ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु

ट्रेकिङ लाइसेन्स बाहक धाविका रुमा चौधरी भन्छिन्- हिमाली क्षेत्रमा गाइड गर्न आतुर छु

१३०० दिन अगाडि

|

१५ फागुन २०७९

प्रचण्ड र देउवालाई रेशम चाैधरीका १४ वर्षीय छोरा आभूषणको प्रश्न- मेरो बुबा कहिले छुट्नुहुन्छ ?

प्रचण्ड र देउवालाई रेशम चाैधरीका १४ वर्षीय छोरा आभूषणको प्रश्न- मेरो बुबा कहिले छुट्नुहुन्छ ?

१३०० दिन अगाडि

|

१५ फागुन २०७९

रेशम चौधरीका १४ वर्षीय छोरा आभूषणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो बुबाको रिहाइबारे जिज्ञासा राखेका छन् । आइतबार बालुवाटारमा भएको भेटमा उनले केही वर्षदेखि डिल्लीबजारस्थित कारागारमा रहेका बुबा रेशम चौधरीको रिहाइबारे जिज्ञासा राखेका थिए । ‘सबै साथीहरू बुबा आमासँग रमाउँछन् । मेरो बुबासँग म कहिले रमाउनु पाउँछु’ उनले प्रधानमन्त्री प्रचण्डलाई सोधेका थिए ‘मेरो बुबा कहिले छुट्नुहुन्छ ?’ आभूषणको जिज्ञासाले प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेस सभापति देउवा स्तब्ध भए । उनीहरुले आभूषणलाई ‘चाँडै छुट्नुहुन्छ’ भन्ने आश्वासन दिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई बालुवाटारमा रेशम चौधरीका छोरा मात्र होइन बुवा लालवीर चौधरी र श्रीमती रञ्जिता चौधरीले पनि संयुक्त रुपमा भेटेका थिए । उनीहरुले पनि टीकापुर घटनाका पीडितलाई सरकारले चाँडै न्याय दिनु पर्ने बताए । रेशमका बुबा बर्दिया १ बाट र रन्जिता कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । उनीहरुले रेशम चौधरी लगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा कारागारमा रहेका सबैको रिहाइको माग गरिरहेका छन् । २०७२ भदौ ७ गते टिकापुरमा भएको आन्दोलन हिंसामा परिणत हुँदा एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरी लगायत ११ जना र उच्च अदालत दिपायलले ८ जनालाई जन्म कैदको फैसला सुनाएको थियो । यता रेशम पक्षका कानून व्यवसायीहरूले भने घटनामा उनको संलग्नता नरहेको बताउँदै आइरहेका छन् । पुस २६ मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए । आइतबारको भेटमा रेशम परिवारले उक्त घटनाबाट पीडित भएको सबैको रिहाइको पहल गर्न आग्रह गरिएको बताइएको छ ।

अभिनेता पल शाह आज आज रिहा हुने

अभिनेता पल शाह आज आज रिहा हुने

१३०० दिन अगाडि

|

१५ फागुन २०७९

उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए । शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।   

राष्ट्रपतिको संघारः प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको  त्यो १७ हार

राष्ट्रपतिको संघारः प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको त्यो १७ हार

१३०१ दिन अगाडि

|

१४ फागुन २०७९

१४ वनवासपछि भगवान् राम सत्तामा फर्किएका थिए । राष्ट्रपतिको संघारमा रहेका रामचन्द्र पौडेल पनि पछिल्लो समय कुनै लाभको पदमा थिएनन् । बरु २०६७ साउन ५ देखि माघ २० सम्म १७ पटक प्रधानमन्त्री उम्मेदवार भएर असफल भएका थिए उनी । अहिले भने पौडेल राष्ट्रपति निर्वाचनको पहिलो चरणमै सबैभन्दा बलियो उम्मेदवार बन्न सफल भएका छन् । आठ दलको समर्थनमा फागुन १३ गते उम्मेदवारी दर्ता गरेका पौडेलको पक्षमा  मत देखिन्छ । उनै पौडेलको १२ वर्ष अगाडि प्रधानमन्त्री निर्वाचित हुने सपना १७ पटकसम्म असफल भएको थियो । यस्ता थिए पौडेलको प्रधानमन्त्री बन्न गरिएको १७ असफल प्रयासः पहिलो २०६७ साउन ५ गते रामचन्द्र पौडेल प्रधानमन्त्री उम्मेदवार हुँदा पक्षमा १२४ मत आएको थियो । ५८३ सांसद उपस्थित भएको सदनमा पौडेल प्रधानमन्त्री बन्न सकेनन् । दोस्रो दोस्रो प्रयास २०६७ साउन ७ गते भएको हो । ५७८ सांसद उपस्थित भएको सदनमा पौडेलले १२३ मत ल्याएका थिए । तेस्रो १२४ मत ल्याएका पौडेलले तेस्रो प्रयास २०६७ साउन १७ मा गरेका थिए । त्यो दिन सदनमा ५५६ सांसद उपस्थित भएका थिए । चौथो २०६७ साउन २१ गतेको चौथो प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो समयमा सदनमा ५६१ सांसद उपस्थित भएका थिए । पाँचौं २०६७ भदौ ७ गते पाँचौं प्रयास गरेका पौडेलले जम्मा १२४ मत ल्याएका थिए । ५६७ सांसद उपस्थित त्यो दिन पनि उनलाई प्रधानमन्त्री बन्न आवश्यक मत पुगेन । छैटौं २०६७ भदौ २० गतेको छैटौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । उक्त दिन सदनमा ५३६ सांसद उपस्थित भएका थिए । सातौं २०६७ भदौ २२ गतेको सातौं प्रयासमा सदनमा ५१५ सांसद उपस्थित थिए । जसमा पौडेलको पक्षमा ११९ मत आएको थियो । आठौं २०६७ असोज १० गतेको आठौं प्रयासमा ११६ मत आएको थियो । सदनमा त्यो दिन १८९ सांसद उपस्थित भएका थिए । नवौं २०६७ असोज १४ गतेको नवौं प्रयासमा पौडेलको मत १०५ आएको थियो । १६८ सांसद उपस्थित भएको सदनमा पौडेलले त्यति मत ल्याएका थिए । दसौं २०६७ असोज २० गते पौडेलको दसौं प्रयास हुँदा १०९ मत आएको थियो । त्यो दिन सदनमा १५६ उपस्थित थिए । एघारौं २०६७ असोज २१ गते पौडेलले १०४ मत ल्याए । त्यस दिन पनि प्रधानमन्त्री बन्न सकेनन् । त्यो दिन सदनमा १४५ सांसद उपस्थित थिए । बाह्रौं २०६७ असोज २४ गतेको बाह्रौं प्रयासमा पौडेलको मत ८९ आएको थियो । सदनमा ११९ सांसद हाजिर थिए । तेह्रौं २०६७ कात्तिक ९ गतेको तेह्रौं प्रयासमा पौडेलले ९८ मत पाएका थिए । १४४ सांसद त्यो दिन उपस्थित थिए । जुन दिन पनि उनी प्रधानमन्त्री निर्वाचित हुन सकेनन् । चौधौं २०६७ कात्तिक १२ गतेको चौधौं प्रयासमा पौडेलले ९६ मत पाएका थिए । त्यो प्रक्रियामा सदनमा १८६ सांसदहरु सहभागी भएका थिए । पन्ध्रौं २०६७ कात्तिक १५ गतेको पन्ध्रौं प्रयासमा ९६ मत ल्याएका थिए पौडेलले । त्यो समयमा सदनमा १२९ सांसद उपस्थित भएका थिए । सोह्रौं २०६७ कात्तिक १८ गतेको प्रयासमा पौडेलले जम्मा ८२ मत पाएका थिए । त्यो समयमा सदनमा १०१ सांसद उपस्थित भएका थिए । सत्रौं २०६७ माघ २० गतेको सत्रौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो प्रक्रियामा सदनमा ५५७ सांसद उपस्थित भएका थिए । स्रोतः रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ पुस्तक  

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

१३०४ दिन अगाडि

|

११ फागुन २०७९

आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले बहराइन सरकारबाट १२ करोड पुरस्कार पाएको समाचार सेलाउन नपाउदै अर्का नेपाली युवा वैज्ञानिकले २१ करोडको अनुदान पाएका छन् । जर्मनीको पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका वरिष्ठ नेपाली वैज्ञानिक डाक्टर प्रजल प्रधानले युरोपबाट १५ लाख युरोको अनुदान पाएका छन् । नेपाली रुपैयाँ २१ करोड बढीको अनुदान प्रधानलाई युरोपियन रिसर्च काउन्सिलले प्रदान गरेकाे हाे । प्रधानले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका तरिका बारेमा नेपालमा खोज गर्न साे अनुदान पाएका हुन् । ‘गत वर्षको जनवरीमा मैले ग्रान्टको लागि प्रस्ताव गरेको थिएँ’,  प्रधानले भने, ‘अहिले ग्रान्ट प्राप्त भएको जानकारी पाएँ । धेरै खुशी लागेको छ ।’ विद्यावारिधि गरेको सात वर्षभित्र उक्त ग्रान्ट प्राप्तिको योग्यता पुग्ने प्रधानले बताए । धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट कृषि इन्जिनियरिङ गरेका प्रधानले वातावरणीय व्यवस्थापनमा उच्च तहको अध्ययन गरेका हुन् । विभिन्न खोज अनुसन्धानमा अनुभवी प्रधान दिगो विकास लक्ष्यका विश्वस्तरीय जानकार हुन् ।  

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

१३०४ दिन अगाडि

|

११ फागुन २०७९

गिरिराज नेपाली घोराही उपमहानगर क्षेत्रमा रहेका वादी समुदायका कतिपय बालबालिका बेसहारापूर्ण जीवन गुजारिरहेका छन् । उनीहरुले परिवार कस्तो हुन्छ भन्ने महसुससमेत गर्न पाएका छैनन् । मुलुकमा भएका परिवर्तन र राजनीतिक उपलब्धिबारे अन्जान उनीहरु दुःखले कहिल्यै साथ नछाडेको बताउँछन् । यही अवस्था रहे भविष्यमा पनि दुःख नै आफ्नो साथी बन्ने उनीहरुको भनाइ छ । घोराही–१३, दुर्गाभवानी टोलमा बस्दै आएका १२ वर्षीय जगदिश वादीलाई भविष्यको चिन्ताले सताउन थालिसकेको छ । आफू सानै हुँदा आमाको निधन भएको र बुबाले समेत बस्तीमा एक्लै छाडेर हिँडेपछि जसोतसो हुर्किएका उनी भविष्य कसरी गुजार्ने भन्ने चिन्तामा छन् । ‘भो दुुुःखका कुरा नगरम् । आमा मरिन्, बाको अतोपत्तो छैन । दुःख–सुख यही बस्तीमै बितिरहेको छ,’ उनले भने, ‘कहिले भोकै सुत्नुपर्छ  । पढ्ने लेख्ने रहर भएर के गर्नु ? पेटभरि खान समेत धौधौ छ ।’ बेसहारा भएर बाल्यावस्था गुजारिरहेका उनले भविष्यमा पनि दुःखले साथ छाड्ने अपेक्षा गरेका छैनन् । उनले भने, ‘स्कुल जाने, मिठो खाने, बा–आमाको काखमा बस्ने रहर कहाँ नभएको हो र ? तर भाग्यले त्यो दिएन । पढ्न नपाएपछि भोलिपर्सि पनि दुःखले साथ के छाड्ला ?’ जगदिशले भोको पेट बस्तीमा मात्रै गुजारेका छैनन्, धेरै रात बजारको सडक पेटीमा समेत काटेका छन् । सानो उमेर भएका कारण काम खोज्न जाँदासमेत कसैले नदिएको उनी बताउँछन् । ‘मागेर पेट, टालेर शरीर छोप्नु परेको छ,’ उनी भन्छन् । उनीमात्रैै होइन, दुुर्गाभवानी टोलका ८ वर्षीय आर्यन नेपाली वादीको पीडा पनि उस्तै छ । बुबाको निधनपछि आफू पनि बेसहारा भएको उनी बताउँछन् । ‘बाँच्नै गाह्रो छ । भोकै भौंतारिँदै हिँड्नुु परेको छ,’ उनले भने, ‘लेख्ने पढ्ने रहरलाई बेसहारा जीवनले मारेको छ ।’ ‘हाम्रा लागि राज्य छैन र ?’ देशमा सरकार छ, जनप्रतिनिधि छन् र उनीहरुले जनताका लागि काम गर्ने जिम्मेवारी बोकेका छन् भन्ने ती बालबालिकालाई धेरथोर ज्ञान छ । तर आफूहरुका बारेमा अहिलेसम्म कसैले चासो नदेखाएको उनीहरु बताउँछन् । ‘कोही नहुुनेको दैव हुन्छ भन्छन् । हाम्रालागि दैव पनि रहेनछ,’ सोही बस्तीका अर्का बालक कार्तिके वादीले भने, ‘राज्यले हेर्छ भन्छन् तर हाम्रोबारेमा कसैले चासो देखाएको छैन ।’ विद्यालय गएर पढ्ने लेख्ने रहर उनलाई पनि छ । राज्यले पालनपोषण सहित पढ्नलेख्न राम्रो व्यवस्था गरे आफूले पनि भविष्यमा केही गर्न सक्ने विश्वास पनि छ उनमा । तर, अहिलेसम्म कसैले आफूहरुको भविष्य सुनिश्चित गर्न चासो नदेखाएको उनले बताए । दुुर्गाभवानी टोल अर्थात् सेवारखोला वादी वस्तीका एक दर्जनभन्दा बढी वादी समुदायका बालबालिकाहरु यही पीडाले ग्रसित छन् । संरक्षण अभावका कारण कोही बस्तीमा, कोही सडक पेटीमा आफ्नो वाल्यास्था कटाइरहेका छन् । अभिभावकविहीन वादी बालबालिकाहरुको अभिभावकत्व राज्यले लिन जरुरी रहेको सरोकारवाला बताउँछन् । त्यस्ता बालबालिकालाई उचित शिक्षा दिएर भविष्यमा दक्ष जनशक्ति बनाउन तीनै तहका सरकारले काम गर्नुपर्ने उनीहरुको भनाइ छ । रातोपाटीबाट    

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

१३०५ दिन अगाडि

|

१० फागुन २०७९

ध्रुवसत्य परियार कैलालीको गौरीगंगा घर भएकी हिरा चौधरी १४ वर्षको उमेरमा कमलरी बस्न पुगेकी थिइन् । जन्मेदेखि नै उनका बुवा र ठुल्बुवाहरू कमैया थिए । ०५३ सालपछि उनीहरूले गाडीको पन्चर टाल्ने पसल खोले, ऋणधन गरी १५ कट्ठा जमिन पनि जोडे । तीन दाजुभाइ छुट्टाभिन्न हुँदा हिराका बुवाको भागमा पसल मात्रै प¥यो, उनी भूमिहीन नै रहे ।  २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा भएपछि भूमिहीन कमैयालाई पाँच कट्ठासम्म जमिन दिएर पुनस्र्थापना गर्ने सरकारको योजना अघि बढ्यो । कमैयासम्बन्धी तथ्यांक संकलनकर्ताहरू हिराको घरमा पनि पुगेका थिए, तर हिराका बुवाले नाम लेखाएनन् । सरकारी झमेलामा नफसी आफ्नै मेहनतमा अगाडि बढ्ने सोच आफ्ना बुवाले राखेको हिरा बताउँछिन् ।  छुट्टाभिन्न भएपछि हिराका बुवाको भागमा डेढ लाख रुपैयाँजति ऋण परेको थियो । एक दिन साहुले अत्याए– कि पैसा देऊ कि काम गर्ने मान्छे देऊ । ऋण तत्काल तिर्न नसक्दा हिरा ०६१ सालदेखि मासिक एक हजार रुपैयाँ पाउने सर्तमा कमलरी बस्नुप¥यो । उनले मालिकको घरका केटाकेटीको रेखदेखलगायत घरायसी काम गर्नुपर्थ्यो । डेढ वर्षजति कमलरी बसेपछि उनी बिरामी भइन् । ‘शरीरले थेग्न नसक्ने गरी काम गरेकाले बिरामी भएको हुनुपर्छ,’ हिरा भन्छिन्, ‘रातको १२ बजेसम्म काम गर्नुपर्थ्यो । बिहान त खाना पाउँथेँ, साँझ सबैले खाएपछि बाँकी रहेको खानुपथ्र्यो, कहिले बाँकी नै रहँदैनथ्यो ।’  उनी बिरामी परेपछि उनको सट्टामा उनकी बहिनी कमलरी बस्न गइन् । कमैया मुक्तिको घोषणापछि २०५८ मा आएको ‘कमैया श्रम (निषेध गर्ने) ऐन’ले परिभाषित गरेको थियो, ‘कमैया श्रमिक भन्नाले भैंसवार (भैंसी चराउने), गैवार (गाई चराउने), वर्दिकार, छेकरवार, हरवाचरवा, हली, गोठालो, कमलरिया (कमलरी) वा अन्य यस्तै नामबाट कमैया श्रम गर्ने व्यक्ति सम्झनुपर्छ ।’ ०५८ मै कानुन आए पनि हिराहरू न्यून वेतनमा दासकै रूपमा कमलरी बस्न बाध्य थिए । किनभने, कमलरी मुक्तिको घोषणा गरी व्यवस्थापन गरिएको थिएन । यसका लागि कमलरीहरूले कमलरीकै मृत्युमा न्याय दिलाउन आन्दोलन गर्नुप¥यो । ललितपुर चाकुपाटस्थित युवराज पौडेलको डेरामा बालमजदुर रहेकी दाङ (लालमटिया)की १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ गते शंकास्पद मृत्यु भएको थियो । यस प्रकरणमा दोषीलाई कारबाहीको मागसहित ‘कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति’ले आन्दोलन चर्कायो । संघर्ष समिति र नेपाल सरकारबीच २०७० जेठ २४ गते भएको दशबुँदे सहमतिमा ‘सिर्जना लगायत कमलरीहरूको मृत्युका घटनामाथि छानबिन गर्ने, कमलरीको रूपमा रहँदा यौन शोषणमा परी जन्मेका बालबालिकाको पहिचान र अंशको अधिकार सुनिश्चित गर्ने, कमलरीलाई परिचयपत्र दिने’ लगायत उल्लेख थिए । यसको महिना दिनभित्रै (२०७० असार १२ मा) सरकारले कमलरीलाई मुक्त घोषणा ग¥यो । बहुदल र गणतन्त्रपछिका सरकारहरू दासप्रथामा पिल्सिएर बाँचेकालाई मुक्त घोषणा गरी श्रेय लिन र घोषणा मात्रै गरिदिए ‘टन्टैसाफ’ हुनेजस्तो किसिमले अगाडि बढ्न उद्यत देखिन्छन् । मुक्त घोषणापछिको दायित्व र कर्तव्यमा सरकार ठोस कार्यक्रमसहित योजनाबद्ध ढंगले लागेको देखिँदैन ।  सरकारले भर्खरै (२०७९ साउन २ मा) हरवाचरवालाई मुक्तिको घोषणा गरेको छ । अर्कोतिर, ०६५ भदौ २१ मै हलिया मुक्तिको घोषणा गरिएको थियो । मुक्त भएपछि प्रत्येकले आ–आफ्नो नाममा संघ–संस्था खोली पुनस्र्थापनाका लागि आवाज उठाउँदै आएका छन् ।  कमलरीको हकहितमा खुलेको ‘मुक्त कमलरी विकास मञ्च’मा अहिले हिरा अध्यक्ष छिन् । मुक्त गरिएका मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा सबै भूमि र कृषिसँग सम्बन्धित हुन् । पछिल्लो समय यी सबैबीच भेला गरी ‘कृषि बाँधा–मजदुर संघर्ष समिति’ गठन गरिएको छ । यस संघर्ष समितिले ११ फागुनमा काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरी आफ्ना साझा माग राखेको थियो । उनीहरूको दशबुँदे साझा मागको सार छ, ‘लगत संकलन, पुनस्र्थापना, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी वा स्वरोजगारी, सामाजिक सुरक्षा र सामाजिक न्याय ।’ पत्रकार भेटघाटमा आएकी हिराले कमलरीको अवस्था सार्वजनिक गरेकी थिइन् । उनका अनुसार, सरकारले सुरुमा १२,७६९ कमलरीको लगत लिएको थियो । यसमध्ये ९,४९० जनाले कमलरीको परिचयपत्र पाएका छन् । ‘०७५÷७६ मा गरिएको पछिल्लो तथ्यांक संकलनबाट ३३ सय कमलरी थपिएका छन्,’ हिरा भन्छिन्, ‘अहिलेसम्म सरकारबाट यीमध्ये कसैको पुनस्र्थापना भएको छैन । बरु गैरसरकारी संस्थाले तालिम दिएर पुनस्र्थापना प्रक्रियालाई अगाडि बढाएका छन् ।’ हिराको संघर्ष हिराले अहिले आरडी (ग्रामीण विकास) विषय लिएर मास्टर गर्दै छन् । उनी बिरामी भएपछि उनकी बहिनी ६ महिनाजति कमलरी बसिन् । दुवै दिदीबहिनी पालैपालो दुई वर्ष कमलरी बसेर बाबुको ऋणमा २४ हजार रुपैयाँ घटाए । त्यही बेला विभिन्न सामाजिक संघ–संस्थाले कमलरीको उद्धार गर्न थाल्यो, उनीहरू कमलरी बस्ने अवस्था रहेन ।  कमलरी बस्न जान जाँदा हिराले कक्षा ८ मा पढ्दै थिइन् । बिरामी नपरुन्जेल डेढ वर्षसम्म कमलरी बस्दा पनि उनले दुःखका बाबजुद आफ्नो पढाइलाई अगाडि बढाइन् । ‘स्कुल नजिकै थियो । कहिले माटो लिन, कहिले दाउरा लिन जान्छु भनेर म स्कुल जान्थेँ । दुई–तीन विषय पढेर आउँथे,’ उनी भन्छिन्, ‘कक्षा ८ पछि अहिलेसम्म नियमित स्कुल–कलेज जान पाइनँ ।’ एसएलसी पास भएसँगै हिराले सामाजिक संघसंस्थामा जागिर गर्न थालेकी हुन् । लुथरन, वल्र्ड भिजन, युथ इनिसियटिभ, डिडब्लुआरएफ, सहकारी संस्था लगायतमा काम गरी हाल उनी कमलरी विकास मञ्चमा अध्यक्ष हुन आइपुगेकी छन् ।  यो बीचमा जागिरविहीन भएका बेला उनले मेला–मजदुरीको काम गरिन् । उनकै कमाइले उनका दुई बहिनीले अहिले स्नातक गर्दै छन् । दुई बहिनीले स्कुल पढ्दै गर्दा बिहे गरे । कान्छो भाइले एसएलसी गरेर पढ्न छाडे ।  कमलरी दास प्रथाको एक रूप हो । खासगरी पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया) कमैया, बुकरही र कमलरीप्रथा थियो । जमिन नभएका थारु भूमिहीन पुरुष मालिककहाँ दासको रूपमा आश्रित हुन्थे, जसलाई कमैया भनिन्थ्यो, कमैयाकी श्रीमती बुकरही र छोराछोरीहरू कमलर र कमलरी हुन्थे ।  घरायसी काम गर्न सक्ने भएदेखि अर्थात् ५–७ वर्षको उमेरदेखि कमलरी राखिन्थ्यो । भूमिहीन र गरिब थारुहरूले आफ्ना छोरीले कम्तीमा खान त पाउँछन् भनी कमलरी पठाउँथे । अधिकांश त बा कमैया भएकाले सिधै कमलरी हुन्थे ।  कुमारी आमाहरुको बिचल्ली हिराका अनुसार, कमलरीको शरीरमा तरुनी भएको संकेत देखिएसँगै कतिपय मालिक र उसका सन्तानले यौजजन्य हिंसा गर्थे । ‘यस्तो यौनहिंसाबाट १३ कमलरी कुमारीआमा बनेको तथ्यांक छ,’ हिरा भन्छिन्, ‘उनीहरूले उजुरी दिएका छन्, तर यसमा सुनुवाई भइसकेको छैन ।’  हिराका अनुसार, सुत्ने ठाउँ सुरक्षित नहुँदा मालिकका पाहुनाबाट पनि कहिलकाहीँ कमलरी बलात्कृत हुन्थे । ‘जसले बलात्कार गरेको हो, उसले स्वीकार नगरी अनेक धम्की दिन्थे,’ हिरा भन्छिन्, ‘कतिले पैसा दिएर मिलाउन खोज्थे, अर्थात् कुनै अर्को कमैयासँग विवाह गराइदिन्थे ।’  कमलरी यौनहिंसामा पर्नुको पछाडि नियत नै कारक हुन्थ्यो । कति मालिकले काममा दलाएर कुटपिट लगायत हिंसा गरे पनि यौनहिंसा गर्दैनथे ।  यी कुमारी आमाको अवस्था दयनीय छ । ‘उनीहरूलाई न घरकाले न त बलात्कार गर्नेले स्वीकार गरेका छन् । न बस्ने ठाउँ छ, न त जाने ठाउँ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै कदम चालेको छैन,’ हिरा भन्छिन्, ‘यी सबै दुःखजिलो गरी डेरामा बसेका छन् । उनीहरू कतिले तालिम लिएर नास्ता पसल सञ्चालन गरेका छन् । कतिले बाख्रा–बंगुर पालेका छन् । कतिले ज्याला मजदुरी गर्छन् ।’  कमैया श्रम निषेध ऐन आएपछि काठमाडौँ, पोखरा, विराटनगरजस्ता सहरमा धनाढ्यले कमलरी लैजाने गर्न थाले– पढाइदिन्छु, लाउनखान दिन्छु, दुई–चार हजार दिन्छु आदि प्रलोभनमा । यस्तो कार्यमा दलाल पनि सक्रिय थिए । भूमिहीन र विपन्न अभिभावक धनाढ्यको घरमा खानलाउन पाउने आशामा आफ्ना छोरीलाई कमलरी बस्न पठाउँथे ।  सरकारले कमैयालाई मुक्त घोषणा गर्नु अघिसम्म कमलरी धेरै नै पीडामा थिए, कतिको हत्या समेत हुने गथ्र्यो । २०७० जेठ २४ गते सरकारसँग भएको दशबुँदे सहमतिमध्येको एउटा बुँदा छ, ‘कमलरीका रूपमा बालमजदुर भई कार्यरत हुँदाको अवस्थामा बेपत्ता भएका कमलरी बालिकाको हकमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कमलरीहरू– कैलाली टिकापुर–९ की सरिता चौधरी, दाङ रामपुरकी सीमा होजा मगर, कैलाली धनगडी–८ की उर्मिला राना थारु र कैलाली चौमाला– ८ की मेघी चौधरीको मृत्युका सम्बन्धमा १० दिनभित्र छानबिन समिति गठन गरी सरकार समक्ष सिफारिस गर्ने ।’ यससम्बन्धी मुद्दा हेरेका अधिवक्ता फकला थारुका अनुसार, सिर्जनाको परिवारलाई पाँच लाख मेघीको परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिइएको छ । दोषी पत्ता लगाएर कारबाही भने भएको छैन । उनी भन्छन्, ‘कमलरीका लागि शिक्षा निर्देशिका–०६८ लाई संशोधन गर्ने सहमति भए पनि पूरा गरिएको छैन । बेपत्ताको छानबिन गरी दोषीलाई कारबाही गर्ने, कुमारी आमाहरूलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमति पनि पूरा भएको छैन ।’ सरकारले मुक्त घोषणा गरिसकेपछि कमलरी भटाभट घर आए, तर खाने–बस्ने समस्या भएपछि कतिपयले विवाह गरे । कमलरीहरू किशोरी हुन् र उनीहरूलाई स्कुलमै भर्ना गर्नुपर्छ भन्ने खालको नीति तथा कार्यक्रम सरकारको देखिन्थ्यो । ‘आफूले लिएको तथ्यांकलाई सरकारले शिक्षा मन्त्रालयमा सुम्प्यो । सरकारले कतिपयलाई स्कुल भर्ना पनि ग¥यो । कतिले बीचमै पढाइ छाडे, कतिले बिहे गरे,’ हिरा भन्छिन्, ‘कतिपय कमलरी अभिभावकविहीन पनि निस्के, जसका बाबुआमाको निधन भइसकेको थियो । उनीहरूको पुनस्र्थापनाका लागि भूमि दिनुपर्ने माग पनि उठ्यो, त्यसपछि शिक्षा मन्त्रालयले भूमिसुधार मन्त्रालयलाई औँँल्यायो । यसरी तथ्यांंक विभिन्न निकायका लागि बाँडिए ।’  विवाह गरेर गएका कमलरीलाई पनि समेटेर पुनः तथ्यांक संकलन गर्नुपर्ने हिरा बताउँछिन् । मुक्त कमलरीलाई रोजगारी वा स्वरोजगारी, निःशुल्क शिक्षा र तालिम, व्यवस्थापन वा पुनस्र्थापना, निःशुल्क स्वास्थ्योपचार लगायत हक दिलाउन हिराहरू आज संघर्षरत छन् । रातोपाटीबाट