सर्लाही, ८ मङ्सिर । सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी हुनुभएको छ ।
उहाँले नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहनुभएका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गर्नुभएको थियो । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहनुभएका जनता समाजवादी पार्टी नेपाल (जसपा0का नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ ।
प्रकाशित:
१३९५ दिन अगाडि
|
८ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९