रेशम चौधरीका १४ वर्षीय छोरा आभूषणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो बुबाको रिहाइबारे जिज्ञासा राखेका छन् ।
आइतबार बालुवाटारमा भएको भेटमा उनले केही वर्षदेखि डिल्लीबजारस्थित कारागारमा रहेका बुबा रेशम चौधरीको रिहाइबारे जिज्ञासा राखेका थिए ।
‘सबै साथीहरू बुबा आमासँग रमाउँछन् । मेरो बुबासँग म कहिले रमाउनु पाउँछु’ उनले प्रधानमन्त्री प्रचण्डलाई सोधेका थिए ‘मेरो बुबा कहिले छुट्नुहुन्छ ?’ आभूषणको जिज्ञासाले प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेस सभापति देउवा स्तब्ध भए । उनीहरुले आभूषणलाई ‘चाँडै छुट्नुहुन्छ’ भन्ने आश्वासन दिए ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई बालुवाटारमा रेशम चौधरीका छोरा मात्र होइन बुवा लालवीर चौधरी र श्रीमती रञ्जिता चौधरीले पनि संयुक्त रुपमा भेटेका थिए । उनीहरुले पनि टीकापुर घटनाका पीडितलाई सरकारले चाँडै न्याय दिनु पर्ने बताए ।
रेशमका बुबा बर्दिया १ बाट र रन्जिता कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । उनीहरुले रेशम चौधरी लगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा कारागारमा रहेका सबैको रिहाइको माग गरिरहेका छन् ।
२०७२ भदौ ७ गते टिकापुरमा भएको आन्दोलन हिंसामा परिणत हुँदा एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरी लगायत ११ जना र उच्च अदालत दिपायलले ८ जनालाई जन्म कैदको फैसला सुनाएको थियो ।
यता रेशम पक्षका कानून व्यवसायीहरूले भने घटनामा उनको संलग्नता नरहेको बताउँदै आइरहेका छन् ।
पुस २६ मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए ।
आइतबारको भेटमा रेशम परिवारले उक्त घटनाबाट पीडित भएको सबैको रिहाइको पहल गर्न आग्रह गरिएको बताइएको छ ।
प्रकाशित:
१३०० दिन अगाडि
|
१५ फागुन २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९