Above News Title

थारू सुमदायमा मछवारी संस्कार

थारू सुमदायमा मछवारी संस्कार

धनगढी । वैशाखको उखरमाउलो गर्मी । गाउँघर सुनसान छ, सडकमा आवतजवात न्यून छ । तर नजिकैको घुराहा नदीमा भने रौनक थियो । पूरै नदीको मुख तीन लाइनको मानवीय साँग्लोले थुनिएको थियो । परैबाट आवाज सुनिन्थो– ‘कत्रा भारी मछरिया...? (कति ठूलो माछा ?)’
गहुँ बाली भित्र्याएपछि कैलारी गाउँपालिका–४ भित्तरिया, के गाउँ गाउँलगायत नदी तटीय क्षेत्रका स्थानीयहरुको गर्मी छल्ने र बसिबियाँलो गर्ने माध्यम माछा मार्ने कार्य बनेको छ । कामबाट फुर्सद मिल्यो कि कम्मरमा डिलिया (माछा राख्ने भाँडो), काँधमा टापि,  हेल्का, बोकी नदी नाला चहार्नु नै स्थानीयहरुको दिनचर्या बनेको हो ।

भित्तरियाकी लालमति चौधरी भन्छिन्, ‘अहिले खेतीपातीको काम सकिएको हुँदा फुर्सदिला भएका छौं । त्यसैले, दिउँसोको समयमा माछा मार्छांै । जसबाट समयको सदुपयोग हुनुको साथै तरकारीको जोहो पनि भैहाल्छ ।’
सामूहिक रुपमा माछा मार्ने मछवारी कामसँगै साथीसंगीबीच दुःख, सुख सटासाट हुने पनि उनीहरु बताउँछन् । ‘आजभोलिको यो गर्मीमा घरमा बेकामे भएर बस्नु भन्दा त साथीहरुसँग यही काम गर्दा नै रमाइलो हुन्छ । सुख–दुःख सटासाट हुन्छ । रमाइलो लाग्छ’, माछा मार्दै गरेकी सटलरैनी चौधरीले भनिन्, ‘एकातिर गर्मी छल्न सकिने, अर्कोतिर एक-दुई पाह्र (छाक) तरकारीको जुगार पनि भैहाल्ने ।’

घुरहा नदीमा मात्रै होइन, मोहना, कटैनी, सुर्मा, कान्द्रा, रखौना, जखौरलगायत नदीनाला, तालतलैया स्थानीयको माछा मार्ने थलो हो । उसैपनि, आदिवासी थारु समुदाय जल, जंगल, जमिनमा आश्रित समुदाय हो । आफ्नो लागि मात्रै होइन, माछा मारेर पाहुनालाई स्वागत गर्ने यो समुदायको संस्कार हो । कुनै दिन बढी माछा मारेको अवस्थामा पक्ली (सिद्रा) समेत बनाउने छन् । 

नदीनाला, खोला, पोखरीमा पाइने रैथाने जातको रावा, पह्रनी, सेढरी, डिरा, चरंगी, सिंगी, टेंगना, टिलोरि, घेंर्रा, बम्लीलगायत माछा बढी नै रुचाउने बताइन्छ ।
पछिल्लो समय खोलानालामा विष हाल्ने, विद्युतीय धराप थाप्ने कार्यले जलप्राणी लोप हुँदै गएका छन् । 

कैलालीको मोहना, घुरहा, कान्द्रा, कर्णाली, पथरैया लगायत नदी लोपोन्मुख जलप्राणी डल्फिनको वासस्थान पनि हो । विष हाल्ने, फोहर फाल्ने गतिविधिले डल्फिनलगायत जलप्राणी नासिदै गएको संरक्षणकर्मीहरु बताउँछन् । संरक्षणकर्मी विजयराज श्रेष्ठ भन्छन्–जलजीवप्रति सचेत हुन र गराउन जरुरी छ । हामी जलजीवहरुको उपभोग गर्छौ भने उनीहरुको संरक्षण गर्न पनि उत्तिकै जरुरी छ ।’
 

प्रकाशित:

१२३१ दिन अगाडि

|

२४ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९