Above News Title

जेलमुक्तपछि सांसद अरुण चौधरीले भने, ‘म माथि राजनीतिक प्रतिशोध साँधियो’

जेलमुक्तपछि सांसद अरुण चौधरीले भने, ‘म माथि राजनीतिक प्रतिशोध साँधियो’

नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अरुण चौधरीले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको प्रतिक्रिया दिएका छन्।

कैलाली कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताए।

‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ, ’ चौधरीले भने। भर्खरै उदाउन लागेको दललाई खुम्च्याउन खोज्ने परिपाटी नेपाली राजनीतिमा राम्रो नदेखिएको पनि उनले बताए। 

‘राजनीतिक प्रतिशोध लिएको जस्तो। एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ,’ चौधरीले भने, ‘यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’

कारागार बसाईंका क्रममा धेरै कुरा सिकेको र नेपालको कानुन परिमार्जन गर्नुपर्ने पनि उनले सुनाए।

‘कारागारको बसाइ छ, जेलबन्दीको कुरा छ, त्यसले धेरै कुरा सिकाएको छ,’ चौधरीले भने, ‘कानुनमा अझै पनि धेरै कुरा परिमार्जन गर्नु पर्ने जस्तो देखिन्छ।’

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफीपछि सांसद चौधरी रिहा भएका हुन्।

प्रकाशित:

१३०८ दिन अगाडि

|

७ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९