमही नगरअन्तर्गतका बरघरहरुले देउखुरी उपत्यकामा बरघरलाई ककनडार, अगह्वा भनिने हुँदा ऐनको नाममा पनि त्यही मौलिक शब्द राख्नुपर्ने जिकिर गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आउने साता बस्ने नगर परिषद्को बैठकबाट महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन पारित गरिने आश्वासन दिए । उनले पालिकाले थारु भाषामै पाठ्यक्रम बनाउने योजनामा रहेको पनि जानकारी दिए । सो अवसरमा बरघर प्रणालीबारे अनुसन्धानरत डा कृष्णराज सर्वहारीले सबैभन्दा पहिले बर्दियाको बारबर्दिया नगरपालिकाले बरघर ऐन पारित गरी राजपत्रमा समेत प्रकाशित गरिसकेकोको अवस्थामा अझै कार्यान्वयन हुन नसकेको बताए । उनले बरघर ऐन कार्यान्वयनको जटिलता फुकाउन पहिले ऐन पारित गरिसकेका पालिकाहरुसँग सहकार्य, समन्वय गरिनुपर्ने धारणा राखे ।  थारु आयोगका सदस्य सुबोधसिंह थारुले थारु समुदायको प्रथाजनित कानुन बरघर प्रणालीको संरक्षण गरिनुपर्ने बताए । उनले आयोगबाट आगामी वर्ष थारु युवावर्गलाई लक्षित गरी लमहीमा लोकसेवा आयोगको तयारी कक्षाका लागि पहल गर्ने बताए ।  थाकस देउखुरी क्षेत्रीय सचिव बालगोविन्द चौधरीले सञ्चालन गरेको कार्यक्रममा लमही नगरका ३ दर्जन बरघरहरुको सहभागिता थियो ।   

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

८६३ दिन अगाडि

|

४ माघ २०८०

माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीमा बस्ती नायक ( बरघर) हरु चुन्न थालिएको छ । कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमा भुरा खेल तथा खोज्नीबोज्नी कार्यक्रममार्फत बस्ती नायकहरू चुनिन थालेका हुन् । बस्ती नायकका रूपमा बरघर, भलमन्सा, चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरू चुनिँदै आएका हुन् । नेतृत्व चयन कार्य कतै सर्वसम्मत हुन्छ भने कतै चुनावी विधिमार्फत पनि हुन थालेको छ । यसैबिच कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरमा भएको गाउँको खोज्नीबोज्नीबाट गाउँको बरघर-भल्मन्सामा यमबहादुर चौधरी चयन भएका छन् । गाउँको ओर्गान-चौकीदारमा गोपीलाल चौधरी, भल्मन्सा सहयोगीमा छबिलाल चौधरी, धनलाल चौधरी र लाल बहादुर चौधरीलाई चयन गरिएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति माधव थारुले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा भएको बोझनीबाट पुनः तेस्रो कार्यकालको लागि गहनु बखरिया बरघरमा छनोट भएका छन् । गाउँको चौकीदारमा महादेव पछलडङ्गिया चयन भएका छन् भने लेखापालमा चेतराज कुरेर्हुवा चयन भएका हुन् । साथै देश बन्धिया गुरुवा (पुजारी)मा फूलराम डंगौरा, केसौका (सहायक पुजारीमा बहिदार पछलडङ्गिया छनोट भएका छन् । साथै गाउँ समाजले सो गाउँमा टोल अनुसार पनि जिम्मेवारी दिएको छ । पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । उत्तर टोलको नेतृत्वको जिम्मेवारी आशाराम कुरेर्हुवा, पछलडङ्गान टोलको नेतृत्व मिना पछलडङ्गिया, जलकोन्टी टोलको नेतृत्व ईन्द्र बहादुर कुश्मी, पश्चिम टोलको नेतृत्व जुगलाल पछलडङ्गिया, कुरेर्हुवा टोलको नेतृत्व श्याम कुरेर्हुवा, बखरिया टोलको नेतृत्व छेदुलाल बखरिया र दक्षिण टोलको नेतृत्व विल बहादुर दहितलाई दिइएको छ । माघ पर्व मनाएयता कैलाली र कञ्चनपुर जिल्लामा मात्रै होइन, दाङ, बाँके र बर्दिया जिल्लामा समेत भइरहेको हो । नयाँ वर्ष तथा आर्थिक वर्षको सुरुवातको रूपमा माघलाई लिने प्रचलन रहेको थारु समुदायमा गएको वर्षको समीक्षा तथा आगामी वर्षको लागि कार्य योजना समेत निर्माण गरिन्छ । स्थानीय तहले कानुन बनाउँदै, भएन कार्यान्वयन पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । अभियानकर्ता चौधरीका अनुसार पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित थारु बहुल क्षेत्रमा बरघर प्रणालीमार्फत जन्मदेखि मृत्यु संस्कारसम्मको गतिविधि तथा विकास निर्माणको कार्य हुँदै आएको छ । हालसम्म १५ पालिकाले बरघर ऐन ल्याइसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘बरघर प्रणाली प्रथाजनित कानुन हो । आफ्नो नेतृत्व आफै छनोट गरिने, विगतका कार्यहरूको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ । यसलाई अन्तर्राष्ट्रिय श्रम महासन्धि १६९ ले मान्यता दिएको छ । नेपाल सरकार पक्ष राष्ट्र पनि हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार पनि थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’ केही पालिकाहरूले ऐन ल्याउने तयारीमा रहेको पनि उनको भनाइ छ । तर ल्याइएका ऐनहरू भने कार्यान्वयनमा देखिएका छैनन् । बरघर प्रथाप्रति सुदूरपश्चिम सरकारको चासो यसैबिच केही समययता सुदूरपश्चिम प्रदेश सभामा बरघर भल्मन्सा प्रणालीलाई संस्थागत गर्नुपर्ने आवाज उठ्दै आएको छ । प्रदेश सरकारले नै ऐन बनाएर संस्थागत गर्नुपर्नेमा प्रदेश सभा सदस्यहरूले जोड दिँदै आएका छन् । प्रदेश सभा सदस्यहरूको जोडले प्रदेश सरकारले बरघर प्रणालीलाई संस्थागत गर्नमा चासो देखाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सो प्रणालीलाई संस्थागत गर्न बजेट समेत विनियोजन भएको बताएका छन् । हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को केन्द्रीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भनेका थिए, ‘बरघर र भलमन्सा प्रथा संस्थागत गर्न हामी अगाडि बढेका छौ । जसको लागि बजेट समेत विनियोजन भएको छ । थप बजेट समेत व्यवस्था गर्न सकिने छ । जसको लागि तपाईहरुको सहयोग पनि जरुरी छ ।’ बरघर संरक्षण अभियानकर्ता एकराज चौधरीले बरघर ऐन आएसँगै लोप हुने क्रममा रहेको बरघर प्रणालीलाई संरक्षण गर्नु राज्यको दायित्व बनेको र स्थानीय सरकारको योजना निर्माणमा सहभागिता सुनिश्चित हुने बताउँछन् । उनले भने, ‘उहिल्यैदेखि आर्थिक, सामाजिक तथा विकास निर्माणमा बरघरहरुको प्रत्यक्ष सहभागिता छ । गाउँघरमा न्याय निसाफको काम पनि बरघरकै नेतृत्वमा हुन्थ्यो । तर राज्यबाट उपेक्षा हुँदैआएको थियो । उनीहरूको कुनै अस्तित्व तथा पहिचान थिएन । अब ऐन आएपछि उनीहरूको सर्वप्रथम पहिचान गरिने काम होला । राज्यको संरचनामा पहुँच बुद्धि हुने देखिन्छ । स्थानीय सरकारको विकास योजना निर्माण प्रक्रियामा सहभागिता भई बजेट बाँडफाँटमा समेत पहुँच पुग्ने देखिन्छ । अन्ततः उपभोक्ता समितिको काम पूर्णतः बरघर प्रणालीमार्फत हुनेछ । बरघर प्रणाली आफैमा भाषा, संस्कृतिको एक पाटो भएको हुँदै जसको संरक्षण पनि सँगैसँगै हुने चौधरीले विश्वास व्यक्त गरे ।

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

८६४ दिन अगाडि

|

२ माघ २०८०

सरला चौधरी माघ पर्वको तेस्रो दिन थारू समुदायमा छोरीचेलीलाई निसराउ दिन जाने परम्परा रहेको छ । तर, समय परिवर्तनसँगै यो परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।  माघ लाहानपछि नदी किनारमा पूजा गरी मटावा वा मान्यजनको हातबाट सेतो टीका लगाई एकापसमा आर्शीवाद लिने गरिन्छ । स्नानपछि घरमा आएर चामल, नुन र मासको दालको निसराउ काहार्ने गरिन्छ ।  लाहानको दिन काह्रेको निसराउ भोलिपल्ट विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा चामल, मिठो परिकार र दक्षिणासहित निसराउ दिन जाने परम्परा रहेको छ । उता छोरी चेली पनि माइती आउने आसमा मिठा भोजन तयार पारी माइतीको राम्रो सत्कार गर्ने परम्परा छ । माघ पर्व थरू समुदायमा धुमधामको साथ मनाइए ता पनि निसराउ दिन जाने परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ । दाङदेउखुरी लमही–७, सतबरिया उचानिम्वु निवासी देवी चौधरीको अनुसार पहिला छोरी चेलीलाई अनिवार्य रुपमा माघमा निसराउ दिन जाने परम्परा थियो । उनले भनिन्, म पनि पहिला आप्नो नन्दहरुलाई निसराउ दिन गएँ तर अब छोरीहरुको पालोमा निसराउ दिन जाने गरेको छैन । यो परम्परा हराउन लागिसक्यो ।  निसराउ मात्र हैन, अब थारू परम्परागत गीत, बाजागाजा पुराना गरगहना पोशाक पनि हराउँदै छ । वर्तमान अवस्थामा युवायुवतीहरु डीजे लगाएर नाच्ने गरेको देवी चौधरीले बताईन् ।                                                                                             देवी चौधरीसँग कुराकानी गर्दै सञ्चारकर्मी सरला चौधरी । थारू समुदायमा माघको पहिलो साताभित्र प्रत्येक घर तथा गाउँमा विगतको घरायसी तथा सार्वजनिक कामको समीक्षा गरिन्छ । साथै, आउँदो वर्षको लागि नयाँ योजना बनाउने काम पनि गरिन्छ । थारू जातिले माघ पर्वलाई नयाँ वर्षको साथै मुक्ति दिवसको रुपमा पनि मनाउने गर्दछन् । 

हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

८६६ दिन अगाडि

|

१ माघ २०८०

सन्तोष दहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँदै आएकाले यतिबेला थारु बस्तीमा माघको रौनक देख्न पाइन्छ । बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउनुहुन्छ । माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेसा गाउँघरका बाटाघाटा बनाउने जस्ता योजना समेत थारु समुदायले माघी डेवानीमा छलफल गर्ने गरेको उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउनुहुन्छ । माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको मटावा, अघवा, चौकिदारको चयन गर्ने जस्तो महत्वपूर्ण काम हुने भएकाले थारु समुदायको माघलाई सबैले विशेष चासोको रुपमा हेर्ने उहाँको भनाइ छ । माघमा जति सामाजिक तथा सांस्कृतिक सौन्र्दय छ, त्यो भन्दा अझ स्थानीय तहले गर्दै आएको क्रियाकलापसँग जोडिने सामाजिक, विकास र न्यायको कामसँग जोडिने मटावा प्रथामा रहेको चौधरीले बताउनुभयो । कसरी चयन गरिन्छ, मटावा. बरघर थारू समुदायले हरेक वर्ष माघमा मटावा, बरघर चुन्ने गर्छन् । बरघर, मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढु¥या’ मटावाको घरमा भेला हुन्छन् । सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्छन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ । त्यही छलफलका आधारमा सकेसम्म सर्वसम्मतिबाट मटावा चयन गरिन्छ । मटावालाई सघाउनका लागि पहिला अन्य दुईजना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि चुन्ने गरिन्छ । मटावाले गाउँको सामाजिकदेखि विकासको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, ख्याल कार्यक्रम गर्नुपरेमा या गाउँका कुला, नाला, बाटो मर्मत गर्नुपरेमा मटावाको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन् । त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ । थारु गाउँमा मिनी सरकार हरेक वर्ष माघमा थारु वस्तीमा मटावाको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ् । जसरी राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्छन् त्यसैगरी थारु गाउँमा मटावाको नेतृत्वमा मिनी सरकारको झल्को पाइन्छ । ‘माघ मा गाउँका प्रत्येक घरमुली (गरढु¥या) मटावाको घरमा भेला हुन्छ्न् । संसद बैठक जस्तै मटावाहरुले माघमा आफ्नो घरमा गाउँको प्रत्येक घरधुरीबाट गरढु¥या (घरमुली) हरुलाई माघी डेवानीको लागि बैठक डाक्छन् । त्यही माघी डेवानीमा बितेका वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटावा, अघवा, चौकीदार चयन गर्छांै’– मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो– ‘राजनीतिक दलले सरकार सञ्चालन गरे जस्तै मटावाले गाउँको न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्ने गर्दछन् ।’ उहाँका अनुसार मटावाको समग्र गाउँ‘को नेतृत्व गर्ने जिम्मेवारी हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्काे ठाउँ‘मा खबर पु¥याउने अर्थात सञ्चारमन्त्री जस्तै जिम्मेवारी हुन्छ । त्यस्तै चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात गृहमन्त्रीको जस्तो जिम्मेवारी हुने गर्छ तर अहिले धेरैजसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उहाँले बताउनुभयो । अघवा र चौकिदारको काम पनि अहिले मटावाले आफै गर्दै आएको उहाँको भनाइ छ । घट्दै मटावाको क्रेज थारु समुदायको मटावालाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटावाको क्रेज घट्दै गएको पाइन्छ । पहिला जसरी मटावाको मानसम्मान हुन्थ्यो, अहिले नभएको स्वयं मटावाहरुले गुनासो गर्दै आएका छन् । स्थानीय तहले मटावाहरुलाई अधिकार नदिएको कारणले मटावाहरुको क्रेज घटेको मटावा महासंघका अध्यक्ष चौधरी बताउनुहुन्छ । पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटावाले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्षलाई दिएपछि मटावाको महत्व घट्दै गएको मटावा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यस्तै गाउँघरमा भएका झैझगडा पहिला मटावाले मिलाउँ‘‘दै आएका थिए तर अहिले स्थानीय तहले न्यायिक समितिमा लगेर मिलाउँछन्, जसले गर्दा पनि गाउँघरकाले मटावालाई त्यति महत्व नदिएको चौधरीले बताउनुभयो । ‘स्थानीय तहले पनि मटावालाई खासै महत्व दिदैनन्’– उहाँले भन्नुभयो– ‘बर्दिया, कैलालीका पालिकाले मटावा (बडघर)लाई कानुनी मान्यता दिएका छन् तर दाङमा दिएका छैनन्, जसले गर्दा पनि मटावाको क्रेज घटेको छ ।’ यद्यपि नाचगान तथा पूजापाठको लागि भने अहिले पनि गाउँमा मटावालाई सम्झिने गरेको उहाँ बताउनुहुन्छ । हराउँदै माघको मौलिकता पछिल्ला वर्ष थारु समुदायमा माघकोे मौलिकता हराउँदै गएको छ । माघको समयमा गाउँ–गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच्न छाडेर युवाहरु डिजेमा आकर्षित हुन थालेपछि माघको मौलिकता हराउन थालेको थारु अगुवाहरुको चिन्ता छ । मादल, लहंगामा नाचिने मघौटा नाच हिजोआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु छन् तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ । यद्यपि माघको मौलिकता जोगाउन थारु कल्याणकारिणी सभालगायत विभिन्न थारु संघ संस्थाहरुमार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम भइरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । ‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’– उहाँले भन्नुभयो– ‘यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगिन्छ ।’ माघमा गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभाष भए पनि विगतको वर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उहाँले दाबी गर्नुभयो । नयाँ युगबोधबाट ।