सुल्फीदेवीको सुर्ताः ‘छोरा रेशमको पीरैपीरले मन खाइरहेको छ ’ 

सुल्फीदेवीको सुर्ताः ‘छोरा रेशमको पीरैपीरले मन खाइरहेको छ ’ 

१२५४ दिन अगाडि

|

१ वैशाख २०८०

२०८० साल सुरु, शुभकामना साटासाट गरी मनाइँदै

२०८० साल सुरु, शुभकामना साटासाट गरी मनाइँदै

१२५४ दिन अगाडि

|

१ वैशाख २०८०

आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना साटासाट  गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् ।  “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।  हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत ८ गतेदेखि नै सुरु भइसकेको समितिले जनाएको छ । चैत ८ गतेदेखि पिङ्गल नामको संवत्सर सुरु भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो । अहिले चलिरहेको पिङ्गल ५१औँ संवत्सर हो । यसअघि नल नामको संवत्सर रहेको थियो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्तले जनाए ।

रुपा चौधरी माओवादीको सचतेक चयन

रुपा चौधरी माओवादीको सचतेक चयन

१२५६ दिन अगाडि

|

२९ चैत २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गछिन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ । बैठकले संसदमा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए । सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।  

सुदूरपश्चिम विश्वविद्यालयले लोककथा सङ्कलन गर्दै

सुदूरपश्चिम विश्वविद्यालयले लोककथा सङ्कलन गर्दै

१२५७ दिन अगाडि

|

२८ चैत २०७९

सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए । ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ’, उनले भने, ‘लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।’ सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । ‘सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्’, उनले भने, ‘कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौं ।’ दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत नौ जिल्लाकै लोककथा स्थानीय र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन् । धर्म, संस्कृति रीतिरिवाज हिजो कस्तो थियो भनेर कथाका माध्यमबाट सन्देश दिन खोजेको डा भट्टको भनाइ छ । विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको उनले जानकारी दिए । साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन कार्य अत्यन्तै सकारात्मक रहेको बताए । ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितका जनश्रुति नीहित हुन्छन्’, उनले भने, ‘यसले लोकजीवनलाई बुझ्न सहज हुन्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ । बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन । सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ । प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ । उनले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन ।’ आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे । आर्थिक वर्ष २०७९÷८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन सकेको छैन । मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए ।  रासस

अन्ततः सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी 

अन्ततः सुरेन्द्र चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी 

१२६० दिन अगाडि

|

२५ चैत २०७९

नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले अन्ततः शुक्रबार नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका छन् । नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको थियो । समाचार स्रोतअनुसार पहिलो दिन अनुपस्थित नेता सुरेन्द्र चौधरी शुक्रवारको बैठकमा भने सहभागी भए ।  राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरी केन्द्रीय सदस्य पनि हुन् । तर शुक्रबार सुरेन्द्र हलमा प्रवेश गर्ने वित्तिकै पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘तपाईंलाईं पार्टीले साधारण सदस्य पनि नरहने गरी कार्वाही गरिसकेको छ । तपाईंलाई कार्यक्रममा बस्ने कुनै अधिकार छैन । तपाईं जान सक्नुहुन्छ ।’ समाचार स्रोतअनुसार कार्यक्रममा सुरेन्द्रले कुनै सफाईको स्पष्टीकरण दिन पाएनन् । अपमानित ढंगले हलबाट बाहिरिएलगत्तै  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे,  ‘आज (शुक्रबार) बाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’ उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका छन् । उनले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ । आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको गुनासो थियो सुरेन्द्रको । यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो । तर आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए ।  नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए ।  उता नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले सुरेन्द्र चौधरी पार्टीमा कुनै जिम्मेवारीमा नरहेकाले उनले पार्टी त्याग्नुले कुनै अर्थ नराख्ने बताए ।  उता नयाँ राजनीतिक यात्राको लागि मेची महाकाली यात्रामा जाने तयारीमा रहेका सुरेन्द्र चौधरीले नयाँ संगठन बनाएमा  नागरिक उन्मुक्ति पार्टीको संगठनलाई घाटा पुग्ने देखिन्छ । यसै गरी नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको बैठकले पार्टीको महिला संयोजकमा एन्जिला गौतमलाई जिम्मेवारी दिएको छ । पहिले महिला संयोजक रहेकी गीता चौधरी (कञ्चनपुर) लाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् । त्यस्तै, टीकापुरमा पार्टीको पहिलो महाधिवेशन आगामी २०८० वैशाख ४ देखि ६ सम्म तोकिएकोमा आगामी पुसमा महाधिवेशन गर्ने तय भएको छ । त्यसबेलासम्म आफ्नो रिहाइ हुने पार्टी संरक्षक रेशम चौधरीले आकलन गरेका छन् ।   

धनगढीमे गोंरि डारल समाज रुपान्तरणके लाग ‘बातचित घर’

धनगढीमे गोंरि डारल समाज रुपान्तरणके लाग ‘बातचित घर’

१२६१ दिन अगाडि

|

२४ चैत २०७९

समाज रुपान्तरण कैना अभियानके साथ धनगढीमे ‘बातचित घर’ सुखसे सुरु हुइल बा । बातचित घरके उद्घाटन सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगके उपसचिव हिरालाल चौधरी करला । उहाँ बातचित घरहे राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायत टमान विषयबस्तुके छलफल, विचार विमर्श कैना प्लेटफर्मके रुपमे लेहल जनैलाँ । बातचित घरके सञ्चालक संयोजक, बरघर ठाकुर करिया प्रधान समसामयिक विषयवस्तुमे छलफलके लाग एक साझा मञ्चके विकास कैना उद्देश्यसे बातचित घर सुरु कैगैल बटैलाँ । उहाँ बातचित घरसे थारू कला, साहित्य लेखन ओ सिर्जनात्मक कामके बखान कैजैना ओ इहिसे थारू समुदायमे रहल बौद्धिकताके प्रर्वद्धन, दस्तावेजीकरन फेन हुइना कहलाँ । धनगढीके थारु छात्रबासमा स्थापना हुइल बातचित घरमे मासिक रुपमे कम्तिमे एकफेरा ओ आवश्यकता ओ समय अनुकुल चाहेजब कार्यक्रम कैना जना गइल बा । घरके किसन्वा तथा व्यवस्थापन संयोजक माधव थारू कार्यक्रममे आइल पहुनन्हे मनतब्य सहित स्वागत करल रहिट । कार्यक्रमके सञ्चालन अघरिया उन्नती चौधरी करले रहि । कार्यक्रममे साहित्यकार सागर कुश्मी, सानु चौधरी, गायक राज चौधरी, निर्देशक चन्द्र चौधरी लगायत ढेरजने आ आपन रचना सुनैले रहिट । कार्यक्रममे थारू वुद्धिजीवी, समाजसेवी, पत्रकार, विद्यार्थी लगायतके जुटौला रहे ।

मुख्यमन्त्री शाहले विश्वासको मत पाएको महिना दिन पूराः सरकार अहिलेसम्म किन अधुरा ?

मुख्यमन्त्री शाहले विश्वासको मत पाएको महिना दिन पूराः सरकार अहिलेसम्म किन अधुरा ?

१२६४ दिन अगाडि

|

२१ चैत २०७९

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएको करिब दुई महिना हुँदैछ भने उनले विश्वासको मत लिएको एक महिना पूरा भएको छ । मुख्यमन्त्री शाहसहित २ मन्त्री माघ २६ गते नियुक्त भएका हुन् । फागुन २१ गते मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत पाएका थिए । केन्द्रकै मुख ताकेपछि हालसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । यसअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको थियो । तर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको दुई साताभन्दा बढी समय बिते पनि प्रदेश सरकार विस्तार हुन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि आगामी वर्षको बजेट निर्माणको प्रक्रियामा समेत अन्योल देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘कुनै पनि घरमा अभिभावक नभएको अवस्था के हुन्छ आफै अनुमान गर्नुस् । हामी नियमित कार्य त जारी राखेकै छौं । तर ठूलो निर्णयहरु, नीतिगत सवालहरुमा त मन्त्री नहुँदा हामी कसरी अगाडि बढाउन सक्छौं र ?’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशी पनि बजेट तयारीबारे अन्योल रहेको बताउँछन् । मन्त्रीविहीन हुँदा सामाजिक विकास मन्त्रालय बजेट निर्माणको चरणमा अझै जान नसकेको जोशीको भनाइ छ । सत्ता गठबन्धनले मन्त्रीमण्डल विस्तारमा ढिलाइ गर्नु गैरजिम्मेवारीपनको नमुना रहेको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको छ । नेकपा एमालेका सांसद धर्मराज पाठकले नेपाली कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन जनताप्रति गैरजिम्मेवार देखिएको बताए । उनले भने, ‘मन्त्रीमण्डलले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित छन् । सरकारले सदनलाई बिजनेस दिन सकेको छैन । यो सबै सरकारको अकर्मण्यताको कारण हो ।’ बजेट बनाउने समय आइसक्दा पनि सत्तारुढ गठबन्धनको ध्यान कुर्सीको भागबण्डामै केन्द्रित रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका सांसद तथा उपनेता अक्कल रावलले सुदूरपश्चिम मात्रै होइन, सबै प्रदेशको सत्ता समीकरण फेरिएकाले प्याकेजमै भागबण्डा टुंग्याइने बताए । केही दिनमा सबै विषयको टुंगो लाग्ने गरी छलफल अगाडि बढेको उनको भनाइ छ । यसैबिच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारमा अझै ८, १० दिन समय लाग्ने बताएका छन् । उनले भने, ‘हामी सरकारबारे निकै गम्भीर छौं । बजेट निर्माण तयारी सुरु भएको छ । राष्ट्रिय राजनीतिमा नयाँ समीकरण भयो । त्यसैले पनि केही ढिला हुन गएको हो । मन्त्रीमण्डलले छिटै पूर्णता पाउँछ । ८, १० दिनभित्रै पूर्णता पाउनेमा आशा गरौं ।’ सुदूरपश्चिम प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने छ । यहाँ ५३ सदस्यीय प्रदेशसभा छ । माघ २६ गते नियुक्त मुख्यमन्त्री शाहसँगै नेपाली कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।