१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् ।
नेपाल आजै भएको खेलमा कतारलाई ६८ रनले हराउँदै समूह एको विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो ।
प्रकाशित:
१२४१ दिन अगाडि
|
१४ वैशाख २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९