Above News Title

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान

कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

त्यही खेतीबाट उनीहरु  लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो। लरामपुरको  दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ ।हेर्दा बालुवामाथि फलेको देखिने  खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दैछ । बोटमै गएर किन्ने ग्राहकले यसबाट आनन्द महशुस गरेका छन् । उनीहरु आफूहरुले नै टिपेर किन्नका लागि त्यहाँसम्म पुगेको बताउँछन् ।

बलरामपुर गाउँका अरू दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

पौरखी किसानमध्येकी लमही नगरपालिका-४ को सिम्रहवामा बस्दै आएकी  ४९ वर्षीया सनकुमारी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन् । उनी  भन्छिन्, ‘पहिला नदीले हाम्रो सबै  जमिन कटान गरेर हामीलाई बिचल्ली नै पा¥यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्न र घरखर्च  चलाएका मात्र होइन छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ।’

‘२० वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर बगायो, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्‍यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबै गाउँलेहरुले  सल्लाह गर्‍यौँ र यो खेती गर्ने  कार्यक्रम बनायौँ’, कृषक चौधरी भन्छिन् ।

ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफैँ लखपति भएका छन् । उनीहरु आफैंले मनग्ये आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा पनि गरेका छैनन् । तीन वर्षसम्म खासै आम्दानी नभएको र अहिले पाँचौँ वर्षमा आफूहरुले मनग्ये आम्दानी लिन सफल भएको उनीहरूको भनाइ छ ।

कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ । बगर सुनसान ठाउँमा छ । बस्ती नभएको यस ठाउँमा गरिएको खेती चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको ठाउँमा तल बालुवा भएकाले त्यहाँ निकै तातो भए पनि फुसको घरमा  रातको समयमा सुत्ने गरेका छन् ।

हाम्रो आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने  सनकुमारी बताउँछिन् । ‘बेमौसममा पानीको समस्या हुने भएकाले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता छ भने नजिकमा बजार नपाउँदा उत्पादित बस्तु विक्रीका लागि उत्तिकै समस्या हुँदै आएको छ,’ किसानहरु भन्छन्, ‘खरबुजा खेतीका लागि यो जमिन राम्रो छ । स्वास्थ्यका लागि फाइदासमेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो । यस्तै  मल र बीउकोपनि  व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।’

अहिले यहाँका किसानले खरबुजा बारीबाट प्रतिकेजी रु ७०मा विक्री गर्छन् भने र बजारमा प्रतिकेजी रु ८० मा फुटकरमा बिक्री हुने गर्दछ । स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगर खेतीका लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ  तर त्यो पर्याप्त नभएकाले मल तथा बीउ किनेर खेती गरिरहेको र दुःख भएपनि  बालुवामा  सुन फलाउन सकेको महसुस गरेको ती किसानको भनाइ छ ।

कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ ।

सोही ठाउँकी ३५ वर्षीया रीता चौधरी पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट  आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । उनी भन्छिन्, ‘सुरूवातमा त निराशा पनि आयो किनभने हामीले यो बालुवामा के फलाउन सकौँला जस्तो पनि लागेको थियो । राम्रो भएन अहिले आम्दानीबाट घरपरिवार पाल्न, पढाउन र आम्दानी बचत गर्न पाउँदा खुसी लागेको छ।’

राप्ती नदीले जग्गा कटान गरेर लगेपछि  गाउँमा मजदुरी, ज्यालादारी गरेर घर खर्च चलाएका उनीहरु अहिले भने आफैं उद्यमी बन्न सफल छन् । ‘दुःख त छ तर पनि खुसी छौँ’, रीताले भनिन् । उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेकी छिन् ।

तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको र  सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ ।

लमही नगरपालिका-४ की ३७ वर्षीय  माया चौधरी पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताउँछन् ।  राप्ती नदीले बितण्डा मच्चायो, आफूहरुको धान हुने खेत सबै बगाएर बगर बनायो । अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौँ। खरबुजा र तरकारीको उत्पादन राम्रै छ तर बजार पाउन सकेका छैनौँ, उनको गुनासो छ ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा र दुई हजार १८ जना किसानहरुले एक सय दुईवटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । उक्त संस्थाले तालिम तथा प्रशिक्षणसमेत दिँदैछ ।

त्यस्तै सो संस्थाले किसानहरुलाई बिना धितो  सामूहिक जमानामा ऋणसमेत दिँदै आएको छ । एक नगरपालिका र दुई गाउँपालिकाका दुई हजारभन्दा बढी किसानले बगर खेतीबाटै एकै याममा प्रतिकिसानले रु ८० हजारदेखिरु चार लाखसम्म आम्दानी गर्न सफल भएको उनीहरु बताउँछन् ।

राप्ती नदीले कटान गरेर एक सय हेक्टरभन्दा बढी जमिनलाई बगर बनाइदिएको थियो । त्यसैमा खरबुजा र तरकारी खेती गरेर त्यहाँका विपन्न समुदायका किसानहरुले यति बेला राम्रो कमाई गरिरहेको स्थानीयवासी शान्ता गुरुङ बताउँछिन् ।

राप्ती नदीले पटकपटक कटान गरी बगर बनाएको जमिन किसानहरुकै पौरखले गर्दा अहिले हरियाली हुनाका साथै आम्दानीको मुख्य स्रोत बन्न सफल भएको समेत उनी  बताउँछिन् ।

प्रकाशित:

१२४५ दिन अगाडि

|

१० वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९