३ जना थारू महिला सरकारी वकिलमा नाम निकाल्न सफल

३ जना थारू महिला सरकारी वकिलमा नाम निकाल्न सफल

१००२ दिन अगाडि

|

१४ भदौ २०८०

‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा भारतीय अभिनेत्री दिव्या दत्ता 

‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा भारतीय अभिनेत्री दिव्या दत्ता 

१००२ दिन अगाडि

|

१४ भदौ २०८०

‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन्। उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेकी हुन्। उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए। ‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ’, उनले भने, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ।’ अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए। भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन्। यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ। रासस

काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

१००४ दिन अगाडि

|

१३ भदौ २०८०

                                                                                                    भृकुटीमण्डपमा अष्टिमकी तयारी समितिको बैठक सरला चौधरी काठमाडौंमा वसोवास गर्ने थारुहरुले अष्टिम्की पर्व काठमाडौंको विजुली बजारस्थित क्रिष्टल पार्टी प्यालेसमा मनाउने भएका छन् । थारु महिला अग्रासन समूहको प्रमुख आयोजना तथा थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च, जेनस इन्टरनेशनल प्रालि, चम्पन सांस्कृतिक समूहलगायत थारु संघ संस्थाहरुको आयोजनामा भदौ २० गते कार्यक्रम हुनेछ । यसका लागि थारु महिला अग्रासन समूहकी उपाध्यक्ष किरण चौधरीको संयोजकत्वमा २० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । थारुहरुको मौलिकता बोकेको विभिन्न पर्व लोप हँुदै जाने अवस्था भएकोले यसको संरक्षणको लागि तथम नयाँ पुस्तालाई जानकारी दिने हेतुले २०७२ सालदेखि नै अष्टिम्कि पर्व काठमाडौंमा मनाउन थालिएको जेनस प्रालिका प्रोपराइटर तथा अग्रासन समूहका सल्लाहकार शिव शक्ति चौधरीले बताए । चम्पन सांस्कृतिक समूहको आयोजना तथा नन्दुराज चौधरीको संयोजकत्वमा समूहको कार्यालय ललितपुरको जाउलाखेलमा २०७२ सालमा पहिलो पटक अष्टिम्कि पर्व संघीय राजधानीमा मनाइएको थियो । अष्टिम्कि पर्वमा परिवारमा सुखी र निरोगिताको कामना गर्दै थारु महिलाहरु निराहार व्रत बसी कृष्ण भगवान्को पूजा अर्चना गर्ने गर्दछन् । यस पर्वमा भगवान् कृष्णको महिमा गाथा, सृष्टिको कथा बोकेको अष्टिम्कीक् गीत थारु महिलाहरुले गाउने गर्दछन् । अर्को दिन चेलीबेटीहरुलाई अग्रासन दिन जान्छन् । अष्टिम्कि पर्व खास गरी पश्चिमा थारु समुदायमा भव्यताका साथ मनाइन्छ ।

जानकी थारू भन्छिन्ः जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे

जानकी थारू भन्छिन्ः जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे

१००५ दिन अगाडि

|

१२ भदौ २०८०

धनगढी, भदौ १२ गते । “डाई कहाँ गैलो ? (आमा कता जानू भो)”, जाईकी जानकी डङ्गौरा थारूको मुखबाट दिउँसो तथा राति पनि निस्किने आवाज हो यो । भनिन्छ, मान्छे आफ्नो जीवनमा दुई पटक बच्चा बन्छ । पहिले बाल्यकालमा, त्यसपछि बुढेस्कालमा ।  धनगढी उपमहानगरपालिका–५, जाई गाउँकी ११० वर्षीय ज्येष्ठ नागरिक जानकी पनि अहिले बच्चा सरह नै हुनुभएको छ । आँखाको ज्योति लगभग गुमाइसकेकी जानकी जतिखेर पनि आमाका रूपमा आफ्नो बुहारी रम्कीलाई खोजिरहनुहुन्छ ।  बयोवृद्धा जानकी बुहारीलाई आमा भन्नुहुन्छ । त्यसैले मुखबाट निस्किरहन्छ, ‘डाई कहाँ गैलो ?’ “बज्यैले डाई डाई भनेर जति बेला पनि हाम्रो सासूलाई खोजिरहनुहुन्छ,” जानकीकी नातिनी बुहारी कल्पनाले भन्नुभयो, “अहिले उहाँको आफ्नै बुहारी आमा सरह हुनुभएको छ ।” नेपालमा पुरुषको भन्दा महिलाको औसत आयु बढी देखिएको छ । महिलाको आयु ७२ वर्ष रहेको छ । यद्यपि एक सय वर्षभन्दा बढी वर्ष बाँच्ने महिला बिरलै भेटिएका छन् । जानकी कैलाली जिल्ला कै सम्भवतः सबैभन्दा बढी वर्षकी ज्येष्ठ नागरिक हुनुहुन्छ । विगतमा ढिकीजाँतो तथा नियमित कामसँग भलाकुसारी गरेकाले एक सयभन्दा बढी वर्ष बाँचेको अनुभव उहाँको छ । त्यो बेलाको खानपान पनि उहाँको उमेर एक सयमाथि लाग्नुको मुख्य कारण भएको हुनसक्ने आफन्तहरू बताउछन् ।   “पहिले अहिलेको जस्तो मिल थिएन । खानका लागि ढिकी कुट्नै पथ्र्यौ, जाँतोमा मकै, दाल पिध्नै पथ्र्यौ,” ज्येष्ठ नागरिक जानकीले भन्नुभयो, “जवानीमा खुब काम गरेकाले धेरै वर्ष बाँच्न पाइयो । हिँडडुल गर्न सकिन्न नत्र अझै काम गर्ने इच्छा छ ।”  घर लिपपोतका लागि थारू महिलाले खुट्टाले खुब किचेर माटोको ‘गिलुवा’ बनाउने गर्दथे । जानी नजानी हजुरआमाले गरेको काम शारीरिक व्यायामसरह भएकाले उहाँको आयु लामो भएको कल्पनाको ठहर छ । “अहिलेको मान्छेलाई त ७०/८० वर्ष पनि बाँच्न मुस्किल छ,” उहाँले भन्नुभयो ।  जानकी एक सयभन्दा बढी वर्ष बाँच्ने ज्येष्ठ नागरिक मात्रै नभई दाङबाट बसाइँ सरेर कैलाली आउने (बुह्रान झर्ने) एक जिउँदो इतिहास पनि हुनुहुन्छ । विक्रम सम्वत् १९७० चैतमा जन्मिनुभएकी उहाँको दाङकै टर्गैं (हालको टरिगाउँ तुलसीपुर नगरपालिका) मा जन्म र विवाह भएको थियो । पछि तीन सन्तान बोकेर श्रीमान् बुद्धिराम डङ्गौराको साथमा कैलालीको जाई आउनुभयो ।  जानकीका बुहारी रम्कीका अनुसार कमाउन आएकाले सासू ससुराले जाईमा जग्गा बनाउन सकेनन् । “पछि तीन सय रुपियाँमा तीन कट्ठा जग्गा किन्नु भएछ,” उहाँले भन्नुभयो । जानकीका तीन छोरा थिए । जेठो महेरमान डङ्गौराको निधन भइसकेको छ । यसै गरी सात नाति, आठ नातिनी, आठ पनाति र एक खनातिनी रहेका छन् ।  सासूले परिवारमा कैयौँ पुस्ता देख्न पाएको रम्कीले बताउनुभयो । “हिँडडुल गर्न र राम्ररी देख्न नसक्ने सासूको मैले रेखदेख गर्दै आएकी छु,” उहाँले भन्नुभयो । सासू बुहारी दुवै जनाले सामाजिक सुरक्षा भत्ता पाएर जीवन निर्वाह गरिरहेका छन् । गोरखापत्रबाट     

अप्रेसन पत्थरीको, झिकियो किड्नीः बिरामी चौधरीको मुत्यु

अप्रेसन पत्थरीको, झिकियो किड्नीः बिरामी चौधरीको मुत्यु

१००६ दिन अगाडि

|

११ भदौ २०८०

धनगढीस्थित स्वास्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो । मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’ अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको स्वीकार गरे । अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीको भनाइ छ । डाक्टरको प्रष्टीकरण आएपछि सोही अनुसार अगाडि बढ्ने उनले बताए । अस्पतालले चौधरीलाई अझै मृत घोषणा भने गरेको छैन । बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

एकै मञ्चमा थारू विद्रोह दिवस, निशानामा नाउपा !

एकै मञ्चमा थारू विद्रोह दिवस, निशानामा नाउपा !

१००८ दिन अगाडि

|

९ भदौ २०८०

२०७२ सालमा थरुहट प्रदेशको लागि भएको आन्दोलनमा कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । नाबालकको मृत्यु प्रहरीको गोलीबाट भएको थियो । घटना राज्यको योजनामा भए पनि निर्दोष थारुहरु जेलजीवन विताउनु प¥यो ।   थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त मोर्चाको आयोजनामा २०७३ सालदेखि सम्पन्न हुँदै आइरहेको “थारु विद्रोह दिवस” २०७९ सालमा निकै विवादित भएको थियो । नागरिकको लाख कोशिसका बाबजुद पनि टीकापुरमा दुईवटा मञ्च तयार भएको थियो । सहभागीहरु दुई चिरामा बिभाजित भएका थिए ।  त्यसबेला पहिलेदेखि कार्यक्रम मनाउँदै आइरहेकोले नागरिक उन्मुक्ति पार्टी पनि आफ्नै मञ्चमा आउनुपर्ने थाकस र थरुहट÷थारुवान मोर्चाको अडान रह्यो । उता विद्रोहबाटै, जेल भित्रैबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएकोले नाउपाले विद्रोह दिवस मनाउनै पर्ने भएकाले उसकै अगुवाईमा कार्यक्रम हुनुपर्ने उसको आफ्नै अडान रह्यो । राम्रै जगहँसाई भए पनि दुवैले आफूहरु सहि रहेको र सहि काम गरेको अभिव्यक्ति दिएका थिए ।  त्यसको ठिक एक वर्षपछि बढ्दो नागरिक दवावका कारण थाकस र थरुहट÷थारुवान मोर्चा तथा नाउपा २०८० भदौ ७ मा एकै मञ्चमा कार्यक्रम मनाए । जुन निकै सकारात्मक कुरा हो । फरक दल फरक विचार भएका कारण एकले अर्काको कुरा काट्नु स्वभाविक भए पनि कार्यक्रममा सबै दलबाट थरुहट प्रदेश र राजबन्दी रिहाईको बारेमा स्पष्ट धारण नआउनु दुःखद पक्ष भएको अधिकांश बक्ताहरुले उक्त कार्यक्रममा अभिव्यक्ति दिए ।  कर्यक्रममा चौथो बक्ताका रुपमा रहेका रेशम चौधरीले नाउपाको धारणा राखी बाँके जिल्ला लागेपछि आधा भन्दा बढी बक्ताहरुले आफ्नो र आफ्नो पार्टीको धारणा राख्नु भन्दा बढी रेशम र नाउपाको खोइरो खन्नमै धेरै समय खर्चेका थिए ।  कार्यक्रममा कांग्रेसका रामजनम चौधरीले थारुको मुद्दाप्रति देउवा सकरात्मक रहेको र थरुहट प्रदेश प्राप्त नभएसम्म थारु विद्रोह दिवस मनाइरहने बताएका थिए । माओवादीका कृष्ण कुमार कुन्दनले हामी आन्दोलनकारी अगुवाहरुकै कमजोरीका कारण थारुहरु थरुहट नपाएको बताएका थिए ।  जानकी गाउँपालिकाका पूर्व उपाध्यक्ष उमा महतोले एकै लक्ष्य, एकै उद्देश्य रहेका हामी थारुहरु फरक फरक पार्टीमा रहेर किन आवाज उठाइरहेको, एक ढिक्का किन हुन नसकेको भनि प्रतिप्रश्न गरेकी थिइन् । नेकपा माओवादीका पूर्व क्षेत्रीय कमाण्डर रहिसकेका रामकृष्ण चौधरी ‘अभ्यास’ले दलका नेताहरुको संकीर्ण विचारका कारण थारुहरुले दुःख पाएको बताएका थिए ।  थरुहट आन्दोलनकारी तथा नेकपा एमालेका नता हरिलाल चौधरी, पूर्व राजबन्दी चुन्नीलाल चौधरी र रामप्रसाद चौधरी, थाविसका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करियाप्रधान समेतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए । कार्यक्रम थाकस कैलालीका काबा सभापति माधव चौधरीको सभापतित्वमा भएको थियो ।  यसैगरी, भाद्र ७ अर्थात् थारु विद्रोह दिवसकै दिन टीकापुरमा रेशम चौधरीले नाबालक टेकबहादुर साउँदको सालिक अनावरण गरे । टेकबहादुर साउँद थारु विद्रोहकै दिन सहादत प्राप्त गरेका थिए, जसको मृत्यु प्रहरीको गोलीबाट भएको थियो । सालिक स्थापना कार्यक्रममा नाउपाका सबै मन्त्री, सबैजसो सांसद र नेताहरुको सहभागिता थियो ।    

धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

१००८ दिन अगाडि

|

८ भदौ २०८०

सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।   सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो।  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्।  ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ।  धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे हाे।