नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह
बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीति एकाएक तरंगित भएको छ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार एक महिनामै ढल्न पुगेको हो ।
केन्द्रमा तत्कालीन काँग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएपछि एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेको थियो । सोही गठबन्धनको बलमा केन्द्रदेखि प्रदेशसम्म सरकार बनाइएपनि सुदूरपश्चिम प्रदेशमा टिक्न नसकेको हो ।
उसो त, संघीय सरकारमा समेत खटपट सुरु भएकाले सरकारको आयु लामो नरहेको चर्चा हुन थालिसकेको छ ।
केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरएको छ भने सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी नै भएको छैन ।
यस्तै राप्रपाका मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिइरहँदा एमाले र माओवादी केन्द्रबीचसमेत विश्वासको वातावरण रहेको छैन । यस्तो अवस्थामा सरकार कसरी अघि बढ्ला भन्ने चासो बढेको हो ।
यही बीचमा सुदूरपश्चिम प्रदेश सरकार ढलेकोमा त्यहाँको राजनीतिक भूकम्पको पराकम्प काठमाडौँसम्म पर्न थालिसकेको कतिपयले टिकाटिप्पणी गर्न थालिसकेका छन् ।
‘सुदूरपश्चिम प्रदेश सरकारमा भूकम्प गए पनि यसको केन्द्रविन्दु काठमाडौ नै हो ।’ नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश मुख्य सचेतक लक्ष्मणकिशोर चौधरीले ढकियाखबरसँग भने,‘प्रमुख दलले नागरिक उन्मुक्ति पार्टीलाई मधेसी पार्टी जस्तो ठान्ने भूल गरे । टीकापुर घटनाका राजवन्दीहरुको रिहाइको वातावरण नबनेसम्म हामी आफ्नो अडान छाड्दैनौं ।’
राजेन्द्रसिंह रावल ‘आउट’, कमल शाह ‘इन’
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ शुक्रबार हुने भएको छ । काँग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेका नेता रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाह नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका निकै मन मिल्ने साथी हुन् । तर नागरिक उन्मुक्तिले काँग्रेसलाई पनि समर्थन गर्ने वातावरण छैन ।
नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले भने, हामीले सूपमा एमाले सरकारसँग समर्थन फिर्ता लिएका छौं । तर काँग्रेसलाई समर्थन गर्छौ भनेका छैनौं ।
यस्तोमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस–माओवादी गठबन्धन हुन सक्छ । यसका लागि राष्ट्रपतिको चुनावको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
प्रकाशित:
१३१७ दिन अगाडि
|
२७ माघ २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९