नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका स्वकीय सचिव आलोक चौधरीले रन्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको निर्णय नमाने अध्यक्षबाट पदमुक्त गराइने बताएका छन् ।
बुधवार प्रचण्ड सरकारलाई विश्वासको मत रहेको रन्जिताको उद्घोषपछि आलोकले अध्यक्षबाट पदमुक्त गराइने अभिव्यक्ति दिएका हुन् ।
आलोकले फेसबुकमा भनेका छन्, केन्द्रिय समितिको निर्णय नमान्ने रन्जिताले अर्कै पार्टी खोले हुन्छ । यो माइतबाट ल्याएको कुनै दाइजो होइन । यसले पार्टी दुई चिरा हुने देखिएको छ ।
अर्को समाचार अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले उक्त अभिव्यक्ति दिएकी हुन् ।
‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले प्रचण्ड सरकारलाई विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’
उनले ठुला दल अस्थिर सत्ता केन्द्रित गतिविधिमा केन्द्रित हुँदा साना दल कमजोर नभएर सचेत र सबल हुँदै गएको पनि बताइन् ।
प्रकाशित:
५४८ दिन अगाडि
|
३० फागुन २०८०
४ घण्टा अगाडि
|
२७ भदौ २०८२
२ दिन अगाडि
|
२५ भदौ २०८२
२ दिन अगाडि
|
२५ भदौ २०८२
८ दिन अगाडि
|
१९ भदौ २०८२
६५ दिन अगाडि
|
२५ असार २०८२
६६ दिन अगाडि
|
२४ असार २०८२
६७ दिन अगाडि
|
२३ असार २०८२
१०६७ दिन अगाडि
|
२५ असोज २०७९
११०२ दिन अगाडि
|
२१ भदौ २०७९
११११ दिन अगाडि
|
१२ भदौ २०७९
१०६६ दिन अगाडि
|
२६ असोज २०७९
१०१६ दिन अगाडि
|
१५ मंसिर २०७९
१०७२ दिन अगाडि
|
२० असोज २०७९
१००४ दिन अगाडि
|
२७ मंसिर २०७९