निलम गुरुङ बनिन् पहिलो ‘द पोयट आइडल’

निलम गुरुङ बनिन् पहिलो ‘द पोयट आइडल’

१२४६ दिन अगाडि

|

९ वैशाख २०८०

मुस्लिम समुदायले आज इदुलफित्र मनाउँदै

मुस्लिम समुदायले आज इदुलफित्र मनाउँदै

१२४६ दिन अगाडि

|

९ वैशाख २०८०

ईस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । उनीहरु एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा दिनमा निराहार बस्छन् । बिहानको समय ३ : २० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्नेले हिजो साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।  यसै अवसरमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।  उनले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा समेत रहेको जनाएका छन् । यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनसमेतमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै कार्यवाहक राष्ट्रपति यादवले यस पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भनी कामना गरेका छन् ।

आदिवासी जनजातिका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

आदिवासी जनजातिका समस्या समाधानमा सरकार क्रियाशील छ : मन्त्री मोदी

१२४९ दिन अगाडि

|

६ वैशाख २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आदिवासी जनजातिका समस्या समाधान गर्न र उनीहरुलाई हक अधिकार दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मोदीले सो कुरा बताएका हुन् । समावेशी समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आफैं प्रधानमन्त्री रहेको र आफू पनि आदिवासी जनजाती समुदायकै रहेको जानकारी गराउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरुको हक अधिकार थप सुनिश्चित गर्न पूर्णरुपमा प्रतिबद्ध छ ।’ लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतिशील संविधान पाएको र सो संविधानमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएको जानकारी उनले गराए । मन्त्री मोदीले थारु समुदायमा सिकलेस एनिमियाको समस्या रहेको जानकारी गराउँदै यसको समाधानमा अन्तर्राष्ट्रिय सहयोगको खाँचोसमेत औंल्याए । आफू थारु समुदायकै भएका कारणले पनि यो विषय अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने, ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।’  

देश विकासका लागि स्मार्ट गाउँको अवधारणा चाहिन्छ : मन्त्री श्रेष्ठ

देश विकासका लागि स्मार्ट गाउँको अवधारणा चाहिन्छ : मन्त्री श्रेष्ठ

१२५० दिन अगाडि

|

५ वैशाख २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले देश विकासका लागि स्मार्ट गाउँको अवधारणा अघि बढाउनु पर्ने बताएकी छिन् ।  मंगलबार संसदमा बोल्दै मन्त्री श्रेष्ठले नेपालका अधिकांस गाउँहरुमा अझै पनि आम जनताले चाहे अनुसारको विकास नभएकोमा चिन्ता व्यक्त गरिन् ।  ‘मन्त्री त भइयो तर चुनौतीका चाङ छ । लाखौँ जनता भूमि विहिन छन् । गरिबीको डंगुर छ । कतै मेरो मन्त्रालय विचौलियाको थुप्रोमा टुस्स टुसाएको विरुवा जस्तै त छैन ? घोत्लिन्छु, मन्त्रालयको फाइल अध्ययन गर्छु र संकल्प गर्छु’, मन्त्री श्रेष्ठले भनिन्, ‘देश बनाउने हो भने शहर भन्दा पहिले गाउँ बनाउनुपर्छ । स्मार्ट शहर हैन, स्मार्ट गाउँको अवधारणा अघि सार्नुपर्छ ।’  

पूर्वी तराईमा वैशाख भर लाग्ने सिरुवा मेला : मासिँदै ग्रामथान, मिचिँदै संस्कृति

पूर्वी तराईमा वैशाख भर लाग्ने सिरुवा मेला : मासिँदै ग्रामथान, मिचिँदै संस्कृति

१२५२ दिन अगाडि

|

३ वैशाख २०८०

पूर्वी तराइका गाउँमा गाउँमा वैशाख महिना सिरुवा मेला लाग्ने गर्छ । थारु समुदायले मनाउने सिरुवा (धाम पावन) पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् । धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवासँग जोडिएका कतिपय सांस्कृतिक पक्ष लोप भएरगएका छन् ।दिन दिनै बढ्दो अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका छन् । थारुहरूको बसोबास रहेको प्रत्येक गाउँ भन्दा दक्षिण पट्टी ग्रामथान रहेको हुन्छ । प्रकृति पूजक पूर्वका थारुहरू जन्मदेखि मृत्यु सम्मका संस्कारमा ग्रामथानमा पूजा गर्न जान्छन् । जन्म, विवाह, मृत्यु जस्ता कार्यहरूका लागि उनीहरूलाई ग्रामथान आवश्यक पर्छ । थारुहरूले कुनै सङ्कट पर्दा पनि ग्रामथानमा गएर पूजा अर्चना गर्ने गर्छन् । विभिन्न पर्व र उत्सवहरूमा पनि ग्रामथानमा गएर पूजा गर्ने चलन रहेको छ । थारुहरूले ग्रामथानलाई देवस्थलको रूपमा मान्ने गरेको थारुहरूको जातीय संस्था थारु कल्याण कारणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नु लाल चौधरी बताउँछन् । ग्रामथान भनेको देवताहरूको बास स्थल हो । चौधरीले भने,‘देवता बस्ने स्थलमा खुसी हुँदा पनि दुख पर्दा पनि हामी जाने गर्छौ । यो हाम्रो सबै भन्दा पवित्र स्थल हो ।’ ग्रामथानको नाममा धनी पूर्जा नहुँदा थारु समुदायको आस्थाको केन्द्र ग्रामथान भने अहिले सङ्कटमा परेका छन् । देवताको घरको नाप जाँच गर्नु हुँदैन भन्ने मान्यता थियो । ७४ बर्सिया टेकनारायण चौधरीले भने नापी आउँदा नाप जाँच गरिएन अहिले मेरो जग्गा भन्दै हडप्नेहरू धेरै आए । उनका अनुसार जग्गा प्लटिङ गर्नेहरूले समेत ग्रामथानको जग्गा आफ्नो बनाए । इटहरीको मुख्य चोक भन्दा ५० मिटर उत्तरमा धरान इटहरी सडक खण्डसँगै टाँसिएको ग्रामथान छ । तीन कट्ठा भन्दा बढी जग्गा रहेको सो ग्रामथानमा अहिले भने मुस्किलले ५ धुर पनि जग्गा बाँकी छैन । इटहरीमा जग्गाको मूल्य बढेसँगै सँधियारले ग्रामथानको जग्गा मिच्दा सो ग्रामथान सङ्कटमा छ । यस्तै बाटो निर्माण हुँदा समेत सो ग्रामथानको आकार घटेर गएको छ । ग्रामथानको जग्गा हडप्दा अहिले थारु समुदायको सांस्कृतिक कार्यक्रम गर्न समेत समस्या छ । इटहरी वडा नम्बर ४ मा कचना ग्रामथान रहेको छ । कचना ग्रामथान थारुहरूको विशेष आस्थाका साथ पूजा गर्ने ग्रामथान मध्येको एक हो । सो ग्रामथानको कुनै बेला १० कट्ठा भन्दा बढी जग्गा थियो । सोही ग्रामथानको जग्गामा अहिले खानेपानी र विद्यालय बनेका छन् । ग्रामथानको जग्गामा अहिले ४ नम्बर वडा कार्यालय धमाधम बनिरहेको छ । विकासका नाममा ग्रामथान अतिक्रमण हुँदा कचना ग्रामथान पनि सङ्कटमा छ । ग्रामथान संरक्षण समिति सुनसरीका अनुसार सुनसरी जिल्ला भर ६ सय भन्दा बढी ग्रामथान रहेका छन् । मोरङ र झापामा समेत ५ सयको हाराहारीमा ग्रामथानहरू रहेका छन् । तर सरकारी काजगतमा कहीँ कतै ग्रामथान नदेखिँदा कुन ग्रामथानको अवस्था कस्तो छ भन्ने कुनै आधिकारिक तथ्याङ्क भने छैन । तर परापूर्व कालबाट पूजाआजा भएका ग्रामथान मध्ये अहिले आधा भन्दा बढी ग्रामथानको भूमि नै अस्तित्वमा नरहेको संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरी बताउँछन् । बाँकी रहेका ग्रामथान मध्ये पनि ८० प्रतिशत ग्रामथान अति सङ्कटमा रहेको चौधरीले बताए । ग्रामथानसँगै पोखरी र इनार हुने गर्थे । तर अहिले इनार र पोखरी भएका ग्रामथान भने बिरलै मात्रै रहेको चौधरीले बताए । सुनसरीमा जग्गा प्लटिङ हुन थालेपछि ग्रामथानमा मुद्दा मामिला समेत पर्ने गरेको छ । इटहरी ६ टेङ्ग्रा टोलीकी साबित्रा चौधरी अहिले ग्रामथान संरक्षणका लागि सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् । सो टोलमा रहेको ग्रामथानको जग्गा मेरो हो भन्दै सँधियार दामोदर पोखरेले डोजर लिएर भत्काउन आए । सशस्त्र र जनपद प्रहरीको टोली सहित डोजर लिएर आएका पोख्रेलले ग्रामथान भत्काउन थालेपछि स्थानीय महिलाहरू प्रतिकारमा उत्रिए । ४ वर्ष अगाडिको कुरा सम्झिँदै चौधरीले भनिन्, ‘सशस्त्र र जनपद प्रहरी सहित आएका जग्गा धनीले दिउँसो छोरा मान्छे नभएको बेला ग्रामथान भत्काउन थालेपछि हामी महिलाहरू प्रतिकारमा उत्रियौ ।’ ग्रामथान भत्काउन नदिन महिलाहरू अगाडि आएपछि प्रहरीसँग उनीहरूको झडप समेत भयो । केही महिलाहरू घाइते भए । झडपपछि उनीहरूलाई प्रहरीले पक्राउ समेत गर्‍यो । ग्रामथान भत्काउन नदिएपछि सो जग्गा आफ्नो भएको भन्दै पोखरेल अदालत गए । जिल्ला र उच्च अदालतले ग्रामथानको पक्षमा फैसला ग¥यो । अहिले सोही मुद्दा सर्वोच्चमा विचाराधिन छ । सावित्री चौधरी सर्वोच्च अदालत धाइरहेकी छन् । सावित्रीको जस्तै मुद्दा धाउने सुनसरी मोरङमा दर्जन छन् । आदिवासीहरूको अधिकारका पक्षमा कानुनी सहायता गरिरहेको लाहुर्नीप नामक गैर सरकारी संस्थाले पुस्तौँ देखि पूजाआजा गर्दै आएको ग्रामथानको जग्गा मेरो हो भन्दै मुद्दा हाल्ने सँधियार धेरै भएको बताएको छ । लाहुर्नीप कोशी प्रदेशका संयोजक गोपाल देवान ग्रामथान संरक्षणका लागि १२ भन्दा बढी मुद्दा दायर भएका छन् । यसरी मुद्दा खेप्ने जनप्रतिनिधि समेत छन् । मिचिँदै संस्कृति चैत्र महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा ( बाहिर ) मनाउ छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता राम सागर चौधरीले बताए । सुनसरीको राम धुनीमा रहेको पाञ्चायन थानमा बैशाख १ गते मेला लागेसँगै पूर्वी तराईका जिल्लाहरूमा सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् । पाञ्चायन थान नजिकै रहेको सिरा थानमा विधि पूर्वक पूजा गरेपछि सिरुवा पर्व सुरु हुने गर्छ । प्रकृति पूजक थारुहरू शिरा थानमा दही चिउरा चढाउने गर्छन् । दही चिउरा चढाउँदा गाई वस्तु र चौपाया सप्रने उनीहरू विश्वास गर्छन् । पाञ्चायन थानमा भने बलि दिने गरिन्छ । नयाँ वर्षको दिन यहाँको मेला भर्न सुनसरी मोरङ सप्तरी उदयपुरबाट समेत मानिसहरू आउने गर्छन् । तर सिरुवा मेलाको जगका रूपमा रहेको पाञ्चायन थानमा भने अहिले शिव मन्दिर बनेको छ। ठुलो शिव मन्दिरका पछाडि पट्टी जब्धी ( पोखरी) को छेउमा रहेको थानमा थारुहरू पूजाआजा गर्ने गर्छन् । इटहरी वडा नम्बर ४ मा रहेको कचना थान समेत अहिले कचना महादेवमा परिणत भएको छ । थारु समुदायले बलि दिने कचना थानमा अहिले महादेव मन्दिर बनाइएको छ । प्रकृति पूजक थारुहरूको थानमा महादेव मन्दिर बनाएको यहाँ मात्रै होइन । प्रसिद्ध जब्धी थानमा समेत देवीको मन्दिर बनाइएको छ । जब्धी इटहरी १६ मा पर्दछ । वैशाख ५ गते यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ । यो धार्मिक अतिक्रमण हो ग्रामथान संरक्षण समितिका उपाध्यक्ष मोहीनारायण चौधरीले ग्रामथानहरू धार्मिक अतिक्रमणमा परेको बताउँछन् । कहीँ महादेव मन्दिर बनाइएको छ भने कतै देवीको मन्दिर बनाइएको छ । उनले भने, बलि दिने ठाउँमा महादेवको मन्दिर बनाएपछि हामीले बलि समेत दिन पाएका छैनौ । रोग नलागोस् बाली नाली सप्रियोस् र अन्न पात धेरै फलोस् भनेर हामी ग्रामथानमा वर्षमा २ पटक हामी विशेष पूजा गर्छौ । उनले भने अखाडी र नेमानीमा समेत हामीले अहिले हामीले विधि पूर्वक पूजाआजा गर्न पाएका छैन । हाम्रो परम्परा र रित्ती रिवाज अतिक्रमणको चपेटामा परेको छ । अभियन्ता राम सागर चौधरीले जानी जानी ग्रामथानको सांस्कृतिक अतिक्रमण भएको बताए । थारुहरूको ग्रामथान अहिले मन्दिरमा परिणत भएका छन् । मन्दिर र ग्रामथान भनेको अलग हो भनेर बचाउन सक्ने अवस्था नै नरहेको उनले बताए। उनले भने सिरुवा मेलामा धेरै मानिसहरू आउने गर्छन् । बसाइँ र सामाजिक अन्तर घुलनले सिरुवाको रौनक त बढ्यो तर यसको सांस्कृतिक पक्ष भने लोप हुने अवस्थामा पुग्यो । स्थानीय सरकार र प्रदेश सरकारले ग्रामथानका लागि बजेट प्रशस्तै हालेका छन् । योजनाहरू पनि आएका छन् उनले भने तर अधिकांश योजना ग्रामथानमा मन्दिर बनाउन परेका छन् यो कुरा कसले बुझ्ने ? कसले बुझाई दिने ? हिमालखबरबाट 

वर्षमान पुनकी आमामाथि गोली प्रहार

वर्षमान पुनकी आमामाथि गोली प्रहार

१२५३ दिन अगाडि

|

२ वैशाख २०८०

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको थाहा भएको छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भए । गोली प्रहार गरेर उनले आफ्नो पेस्तोल त्यहीँ छाडे । प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको उपत्यका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । चिनियाँ ‘टाइप–५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएको हुनाले प्रकाशले पेस्तोल पाएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए । सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले बागडोलबाट पक्राउ गरेको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।