Above News Title

माननीय रेशम चौधरीको सातौ संस्करण ‘चिरफार’ बिमोचन

नागरिक उन्मुक्ति पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न, एलिजा गौतमसँगै राजेन्द्रवीर रायले गरे पार्टी प्रवेश
माननीय रेशम चौधरीको सातौ संस्करण ‘चिरफार’ बिमोचन

माननीय रेशम चौधरीको सातौ संस्करण चिरफार बिमोचन भएको छ ।

शनिबार भैरहवामा आयोजना भएको पार्टी प्रवेशको सोही कार्यक्रममा चौधरीको पुस्तक बिमोचन भएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका पिता लालवीर चौधरीले पुस्तक विमोचन गरेका हुन् ।

त्यससँगै नागरिक उन्मुक्ति पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । एलिजा गौतमसँगै राजेन्द्रवीर रायले पार्टी प्रवेश गरेका  छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा प्रवेश गराएकी हुन् ।

पार्टी प्रवेश पछि एलिजा गौतमको सम्बोधन:

श्रद्धय अध्यक्ष श्री रञ्जिता श्रेष्ठज्यू, पार्टी पदाधिकारीज्यूहरु, आदरणीय जनसमूदायहरु, महिला, भद्र तथा सज्जन व्यक्तित्वहरु । यहाँहरु सबैलाई मेरो व्यक्तिगत तर्फबाट जुझारु अभिवादन छ। मैले आजकै मितिबाट यस गौरवशाली पार्टीमार्फत आफ्नो राजनीतिक जीवनको अध्याय सुरु गरेको छु । मलाई विश्वास गरेर यस पार्टीमा स्थान दिनुहुने श्रद्धय अध्यक्षज्यूप्रति आभारी छु । मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेको छु । म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईँमान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो । हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरुको आवाज बोल्नेछ । हामी बेसहाराहरुको साहारा बन्नेछौं । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहनेछौं ।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको छ । यसले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको कुरा निर्वाचनमा यसले प्राप्त गरेको सफलताबाट नै पुष्टि भएको कुरा यहाँ मैले भनिरहनुपर्दैन् । यस पार्टीले सार्वजनिक गरेको आफ्नो उद्देश्यअनुरुप स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरालतको स्थापना गर्नु आजको आवश्यकत्ता हो ।

पार्टीले बोकेको मूल उद्देश्यबमोजिम दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ । अब नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दापनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालिन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गरेको छ । यस कुराले मेरो मन छोएको छ । यो दल रोज्नुको अर्को मुख्य कारण पनि यसले बोकेको यही उद्देश्य हो ।

मलाई देशका पूराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु । आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो । अग्रजहरुको आर्शिवाद, सल्लाह र सुझाव अनि युवाहरुको नवीनतम सोच लिएर हामी यस पार्टीलाई अरु दलभन्दा फरक रुपमा उभ्याउने छौं । देश र जनताको जीवनस्तर उकास्ने दायित्वबोधका साथ हामी सबै सामूहिक भावनाले अघि बढ्ने छौं ।

 

प्रकाशित:

१३३० दिन अगाडि

|

१४ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९