डिल्लीबहादुर चौधरीः बेसको अध्यक्षदेखि मुख्यमन्त्रीको बागडोरसम्म

डिल्लीबहादुर चौधरीः बेसको अध्यक्षदेखि मुख्यमन्त्रीको बागडोरसम्म

१२४० दिन अगाडि

|

१५ वैशाख २०८०

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

‘भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियोः’ मन्त्री रन्जिता श्रेष्ठ

१२४० दिन अगाडि

|

१५ वैशाख २०८०

मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ । यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले विहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ ।  साथै, वर्तमान नेताहरुले  देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् । (पढौं गजलको पूर्ण अंशः) बुज्नुस्  ऊ दोषी  यही आधारमा  भेटियो छातीभित्र देश रहेछ कारागारमा भेटियो । जरो   खन्दै   गइयो भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियो । कहिले भने र यिनीहरुले  देश बिगार्छौ भनेर कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो । शिर झुकाएर नमन उसको कलाकारितालाई अगाडि गुलाब  पछाडि तरवारमा  भेटियो । ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा उसको  परिवहन  मेरो रक्तसञ्चारमा भेटियो । मन्त्री पदमा विराजमान रन्जिता श्रेष्ठ चौधरीले आखिर सरकारकै विरोध गरेर, सरकारलाई नै भ्रष्टाचारी करार गरेर किन सिर्जना गर्नु पर्यो ? चर्चाको विषय भएको छ ।  मन्त्री भएकै बेला एकपटक रवि लामिछानेले भनेका थिए, म मन्त्री भए पनि प्रतिपक्षी समेत हुँ । रन्जिता श्रेष्ठ चौधरीको पथ पनि त्यही लाइनमा डोरिएको छ ।   

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

१२४१ दिन अगाडि

|

१४ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री  नियुक्त भएका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थन गरेका छन् । यसअघि बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।   

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधनलाई कारबाही

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधनलाई कारबाही

१२४१ दिन अगाडि

|

१४ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो । काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस,  दुई पिकअप भ्यान र ट्रक एकगरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो । कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।  

मुसा सिकारका पारखी छोट्कानुहरू

मुसा सिकारका पारखी छोट्कानुहरू

१२४१ दिन अगाडि

|

१४ वैशाख २०८०

कैलारी गाउँपालिका–२ मंझराका छोट्कानु चौधरीलाई वैशाखको टन्टलापुर गर्मीको परवाह छैन । उनी आफ्नै रफ्तारमा एकनाशले फरहुवा (कोदालो) चलाइरहे । उनको एउटै लक्ष्य मुसाको सिकारमा थियो ।  छोट्कानु र उनको साथीहरु केही समयको मेहनतपछि लक्ष्य भेटाए । एउटा मुसन्डा (भाले) सहित ११ वटा मुसाको सिकार गरे । उनले भने, ‘एउटा मुसन्डा र १० वटा बोटरु (बच्चा) पायौ । २०÷२५ मिनेट लाग्यो । ६ जनाको समूह छ । यतिले छाक पुग्दैन । अझै खोज्छौ ।’ छोट्कानु र उनको समूह गहुँ बाली भित्र्याई सके पछिको खेतमा मुसाको सिकार गर्दै आएको छ । साँझ विहान घरधन्दा र दिउँसोको फुर्सदको समयको समयमा उनीहरु मुसाको सिकारमा निस्कन्छन् । अनि, साँझलाई पुग्ने गरी सिकार लिएर घर फर्किन्छन् । छोट्कानुसँगै खेतमै भेटिएका अमर चौधरी भन्छन्, ‘खेतमै पाइने र खेतकै अन्नबाली खाने मुसा अति नै स्वादिष्ट हुन्छ । सधैँ त होइन, फुर्सदको समयमा सिकार गरिन्छ । कहिले सिकार पर्छ त कहिले रित्तै पनि फर्किनु पर्छ ।’  मुसाको सिकार गर्न पनि सहज नभएको उनीहरुको भनाइ छ । कसरी गर्ने मुसाको सिकार ? मुसाको सिकार गर्दै आएकाहरु कस्तो दुलोमा मुसा बस्छ वा बस्दैन सजिलै पहिल्याउन सक्छन् । यतिमात्रै होइन, मुसाले घर बनाएको दुलो, फालेको माटोलाई पनि विभिन्न तरिकाले वर्गीकरण र पहिचान गरी सिकार पहिल्याउँछन् । कैलारी गाउँपालिका–६ बेनौलीका सोमलाल डंगौरा भन्छन्, ‘मुसाको दुलो हेरेर छ, छैन थाहा पाउन सकिन्छ । मुसा बस्ने घरमा मुसाले खनेको माटो ताजा देखिन्छ । दुलो बुच्कु (खनेको माटोले भरिएको) र सफा देखिन्छ । टोंरका दुलो (निस्क्निे वा भाग्ने बाटो) धेरै नखुलेको तर सफा हुन्छ ।’ मानिसले आफ्नो घरका विभिन्न कोठामा कसमा के राख्ने भनी छुट्याएझैं मुसाले पनि वर्गीकरण गर्ने गरेको डंगौरा बताउँछन् । उनले अगाडि थपे, ‘मुसाले एक दुलोमा अन्नबाली मात्रै राखेको हुन्छ । धान खेत पाइने मुसाले दुलोभित्र १–२ केजीसम्म अन्न भण्डारण गरी राखेको हुन्छ । बच्चा कोरल्ने, क्रीडा गर्ने, शत्रुले आक्रमण गरे भाग्नेलगायत दुलो फरक–फरक बनाएको हुन्छ ।’ मुसाको जीवनशैली बुझ्नेले सजिलै सिकार गर्न सक्छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’ मुसालाई थारु समुदायमा कृषि बालीको शत्रुको रुपमा लिइन्छ । कृषिमा निर्भर यो समुदायले कृषि बालीमा नोक्सानी गर्ने मुसालाई विभिन्न तरिकाले नियन्त्रण गर्दै आएको छ । साथै, मुसाको थरिथरिका परिकार बनाई उपभोग गरेको पाइन्छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारुले भन्छन्, ‘प्रायः थारु समुदायले राँगा, गोरुको मासु खाँदैनन् । किनकि यिनीहरुलाई जोत्ने कार्यमा प्रयोग गर्छन् । तर बालीलाई नोक्सान गर्ने मुसालाई छोड्दैनन् ।’ संयोजक थारुका अनुसार थारु समुदायले ७ प्रजातिमा मुसाको वर्गीकरण गरेका छन् । खेतमा पाइने, घरमा पाइने, जमिन बाहिरै घर बनाएर बस्ने र जंगलमा पाइने, आकार र रंगको आधारमा वर्गीकरण गर्न सकिन्छ । १. बिलखोडुवाः बिलखोडुवा प्रजातिको मुसा खेतमा पाइने गर्छ । यो प्रजातिको मुसा खेतकै अन्नबाली खाएर बस्ने गर्दछ । खानमा सबैभन्दा स्वादिलो यही प्रजातिको मुसा रहेको मासु पारखीहरुको भनाई छ । आकारमा ठूलो देखिने यो मुसाले एक पटकमा १० देखि १६ वटासम्म बच्चा जन्माउँछ । २. छपरकुडुवाः यो प्रजाजिको मुसा घरमा पाइन्छ । यो प्रजातिको मुसो पनि बिलखोडुवा प्रजति जस्तै हुन्छ । ३. उज्जर पेटुवाः अन्य मुसाको भन्दा पेटको भागमा सेतो देखिने मुसालाई उज्जर पेटुवा भनिन्छ । यो मुसा प्रायः वनमा पाइन्छ । ४. चिड्डीः यो प्रजातिको मुसा प्रायः रुखमा पाइने तथा आकारमा सानो हुन्छ । ५. गोरनिः गोरनि मुसा खेतमा पाइने मझौला खालको मुसाको प्रजाति हो । यसको पुच्छर समाउने बित्तिकै पुच्छरका छाला निस्कने गर्दछ । ६. खरकटट्ीः खरकटट्ी प्रजातिको मुसा प्रायः खेत र जंगलमा पाइन्छ । तर जमिन बाहिरै घर बनाउँछ । ७. डुकरीः सबैभन्दा सानो आकारको मुसालाई डुकरी भनिन्छ । यो मुसा प्रायः खेतमै पाइन्छ । मुसाको तीन परिकार थारु समुदायमा मुसाको सिकारलाई चटनी, सेकुवा र गे्रबी गरी ३ किसिमको परिकार बनाएर उपभोग गरिन्छ । पश्चिमतिर थारु समुदायमा तथा पूर्वमा मुसहर समुदायमा उपभोग गर्ने चलन रहेको मुसा पछिल्लो समय सहरका होटलहरुमा पनि पाइने गर्दछ ।  मेला, महोत्सवहरुमा त झनै स्टलको आकर्षणको रुपमा पनि मुसाको परिकारलाई राखिने गरिन्छ । उदाहरणको लागि सुदूरपश्चिम महोत्सव, प्रत्येक अंग्रेजी वर्षको पहिलो साता हुने भादा गाउँ होम स्टे महोत्सवमा पनि मुसाको परिकारलाई आकर्षणको रुपमा राखिन्छ । धनगढीस्थित भादा गाउँ होम स्टे तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीका अनुसार भादा होम स्टेमा लेग पिससहितको २ पिस मासुलाई एक प्लेट मान्दै प्रति प्लेट ५० रुपैयाँमा बेचिन्छ । ग्राहकको मागअनुसार मुसाको परिकार भने पुर्याउन नसकिएको उनको भनाइ छ ।  

थारु कल्याणकारिणी सभा उपत्यकामा पुनः सुमन चौधरीको नेतृत्व

थारु कल्याणकारिणी सभा उपत्यकामा पुनः सुमन चौधरीको नेतृत्व

१२४२ दिन अगाडि

|

१३ वैशाख २०८०

थारु कल्याणकारिणी सभा (थाकस) काठमाडौं उपत्यका समितिको वैशाख ९ गते सम्पन्न आठौं अधिवेशनबाट पुनः सप्तरीका सुमन चौधरी सर्वसम्मतबाट सभापति चयन भएका छन् । त्यस्तै, अन्य सम्पूर्ण पदाधिकारीहरु पनि सर्वसम्मत ढंगले छानिएका छन् । हाललाई १८ सदस्यीय उपसभापति  शत्रुघन प्रसाद चौधरी (सप्तरी), उपसभापति  सिताराम चौधरी (बर्दिया), महिला उपसभापति प्रेमा चौधरी (कैलाली), सचिव उमेश कुमार चौधरी (सप्तरी), सहसचिव श्याम नारायण चौधरी (सप्तरी) तथा कोषाध्यक्ष नन्दुराज चौधरी (दाङदेउखुरी) छानिएका छन् । यसै गरी, सदस्यहरुमा सुदिप हुजदार (उदयपुर), महिमा चौधरी (बर्दिया), किरण चौधरी (कैलाली), सूर्य कुमार चौधरी (सप्तरी), महेश कुमार चौधरी (सप्तरी), सरला चौधरी (दाङदेउखुरी), विजय चौधरी (कैलाली), रामनारायण चौधरी (सुनसरी), चम्पा चौधरी (दाङदेउखुरी)  दिनेश चौधरी (बर्दिया),  कृष्णा चौधरी (बर्दिया) छानिएका छन् । केन्द्रिय पार्षदमा प्रेमीलाल प्रसाद चौधरी (रौतहट), धर्मलाल चौधरी (रौतहट), गीता कुमारी चौधरी (सप्तरी), तुलसी प्रसाद थारु (सप्तरी) तथा जितेन्द्र चौधरी (बारा) रहेका छन् । कार्यसमितिमा बढी सप्तरीकालाई समेटेकोमा आलोचना पनि भएको छ ।   

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो 

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो 

१२४३ दिन अगाडि

|

१२ वैशाख २०८०

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई  नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।  सोमबार प्रदेशसभामा  विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार  एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ ।  एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि  चैत १२ मै कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले सात दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको थिए । चौधरीलाई माओवादी, नाउपा, जनमत, लोसपा, जसपा, एकीकृत समाजवादी र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।