Above News Title

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

खुसीराम डंगौरालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

सुदूरपश्चिम प्रदेशमा  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट सरकारमा गएका पाँचै जनाले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले विहीवार बिना विभागीय मन्त्री खुसीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि सबैले जिम्मेवारी पाएका हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठकले प्रदेशमा समेत अहिलेको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले थारुलाई जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयमा पुगेर थारुले पदभार सम्हालेका छन् । मुख्यमन्त्री शाहले बिहीबार नै नाउपाका बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । यो सँगै मुख्यमन्त्री शाह नेतृत्वमा रहेको अल्पमतको सरकारले पूर्णता पाएको छ । शाहको सरकारमा आर्थिक मामिला मन्त्री नाउपाका घनश्याम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कृषि राज्यमन्त्रीमा इन्दिरा गिरी छन् ।

माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपाका ७ मध्ये चार सांसदलाई मन्त्री र एकलाई राज्यमन्त्री बनाएका छन् । 

अल्पमतको सरकारलाई शाहले पूर्णता दिएपनि बहुमत भने पुगेको छैन । शाहको पक्षमा कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना छन् । उनलाई बहुमतका लागि २७ जनाको समर्थन चाहिन्छ । 

प्रकाशित:

९०१ दिन अगाडि

|

१६ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९