Above News Title

सुदूरपश्चिमबाट ५ जनालाई मात्रै बनाइए समानुपातिक सांसद !

सुदूरपश्चिमबाट ५ जनालाई मात्रै बनाइए समानुपातिक सांसद !

धनगढी : प्रमुख राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशबाट ५ जनाको मात्रै नाम छनोट गरेको पाइएको छ । 

थे्रस होल्ड कटाउन सफल राजनीतिक ती दलहरुले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भने निकै कम संख्यामा प्रतिनिधि सभा सदस्यको लागि नाम छनोट गरेको पाइएको हो ।

समानुपातिक सिट संख्या बाँडफाँड विवरण अनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन् । जुनअनुसार नेपाली कांग्रेसले ३२, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

नेपाली कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट खस–आर्य महिलातर्फ आरजु राणा देउवा (डडेल्धुरा), ईश्वरी न्यौपाने (कैलाली) र दलिततर्फ महासनाइ नेपाली (बाजुरा)लाई छनोट गरिएको हो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिमबाट १÷१ जनाको नाम सिफारिस गरेका छन् ।

नेकपा एमालेले खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीको नाम छनोट गरेको छ । भने, नेकपा माअ‍ोवादी केन्द्रले थारु महिलातर्फ कैलाली निर्वाचन क्षेत्र नं. १ की रुपा सोसी चौधरीको नाम सिफारिस गरेको हो ।

यो सँगै सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षका १६ सिट सहित २१ जनाले प्रतिनिधि सभामा सहभागी हुने भएका हुन् ।
 
प्रकाशित:

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९