नेपाली कांग्रेस नेतृ चित्रलेखा यादवले मिथिलाको संस्कृति बचाउन महिलाको महत्त्वपूर्ण योगदान रहेको बताएकी छिन्। काठमाडौं कलिङ साहित्य महोत्सवको 'मिथिलाको कामधेनु संस्कृति; विषयको सत्रमा बोल्दै यादवले मैथिली संस्कृति बचाउन महिलाको ठूलो भूमिका रहेको बताएकी हुन्।
पहिल्यैदेखि नै मिथिलाका महिलाहरु संस्कृतिको मामिलामा अग्रसर रहेको भन्दै उनले थपिन्, 'महिलाहरु सबै शक्तिका स्रोत हुन्। त्यो मलाई हजुरआमाबाट अनुभूति हुन्थ्यो। उहाँ पढेलेखेको हुनुहुन्थेन। तर, उहाँले जसरी संस्कृतिसँग जोडिएका विषयलाई हामीलाई सिकाउनुहुन्थ्यो। त्यसबाट पनि मलाई मिथिलाका महिलाहरु बलियो रहेको अनुभूति भएको हो।'
चित्रलेखाका अनुसार मैथिली संस्कृतिमा महिलालाई शक्तिको स्रोतको रुपमा लिइन्छ। तर, समाजको पित्तृसत्तात्मक संरचनाले महिलाहरुलाई कमजोर बनाएको हो। उनले भनिन्, 'मैथिली संस्कृति हेर्दा महिलाहरु साँच्चै नै शक्तिका स्रोत थिए। तर, जबजब आक्रमणहरु हुन थाले, सबै संरचनाहरु भत्किँदै गए। अनि मान्छेहरुले असुरक्षित महसुस गरे। त्योबेला सबैभन्दा बढी महिलाहरुले झन असुरक्षित महसुस गर्न थाले। त्यसपछि उनीहरुमा आत्मविश्वास घट्दै गयो। जसकारण पुरुषले अवसर पाए। महिलाहरुको भूमिका सिमित हुँदै गयो।'
मिथिला चित्रकलामा धेरैजसो महिलाहरु नै सक्रिय रुपमा लागेका छन्। त्यस्ता चित्रकला निकै चर्चितसमेत छन्।
'मैले बाल्यअवस्थादेखि नै देखेँ, चाडपर्व होस् बिहे महिलाहरुले नै चित्र बनाउनुहुन्थ्यो। जुन मिथिला पेन्टिङ चर्चित छ। सबैले मन पराउनु पनि हुन्छ। त्यो जगाउने उहाँहरु नै हो। हिजोको दिनमा पनि महिलाहरुले मिथिलाको कलालाई विभिन्न माध्यमबाट आजसम्म जोगाएर राख्नुभएको छ,' उनले भनिन्, 'मिथिलाको साहित्य, कला, नृत्य, गीत र सीप यी सबै कुरालाई संरक्षण गर्नुमा महिलाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। जब म मिथिलाको महिलाहरु देख्छु उहाँहरु महान हुनुहुन्छ। उहाँहरुकै कारण हामी चाडपर्व, संस्कृति र परम्परामा धनी छौँ।'
कला, साहित्य र संस्कृतिसँग मानवको भावना जोडिएकाले यसलाई मिलेर जोगाउनुपर्ने उनको धारणा छ। कला र साहित्य समाजको ऐना हो। कला र साहित्यले समाज देखाउँछ। समाजमा के भइरहेको र कस्तो हुनुपर्छ भन्ने पनि देखाउँछ। यससँग हाम्रो भावना समेत जोडिएको हुन्छ। जसकारण पनि संस्कृतिलाई जोगाउने काम सबैबाट भएको हुन्छ।
यसै सत्रमा नेतृ चित्रलेखासँगै विश्लेषक सिके लाल र लेखक धिरेन्द्र प्रेमर्षी, पत्रकार तथा संस्कृति अभियन्ता रामनारायण देव र रंगकर्मी रमेश रञ्जन झाले मैथिली संस्कृतिबारे थप प्रकाश पारे। विश्लेषक सिके लालले भने, ५ सय वर्षअघि कामधेनु संस्कृति मिथिलामा आएको बताउँदै मल्लकालमा मैथिली भाषालाई निकै प्रयोग गरिएको बताएँ। मल्लकालमा राजाहरुले मैथिलिमा लेख्ने र बोल्ने गर्थे। त्योबेला मैथिली योग्य भाषा थियो। तर, अहिले यो अवस्था छैन।
सीताको कालखण्डबाट मिथिलामा कृषि र पशुपालनले सभ्यताको विकास भएको उनी मान्छन्। मिथिलामा कृषिकर्म र पशुपालनले सभ्यता आएको थियो। कृषि र पशुपालनमा धर्म र आध्यात्मिक कुरा जोडिन्छ। जब धर्ममा कर्मकाण्ड हावी हुन्छ, आध्यात्ममा ज्ञानको खोजी हुन्छ। त्यस्तो बेला साहित्य र कलाको सिर्जना उच्चतामा पुग्छ।
प्रकाशित:
१११३ दिन अगाडि
|
१६ भदौ २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७३ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९