Above News Title

तीन दिन मिथिलामा ‘होरी’

तीन दिन मिथिलामा ‘होरी’

महोत्तरी । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ ।

प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू आज फागुपर्व मनाउँदै छन् । पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले आज फागु मनाइरहेका हुन् ।

यता साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ । यसअनुसार मधेसका अधिकांश ठाउँमा भोलि होली पर्व मनाइने तयारी छ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मङ्गलबार होली खेलिनेछ ।

पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रङ्गभूमिमा अन्तिम बास बसेर १६औँ दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ । अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार मङ्गलबार पर्व मनाउनपर्ने स्थापित मैथिल परम्परा भएको यसक्षेत्रको पाका मैथिल बताउँछन् ।

फागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी भोलि सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा पर्सी मङ्गलबार पर्व मनाइनेको सङ्ख्या उल्लेख्य देखिन्छ । खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र पर्सी मङ्गलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार सञ्चारकर्मी श्यामसुन्दर शशिले बताए ।

“मध्यमा परिक्रमा जनकपुरको रङ्गभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, शशिले भने, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ ।” 

मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मङ्गलबार पुगेको शशिले बताए ।

यहाँ पर्वते र मूल मधेसी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन् । “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभिष्ठ हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौँ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भने ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको हो । मधेस प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ । रासस

प्रकाशित:

९०५ दिन अगाडि

|

११ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९