Above News Title

केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

सरकारलाई नाउपाको समर्थन रहेको रञ्जिता श्रेष्ठको उद्घोष
केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छः रेशमका स्वकीय सचिव 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका स्वकीय सचिव आलोक चौधरीले रन्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको निर्णय नमाने अध्यक्षबाट पदमुक्त गराइने बताएका छन् ।

बुधवार प्रचण्ड सरकारलाई विश्वासको मत रहेको रन्जिताको उद्घोषपछि आलोकले अध्यक्षबाट पदमुक्त गराइने अभिव्यक्ति दिएका हुन् ।

आलोकले फेसबुकमा भनेका छन्, केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छ । यो माइतबाट ल्याएको कुनै दाइजो होइन । यसले पार्टी दुई चिरा हुने देखिएको छ ।

अर्को समाचार अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् ।  बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले उक्त अभिव्यक्ति दिएकी हुन् । 

‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले प्रचण्ड सरकारलाई विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’

उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।

प्रकाशित:

९१५ दिन अगाडि

|

३० फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९