Above News Title

रुपा सोसीको तेस्रो संसदीय यात्रा : सुदूरपश्चिमबाट माओवादीकी एक्ली प्रतिनिधि सभा सदस्य

रुपा सोसीको तेस्रो संसदीय यात्रा : सुदूरपश्चिमबाट माओवादीकी एक्ली प्रतिनिधि सभा सदस्य

धनगढी : नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि समानुपातिकतर्फ कैलालीकी रुपा सोसी चौधरी (४४)लाई छनोट गरेको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको माओवादीले चौधरीलाई छनोट गरेको हो ।

सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा माओवादीले कैलाली निर्वाचन क्षेत्र नं. २, ३ र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ पाएको थियो । तर ती क्षेत्रमा माओवादीका उम्मेदवारहरु पराजित भएका छन् ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण शनिबार निर्वाचन आयोगमा बुझायो । जुन विवरण अनुसार थारु महिला कोटा अन्तरगत कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरकी रुपा सोसी थारुलाई प्रतिनिधि सभा सदस्यको लागि छनोट गरिएको हो । उनी सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी एक्ली प्रतिनिधि सभा सदस्य हुन लागेकी हुन् ।

१० वर्षे जनयुद्धको पृष्ठभूमिबाट राजनीतिमा आएकी रुपाको यो तेस्रो पटकको संसदीय यात्रा हो ।

को हुन् उनी ?
बुवा मंगल चौधरीको क्रान्तिकारी विचारबाट प्रेरित रुपाको राजनीतिक यात्रा स्कुले जीवनदेखि सुरु हुन्छ । २०५४ मा नेकपा माओवादी निकट गोचाली परिवारको एरिया उपाध्यक्ष हुँदै उनी अखिल महिला संघ क्रान्तिकारीकी कैलाली सचिव भइन् ।
२०५५ मा अखिल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव भएकी उनी पार्टीको एरिया कमिटी सदस्यता प्राप्त गरिन् । जनयुद्धकै बीच उनलाई तत्कालीन नेपाली सेनाले गिरफ्तार गरेको थियो । २०५६ भादौ २ गतेदेखि २०५७ चैत ३० गतेसम्म जेल जीवन समेत बिताइन् ।

२०५८ मा मात्रै पार्टीको जिल्ला सदस्यता प्राप्त गरेकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष भइन् ।
पार्टीको सेती महाकाली क्षेत्रीय ब्यूरो सदस्यसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य भने उनी २०६० मा भइन् ।

निकै संघर्षशिल रुपाको जनयुद्धताका शैन्यदस्ताको भूमिकामा समेत रहेको अनुभव छ । २०६१ देखि २०६३ को अवधिमा उनी जनमुक्ति सेनाको ७ नं. डिभिजनको महिला विभाग प्रमुखका साथै बटालियन कमिसारको भूमिका निर्वाह गरिन् ।

नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी २०६३ माघमा आन्तरिम व्यवस्थापिका सदस्य हुँदै २०६४ मा पहिलो संविधा सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट २१ हजार बढी मतका साथ निर्वाचित भइन् । त्यसताका उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फकिर ंिसंह कडायत रहेका थिए ।

व्यावसायिक केरा खेतीसँगै राजनीतिमा सक्रिय उनी हाल माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य सदस्य छिन् ।
 
प्रकाशित:

१३७८ दिन अगाडि

|

२५ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९