Above News Title

यसै साता सरकारले पूर्णता पाउँछ: मुख्यमन्त्री चौधरी

यसै साता सरकारले पूर्णता पाउँछ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यसै साता सरकारले पूर्णता पाउने बताएका छन्।

सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको बताए। छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती उनको सरकारलाई छ।

‘अहिले परिस्थिति त्यस्तै बनिदियो र सुदूरपश्चिममा पनि ढिलाइ भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम र यहाँ सँगैसँगै सरकारलाई पूर्णता दिने तयारी छ।’

वैशाख १२ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिनाविभागीय मन्त्रीको रूपमा सपथ खुवाएका थिए।

बिनाविभागीय भनिए पनि मन्त्री मास्कीलाई माओवादीका नेता- कार्यकर्ता तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् अर्थमन्त्री बन्न सफल भएको भन्दै धमाधम बधाई दिइरहेका छन्।

अब कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय पाउने सहमति भएको बताइन्छ। यसअघि नै साना दलहरूबाट दुई मन्त्री नियुक्त भइसकेका छन्। चौधरी आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।  समर्थन गरेका अन्य दलहरूले पनि मन्त्रिमण्डलमा भाग खोजे सरकार टिकाइराख्न मन्त्रालयको संख्या थप्न चौधरी बाध्य हुने छन्। यसअघिका नेकपा (एमाले) का नेता तथा मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या घटाएर दशमा झारेका थिए।

मन्त्रालयको संख्या थप्न लागेकोबारे प्रश्न गर्दा मुख्यमन्त्री चौधरीले स्पष्ट जवाफ दिएनन्।

‘दुई-चार दिन पर्खनुस्,’ उनले भने, ‘मन्त्रालय थप्ने/नथप्ने सबै थाहा भइहाल्छ।’

प्रकाशित:

१२२९ दिन अगाडि

|

२६ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९