Above News Title

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने

नेपालगन्ज — सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा हुने भएको छ । सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन हुन लागेको हो ।

थारु लेखक संघ नेपाल र थारु गोचाली समाज नेपाल बाँकेले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले सम्मेलनमा समकालीन थारु साहित्यबारे विमर्श, विभिन्न रचना वाचन, थारु भाषाको पुस्तकको प्रदर्शनी र बिक्री गरिनुका साथै थारु साहित्यको अनुसन्धान, राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाकेको मातृभाषा, विकासमा बरघरको भूमिका, पश्चिम थरुहटमा राजनीतिक फिलिंगो, होमस्टेमा थारु समुदायः उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा लगायतका विषयमा छलफल हुने बताए ।

त्यसैगरी सिकलसेल एनिमियाको कहर : जनस्वास्थ्यमा प्रतिकुल असरबारे पनि छलफल हुनेछ । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहास बारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक संघले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको केन्द्रीय सदस्य दहितले जानकारी दिए ।

थारु गोचाली समाज नेपालका महासचिव कालुराम समर्पणले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुको स्वागतका लागि राप्ती सोनारीका विभिन्न ७ स्थानमा स्वागत गेट निर्माणको काम जारी रहेका जानकारी दिए।

देशभरबाट आउने झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

प्रकाशित:

१३३० दिन अगाडि

|

१४ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९