Above News Title

एकै मञ्चमा थारू विद्रोह दिवस, निशानामा नाउपा !

एकै मञ्चमा थारू विद्रोह दिवस, निशानामा नाउपा !

२०७२ सालमा थरुहट प्रदेशको लागि भएको आन्दोलनमा कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । नाबालकको मृत्यु प्रहरीको गोलीबाट भएको थियो । घटना राज्यको योजनामा भए पनि निर्दोष थारुहरु जेलजीवन विताउनु प¥यो । 

 थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त मोर्चाको आयोजनामा २०७३ सालदेखि सम्पन्न हुँदै आइरहेको “थारु विद्रोह दिवस” २०७९ सालमा निकै विवादित भएको थियो । नागरिकको लाख कोशिसका बाबजुद पनि टीकापुरमा दुईवटा मञ्च तयार भएको थियो । सहभागीहरु दुई चिरामा बिभाजित भएका थिए । 

त्यसबेला पहिलेदेखि कार्यक्रम मनाउँदै आइरहेकोले नागरिक उन्मुक्ति पार्टी पनि आफ्नै मञ्चमा आउनुपर्ने थाकस र थरुहट÷थारुवान मोर्चाको अडान रह्यो । उता विद्रोहबाटै, जेल भित्रैबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएकोले नाउपाले विद्रोह दिवस मनाउनै पर्ने भएकाले उसकै अगुवाईमा कार्यक्रम हुनुपर्ने उसको आफ्नै अडान रह्यो । राम्रै जगहँसाई भए पनि दुवैले आफूहरु सहि रहेको र सहि काम गरेको अभिव्यक्ति दिएका थिए ।

 त्यसको ठिक एक वर्षपछि बढ्दो नागरिक दवावका कारण थाकस र थरुहट÷थारुवान मोर्चा तथा नाउपा २०८० भदौ ७ मा एकै मञ्चमा कार्यक्रम मनाए । जुन निकै सकारात्मक कुरा हो । फरक दल फरक विचार भएका कारण एकले अर्काको कुरा काट्नु स्वभाविक भए पनि कार्यक्रममा सबै दलबाट थरुहट प्रदेश र राजबन्दी रिहाईको बारेमा स्पष्ट धारण नआउनु दुःखद पक्ष भएको अधिकांश बक्ताहरुले उक्त कार्यक्रममा अभिव्यक्ति दिए । 

कर्यक्रममा चौथो बक्ताका रुपमा रहेका रेशम चौधरीले नाउपाको धारणा राखी बाँके जिल्ला लागेपछि आधा भन्दा बढी बक्ताहरुले आफ्नो र आफ्नो पार्टीको धारणा राख्नु भन्दा बढी रेशम र नाउपाको खोइरो खन्नमै धेरै समय खर्चेका थिए । 
कार्यक्रममा कांग्रेसका रामजनम चौधरीले थारुको मुद्दाप्रति देउवा सकरात्मक रहेको र थरुहट प्रदेश प्राप्त नभएसम्म थारु विद्रोह दिवस मनाइरहने बताएका थिए । माओवादीका कृष्ण कुमार कुन्दनले हामी आन्दोलनकारी अगुवाहरुकै कमजोरीका कारण थारुहरु थरुहट नपाएको बताएका थिए । 

जानकी गाउँपालिकाका पूर्व उपाध्यक्ष उमा महतोले एकै लक्ष्य, एकै उद्देश्य रहेका हामी थारुहरु फरक फरक पार्टीमा रहेर किन आवाज उठाइरहेको, एक ढिक्का किन हुन नसकेको भनि प्रतिप्रश्न गरेकी थिइन् । नेकपा माओवादीका पूर्व क्षेत्रीय कमाण्डर रहिसकेका रामकृष्ण चौधरी ‘अभ्यास’ले दलका नेताहरुको संकीर्ण विचारका कारण थारुहरुले दुःख पाएको बताएका थिए । 

थरुहट आन्दोलनकारी तथा नेकपा एमालेका नता हरिलाल चौधरी, पूर्व राजबन्दी चुन्नीलाल चौधरी र रामप्रसाद चौधरी, थाविसका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करियाप्रधान समेतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए । कार्यक्रम थाकस कैलालीका काबा सभापति माधव चौधरीको सभापतित्वमा भएको थियो । 

यसैगरी, भाद्र ७ अर्थात् थारु विद्रोह दिवसकै दिन टीकापुरमा रेशम चौधरीले नाबालक टेकबहादुर साउँदको सालिक अनावरण गरे । टेकबहादुर साउँद थारु विद्रोहकै दिन सहादत प्राप्त गरेका थिए, जसको मृत्यु प्रहरीको गोलीबाट भएको थियो । सालिक स्थापना कार्यक्रममा नाउपाका सबै मन्त्री, सबैजसो सांसद र नेताहरुको सहभागिता थियो ।  
 

प्रकाशित:

१००८ दिन अगाडि

|

९ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९