Above News Title

काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

काठमाडौंमा अष्टिम्की पर्व क्रिष्टल पार्टी प्यालेसमा मनाइने

                                                                                                    भृकुटीमण्डपमा अष्टिमकी तयारी समितिको बैठक

सरला चौधरी

काठमाडौंमा वसोवास गर्ने थारुहरुले अष्टिम्की पर्व काठमाडौंको विजुली बजारस्थित क्रिष्टल पार्टी प्यालेसमा मनाउने भएका छन् ।

थारु महिला अग्रासन समूहको प्रमुख आयोजना तथा थारु विद्यार्थी समाज, बर्दियाली थारु विकास मञ्च, जेनस इन्टरनेशनल प्रालि, चम्पन सांस्कृतिक समूहलगायत थारु संघ संस्थाहरुको आयोजनामा भदौ २० गते कार्यक्रम हुनेछ ।

यसका लागि थारु महिला अग्रासन समूहकी उपाध्यक्ष किरण चौधरीको संयोजकत्वमा २० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

थारुहरुको मौलिकता बोकेको विभिन्न पर्व लोप हँुदै जाने अवस्था भएकोले यसको संरक्षणको लागि तथम नयाँ पुस्तालाई जानकारी दिने हेतुले २०७२ सालदेखि नै अष्टिम्कि पर्व काठमाडौंमा मनाउन थालिएको जेनस प्रालिका प्रोपराइटर तथा अग्रासन समूहका सल्लाहकार शिव शक्ति चौधरीले बताए ।

चम्पन सांस्कृतिक समूहको आयोजना तथा नन्दुराज चौधरीको संयोजकत्वमा समूहको कार्यालय ललितपुरको जाउलाखेलमा २०७२ सालमा पहिलो पटक अष्टिम्कि पर्व संघीय राजधानीमा मनाइएको थियो ।

अष्टिम्कि पर्वमा परिवारमा सुखी र निरोगिताको कामना गर्दै थारु महिलाहरु निराहार व्रत बसी कृष्ण भगवान्को पूजा अर्चना गर्ने गर्दछन् । यस पर्वमा भगवान् कृष्णको महिमा गाथा, सृष्टिको कथा बोकेको अष्टिम्कीक् गीत थारु महिलाहरुले गाउने गर्दछन् । अर्को दिन चेलीबेटीहरुलाई अग्रासन दिन जान्छन् । अष्टिम्कि पर्व खास गरी पश्चिमा थारु समुदायमा भव्यताका साथ मनाइन्छ ।

प्रकाशित:

१११६ दिन अगाडि

|

१३ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९