राष्ट्रिय जनगणनाः जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवालाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता

राष्ट्रिय जनगणनाः जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवालाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता

१२६९ दिन अगाडि

|

१६ चैत २०७९

चौधरी दम्पती उल्टो पैदलयात्रा गर्दै

चौधरी दम्पती उल्टो पैदलयात्रा गर्दै

१२७० दिन अगाडि

|

१५ चैत २०७९

दाङ । श्रीमानको शिरमा पहेलो रामनामी, मैलिएको सेतो कुर्ता र सुरुवाल अनि खुट्टामा फाटेका जुत्ता । घामले डढेको अनुहार । कपाल, जुँगा, दारी बढेर झुस्स परेका छन् । श्रीमतीको टाउकोमा कालो झोलाको कुम्लो, काँधमा झुलको थैली । यी दम्पती हुन् कोहलपुर नगरपालिका–७, लखनवाका ५० वर्षीय रुपन चौधरी र उनी श्रीमती ५३ वर्षीय पत्ररानी चौधरी । विश्व शान्तिको कामना गर्दै चौधरी दम्पती मेची–महाकालीको उल्टो पैदलयात्रामा निस्किएका हुन् । यात्राको ६४ औँ दिन बुधबार उनीहरू मेचीबाट दाङ आइपुगेका हुन् । गौतम बुद्धको पवित्र भूमिमा शान्तिको खोजीका लागि पैदल यात्रामा निस्किएको उनीहरू बताउँछन् । सामान्य परिवारका चौधरी दम्पती कृषि पेसा गर्दै जीविका चलाइरहेका थिए । तर मुलुकको अवस्था पनि आफ्नो जस्तै दयनीय रहेको भन्दै उनीहरू मुलुकको शान्ति र समृद्धिको संकल्पसहित मेची–महाकाली उल्टो पैदलयात्रामा निस्किएको बताउँछन् । रुपनले भने, ‘जहाँ पुग्दा सूर्यास्त हुन्छ, त्यहीँ बस्छौं, जहाँ सूर्योदय भएपछि यात्रा सुरु गर्छौँ । भोकैप्यासै पनि यात्रा निरन्तर छ ।’ चौधरी दम्पती यात्राका क्रममा निकै दुःख कष्ट झेल्नु परेको बताउँछन् । ‘म सामान्य खेती किसानी गर्ने मान्छे, उल्टो हिँडेर देशको यात्रा गरिरहेको छु । दुःखसुख यसैभित्र छ,’ रुपनले भने । परिवारको आर्थिक अवस्था कमजोर भए पनि मेची–महाकाली पैदल यात्रालाई चौधरी दम्पतीले सपनाको यात्रा बनाएको हो । तर त्यो सपना पूरा गर्न उनीहरूलाई निकै चुनौती देखिएको छ । रुपनले भने, ‘कसैले सहयोग गर्छन्, कसैले वास्तै गर्दैनन् । कसैले सहयोग गरेनन् भनेर यात्रा बिचमै रोक्ने कुरा पनि भएन ।’ मेची–महाकाली यात्रा पश्चात्त उनले भारतको बद्रीनाथसम्म नयाँ यात्रा आरम्भ गर्ने योजना बनाएका छन् । ‘मेची–महाकाली यात्रामा मुलुकको शान्तिको कामना गरेको छु भने नेपाल–बद्रीनाथको यात्राले विश्व शान्तिको कामना गर्नेछु,’ उनले भने ।  

के छ चैते दशैं पर्वको महत्व ?

के छ चैते दशैं पर्वको महत्व ?

१२७० दिन अगाडि

|

१५ चैत २०७९

आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् । शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । शर्मा भन्छन्, ‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।’ अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ । के–के हुन्छ चार दशैंमा फरक ? मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ । अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो । मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकाले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो । शर्माका अनुसार असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने गरिएको थियो । त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो । जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैनथ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो । शर्माका अनुसार पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो । यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने शर्मा बताउँछन् । चैते दशैंमा पनि नवदूर्गाकै पूजा चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।  

 बढ्दै छ फेरि कोरोना संक्रमणः एकै दिन ६९ जना संक्रमित

 बढ्दै छ फेरि कोरोना संक्रमणः एकै दिन ६९ जना संक्रमित

१२७२ दिन अगाडि

|

१३ चैत २०७९

नेपालमा कोरोना  संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो। संक्रमित बढेसँगै ६६ जना सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको जनाए ।  

ट्रक दुर्घटनामा बाँकेका ३ चौधरीको मृत्यु

ट्रक दुर्घटनामा बाँकेका ३ चौधरीको मृत्यु

१२७७ दिन अगाडि

|

८ चैत २०७९

दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ। दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्। ‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भने। सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ। साना सवारी साधन मात्र पास भइरहेको उनले जानकारी दिए। घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेको छ।

टीकापुरमा साहित्य महोत्सव हुने

टीकापुरमा साहित्य महोत्सव हुने

१२७८ दिन अगाडि

|

७ चैत २०७९

 कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ। यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो। महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ। महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे दिएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तक्रिया हुनेछ । आयोजकका अनुसार महोत्सवमा मूर्धन्य लेखक, कवि, साहित्यकार तथा पत्रकारसँग भाषा, साहित्य, कला, रङ्गमञ्च, चलचित्रलगायतका विविध विषयमा छलफल हुने बताएको छ ।

पहिला अन्तराष्ट्रिय थारु सम्मेलन सुुरु

पहिला अन्तराष्ट्रिय थारु सम्मेलन सुुरु

१२७९ दिन अगाडि

|

६ चैत २०७९

टिकाराम चौधरी बर्दियाके ठाकुरबाबा नगरपालिकामे पहिल अन्तर्राष्ट्रिय थारु सम्मेलन शनिच्चरसे सुरु हुइल बा । थारु अन्तर्राष्ट्रिय महासभाके आयोजनामे नेपाल तथा भारतके थारु अगुवा, नेता तथा बुद्धिजीविहुकनके सहभागितामे ठाकुरबाबाके सिंहबाहीनी खैल मैदानमे प्रथम अन्तर्राष्ट्रिय थारु सम्मेलन हुइल हो । उदघाटन कार्यक्रमके प्रमुख अतिथि पुर्व शिक्षा राज्यमन्त्री तथा थारु नेता तेजुलाल चौधरीसे नेपाल भारतके थारुहुकनके पहिल नेपाल जमघट हुइल बटैलै । थारु समुदाय आघे बह्रेक लाग एकजुट हुई पर्ना बटैलै । कार्यक्रममे बोलुइया थारु समुदाय अभिनफे राज्यके टमान निकायमे पहुच पुगे नइसेकल अवस्था रहल ओरसे आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमे आघे बह्राइक लाग सक्कु थारु समुदाय एकजुट हुइना पर्ना आवश्यकता रहल बटैलै । अब्बेफे थारु समुदायसे राज्यसे अपेक्षा करल अनुसार न्यायोचित स्थान ओ अवसरसे वञ्चित हुइटी रहल अवस्था ओरसे थारु समुदाय एकमत हुके थारु संगठनहे बल्गर बनैनाके कौनो विकल्प नइरहल बटैलै । नेपालमे थारु समुदायके लाखौके संख्यामे बसोबास रहलेसेफे राजनीतिक तथा प्रशासनिक क्षेत्र न्युन सहभागिता रहल ओरसे थारु समुदायके राज्यसत्ता संचालनमे पुगे नइसेकल अवस्था औल्यइलै । नेपालमे अभिनफे तराई क्षेत्रमे थारु समुदायके बाहुल्यता रहलेसेफे स्थानीय तहमेफे बल्गर उपस्थिति हुई नइसेकल हो । यी मध्य झन् थारु महिला झन पाछे रहल कार्यक्रममे बोल्न महिलाके कहाई रहे । नेपालमे थारु महिला नगरप्रमुखमे दुई जाने केल रहल बा । महिलाहुकनहे राजनीतिक दलसे चुनावके बेलामे टिकटसम नइडेहल ओरसे यैसिन अवस्था सिर्जना हुइल सुरङगा नगरपालिकाके नगरप्रमुख गीता चौधरी बटैली । महिलाहुकनहे टमान क्षेत्रमे पाछे पारल बटैली । कार्यक्रममे बोलुइया बक्ता सक्कु जे थारु संगठनहे बल्गर बनैनाके विकल्प नइरहल बटैलै । कार्यक्रममे बारबर्दिया नगरपालिकाके नगरप्रमुख छबिलाल थारु कार्यक्रमके सफलताके शुभकामना डेटी थारुहुकनके सबसे पुरान संस्था थारु कल्याणकारिणी सभाहे समन्वय करल हुइलेसे आउर ब्यापक सहभागिता जुटाई सेक्ना सुझाव रख्लै । ठाकुरबाबा नगरपालिकाके नगरप्रमुख तिलकराम लम्साल अन्तराष्ट्रिय स्तरके प्रथम कार्यक्रम अपन पालिकामे धारके ठाकुरबाबा नगरपालिकाहे चिन्हैना सुनौलो अवसर प्राप्त करल बटैलै । कार्यक्रमहे अपने ओ पालिकाके ओरसे हरेक दृष्टिकोणसे सहयोग कैना तयार रहल बटैलै । सम्मेलनमे नेपाल तथा भारतमे बासोबास कैना थारु बुद्धिजीवि तथा थारु अगुवाहुकनके सहभागिता रहल बा । थारु समुदाय मिलके हम्रे ढेर पाई सेक्बी कना नाराके साथ ठाकुरबाबा नगरपालिका १ सिंहबाहिनी खेलमैलानमे सुरु हुइल सम्मेलनमे पहिल दिन उदघाटनके कार्यक्रम हुइल बा । दुसरा दिन थारु समुदायमे रहल टमान मेरिक सवालमे वृहत छलफल कैना कार्यक्रम रहल आयोजक जनैले बा ।   कार्यक्रमके उदघाटनमे कार्यक्रमके शुभकामना मन्तब्यसंगे थारु परम्परागत टमान मेरिक साँस्कृतिक प्रस्तुती तथा थारु राष्ट्रिय कलाकारहुक्रे अपन कलाप्रस्तुत करले बटै । थारु अन्र्तराष्ट्रिय महासभाके अध्यक्ष दीपप्रसाद नारायण थारुके सभापतित्वमे हुइल कार्यक्रममे भारत तथा नेपालके अगुवा नेता तथा बुद्धिजीविहुकनके सहभागिता रहल बा । अटवारके रोज थारु समुदायके सवालमे विविध छलफल करटी ठाकुरबाबा प्रथम अन्तराष्ट्रिय थारु सम्मेलन घोषणा पत्र जारी करटी सेक्ना आयोजक जनैले बा ।