उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् ।
नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए ।
शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
प्रकाशित:
१२९६ दिन अगाडि
|
१५ फागुन २०७९
१७ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९