Above News Title

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

नेपाली वैज्ञानिक  प्रधानले  पाए युरोपबाट २१ करोडको अनुदान

आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले बहराइन सरकारबाट १२ करोड पुरस्कार पाएको समाचार सेलाउन नपाउदै अर्का नेपाली युवा वैज्ञानिकले २१ करोडको अनुदान पाएका छन् ।

जर्मनीको पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका वरिष्ठ नेपाली वैज्ञानिक डाक्टर प्रजल प्रधानले युरोपबाट १५ लाख युरोको अनुदान पाएका छन् । नेपाली रुपैयाँ २१ करोड बढीको अनुदान प्रधानलाई युरोपियन रिसर्च काउन्सिलले प्रदान गरेकाे हाे ।

प्रधानले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका तरिका बारेमा नेपालमा खोज गर्न साे अनुदान पाएका हुन् । ‘गत वर्षको जनवरीमा मैले ग्रान्टको लागि प्रस्ताव गरेको थिएँ’,  प्रधानले भने, ‘अहिले ग्रान्ट प्राप्त भएको जानकारी पाएँ । धेरै खुशी लागेको छ ।’ विद्यावारिधि गरेको सात वर्षभित्र उक्त ग्रान्ट प्राप्तिको योग्यता पुग्ने प्रधानले बताए ।

धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट कृषि इन्जिनियरिङ गरेका प्रधानले वातावरणीय व्यवस्थापनमा उच्च तहको अध्ययन गरेका हुन् । विभिन्न खोज अनुसन्धानमा अनुभवी प्रधान दिगो विकास लक्ष्यका विश्वस्तरीय जानकार हुन् ।

प्रकाशित:

१२९८ दिन अगाडि

|

११ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७० दिन अगाडि

|

२७ मंसिर २०७९