लुम्बिनी प्रदेश राजधानीः ‘ठुलो रोग लाग्दा जग्गा विक्री गरेर उपचार गर्न पनि पाइएन’

लुम्बिनी प्रदेश राजधानीः ‘ठुलो रोग लाग्दा जग्गा विक्री गरेर उपचार गर्न पनि पाइएन’

१०२९ दिन अगाडि

|

२० साउन २०८०

रास्वपाको केन्द्रीय विभागमा बस्न एमए पास हुनैपर्ने

रास्वपाको केन्द्रीय विभागमा बस्न एमए पास हुनैपर्ने

१०३० दिन अगाडि

|

१९ साउन २०८०

हालसम्म कुनै पनि दलले पार्टी पदाधिकारी बन्न विश्वविद्यालयको सर्टिफिकेटलाई आधार बनाएका छैनन् ।  राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) ले भने केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ ।  बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले बताए । प्रवक्ता ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।  त्यस्तै, प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।  पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।  यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको नेता ढकालले जानकारी दिए । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ ।

सुदूरपश्चिम सरकारले ६ महिनापछि पायो पूर्णता

सुदूरपश्चिम सरकारले ६ महिनापछि पायो पूर्णता

१०३१ दिन अगाडि

|

१७ साउन २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गठन भएको झन्डै ६ महिनापछि पूर्णता पाएको छ ।  मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्दै बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।  नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको  शपथ ग्रहण गराए । तेस्रो पटकमा मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्तिकै कैलाश चौधरी दिएका हुन् । मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।   रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

१०३३ दिन अगाडि

|

१६ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टी बीचको छलफलपछि नाउपा सरकारमा जान सहमत भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’ यहाँ ४ वटा संसदीय समिति रहेको छ  भने उपसभामुखमा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् ।  त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि शपथ रोकिएको थियो । मन्त्रीको शपथको लागि रामेश्वर चौधरी र कैलाश चौधरी थारु पोशाकसहित  पुगिसकेका थिए ।

 रेशम चौधरीको अबको बाटो कता ?

 रेशम चौधरीको अबको बाटो कता ?

१०३६ दिन अगाडि

|

१३ साउन २०८०

अनिल यादव डिल्लीबजार सदरखोरभित्र कैद भएको करिब चार वर्ष भइसकेको थियो । एक दिन पक्कै न्याय पाउने आशासहित आफ्नो रिहाइको दिन कुरिरहेका थिए, रेशम चौधरी । जेलमा रिहा गर्ने आश्वासन लिएर उनलाई भेट्न आउने नेताहरूको कमी थिएन । तैपनि आश्वासनमै सीमित भइरहेको थियो उनकोे रिहाइ ।  यही कारण जेलभित्र निकै दुःखी थिए उनी । मिति ठ्याक्कै याद छैन उनलाई । एक दिन जेलभित्र खाना खाइरहेका वेला आफ्नो कोठामा एउटा मुसा दौडिरहेको देखे । दुःख परेका वेला साथी भेटेजस्तै भयो उनलाई । तत्काल मुसालाई पाल्ने निधो गरे । नाम राखे– सेरु । सारासँग विश्वास गुम्दै गएका वेला उनमा अर्को विश्वास जाग्यो– यही सेरुले एक दिन मलाई उन्मुक्ति दिन्छ ।  मुसासँग एक्लै गफिन्थे रेशम । जेलभित्र कैयौँपटक उनको हाँसो र रोदनको एक्लो साक्षी बन्यो, सेरु । पछिल्लो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सम्मुखमा हो, एक दिन सेरुलाई चाउचाउ र कोक खुवाइरहँदा रेशमले भनेका थिएँ, ‘सेरु, मेरा धेरै सांसद जिताइदिनु है ।’ ‘नभन्दै म जेलमा हुँदा जन्मिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा चार र प्रदेश सभामा सात सिट जित्न सफल भयो,’ रेशम सम्झन्छन्, ‘जेलमा म सेरुसँग एक्लै बोल्थेँ, ठट्टा गर्थें । मनका कुरा खोल्थेँ । आज बाहिर निस्किएपछि त्यही कथा मैले मेरा सांसदहरूलाई सुनाएँ । सबै चकित भए । अहिले सबैजना सेरु हाम्रो पहिचान हो भन्छन् ।’  राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाट छुटेको आज ५० दिन नाघिसक्यो । अहिले उनको साथमा सेरु छैन । सेरु जेलभित्रै छुट्यो । अहिले त्यही सेरुलाई सबैभन्दा बढी मिस गरिरहेका छन्, रेशम । ‘दुःख परेको वेला भेटिएको मुसा थियो,’ रेशमले सम्झिए, ‘एकजना कैदीबन्दी मित्र देवेन्द्र भन्ने साथीले पनि उसलाई पाल्नमा सहयोग गरेका थिए । उनी पनि जेलमुक्त भइसके । त्यही मुसाका कारण मुक्ति पाएको विश्वास गर्थे । अहिले डिल्लीबजार जेलभित्र धेरै कैदीहरू त्यही मुसालाई आफ्नो गहना ठान्छन् । जेलभित्र उसैलाई भगवान् मान्छन् । त्यसैले मलाई बाहिर ल्याउन दिएनन् । मन गाँठो बनाएर मैले पनि सेरुलाई त्यहीँ छोडेर आएँ ।’ ‘अविश्वसनीय’ रिहाइ २०७२ मा राज्यको पुनर्संरचना हुने क्रममा सुदूरपश्चिममा प्रदेशको नामकरणलाई लिएर आन्दोलन चलिरहेको थियो । थारूहरू पहिचानसहितको थरुहट प्रदेशको माग राख्दै आन्दोलनमा थिए भने अर्कोतिर अखण्ड सुदूरपश्चिमको । त्यही क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना हुन पुग्यो । घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक बालकको मृत्यु भयो ।  उक्त घटनाको मुख्य अभियुक्त बनाइए, रेशम । त्यसपछि देश छाडेर भाग्न बाध्य उनी राज्यको नजरमा ‘फरार अभियुक्त’ हुँदाहुँदै ०७४ को निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभाको उम्मेदवार बने । तत्कालीन राजपाबाट चुनाव लडेका उनलाई कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवामा लुकेरै बसेको अवस्थामा पनि कैलाली १ का मतदाताले ३४ हजार तीन सय ४१ मत दिएर चुनाव जिताए । तर, त्यसपछि यति ठूलो जनमत पाउँदापाउँदै पनि उनी संसद् छिर्न पाएनन्, डिल्लीबजारस्थित सदरखोरभित्र ‘कैदी सांसद’ बन्न बाध्य भए ।  रेशम अहिले भेटघाटमा व्यस्त छन् । जेलबाहिर निस्किएको ६१ दिनमा उनी मेचीदेखि महाकालीसम्मका ३८ जिल्ला पुगे । यसबीचमा उनले गीत रेकर्ड गर्नसमेत भ्याए । रेशम अहिले भेटघाटमा व्यस्त छन् । जेलबाहिर निस्किएको ६१ दिनमा उनी मेचीदेखि महाकालीसम्मका ३८ जिल्ला पुगे । यसबीचमा उनले गीत रेकर्ड गर्नसमेत भ्याए । जुन पार्टीबाट टिकट लिएर उनले चुनाव जिते, उसले पनि रिहाइका लागि पहल गरेको महसुस नभएपछि अन्ततः रेशमले जेलमा रहँदारहँदै श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ पार्टी खोले– नागरिक उन्मुक्ति पार्टी । राज्यबाट उत्पीडनमा परेका नागरिकहरूको उन्मुक्तिको लडाइँ अब आफैँ पार्टी खोलेर लड्ने निष्कर्षमा पुगे ।  यस बीचमा ठूला दलका शीर्ष नेताहरू पटक–पटक उनलाई जेलमा भेट्न नगएका होइनन् । तर, जो जान्थे रिहाइको आश्वासन मात्रै दिन्थे । ‘तपाईं निर्दोष हुनुहुन्छ, तपाईमाथि अन्याय भएको छ, तपाई छुट्नुपर्छ,’ सबै तत्काल रिहा गराउने आश्वासन दिएर जान्थे । तर, ०८० जेठ १५ सम्मको कुरा हो, उनी रिहा हुन सकेका थिएनन् । गणतन्त्र दिवसको केही दिनअघिको कुरा हो, टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशमलाई कैद सजाय माफी दिएर रिहाइ गर्ने खबर फैलियो । तर, त्यो खबर यसपटक पनि रेशमले पत्याएका थिएनन् । रिहाइ हुनु एक घन्टाअघिसम्म उनलाई आफू छुट्दै छु भन्ने विश्वास थिएन । कारण, पटक–पटक पाएको धोका । अझ त्यसमाथि छुट्ने दिन बिहान आममाफी पाउनेमा सुरुमा १८ जनाको मात्रै नामावली आयो । त्यसवेला उनीसँग नजिक रहेका सहायक जेलर आत्तिँदै उनीकहाँ आएका थिए । जेलको आँगनमा आएर उनले रेशमलाई भने, ‘समाचारमा तपाईंले आममाफी पाएको खबर आएकै छ, तर यहाँ तपाईंको नाम आएन । एकचोटि बुझ्नुस् न के रैछ ?’  जवाफमा रेशमले भने, ‘म के बुझौँ र भाइ, मैले फोन गर्न पाउँदिनँ । तपाईं आफैँ बुझ्नुस् ।’ त्यसपछि सहायक जेलरले राष्ट्रपति कार्यालयमा कार्यरत आफ्ना सहकर्मीसँग यसबारे बुझेपछि जवाफ आयो– ‘आममाफी भएको हो, पत्र आउँदै छ ।’लगत्तै त्यसको केही समयपछि गृह मन्त्रालयबाट कारागारमा रिहाइको पत्र आइपुग्यो ।  ‘तीन दिनका लागि भनेर जेल गएको मान्छे झन्डै साढे चार वर्ष बसिसकेको थिएँ,’ रेशम भन्छन्, ‘यो बीचमा पटक–पटक मैले मेरो रिहाइको हल्ला सुनिरहेकै थिएँ । सबै ठुल्ठूला नेता अब छुट्नुुहुन्छ भन्दै भेट्न आउँथे, तर छुटेको थिइनँ । त्यसैले एक न एक दिन छुट्छु भन्ने त थियो, तर त्यही दिन छुट्छु भन्नेमा विश्वास थिएन । छुट्नु अघिको रात पनि अरू दिन जस्तै बिन्दास तरिकाले नै सुतेँ । रिहाइको खबर सामान्य लाग्न थालिसकेको थियो । मान्छेले धेरै पीडा खेपेपछि विश्वास हराउने रहेछ ।’ २ जेठमा सर्वोच्च अदालतमा रेशमको मुद्दाको फैसला हुँदै थियो । अब त छोरा छुट्ला भनेर रेशमकी आमा सुल्फीदेवी कैलालीको जगतपुरबाट काठमाडौं आएकी थिइन् । साँझ फैसला आउनुअघिसम्म रिहाइ हुने फैसला आउला भनेर सर्वोच्च अदालतको गेटमा बसिरहेकी थिइन् । तर, फैसला अपेक्षा गरेभन्दा फरक आइदियो । उच्च अदालतले सुनाएको जन्मकैदकै फैसलालाई सर्वोच्चले सदर गर्‍यो ।  जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना, उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब रेशमको बाटो कुन हो ?’  आमालाई खबरले पिरोल्यो । आमा न गाउँ फर्किइन्, न रेशमलाई भेट्न जेलमै गइन् । ‘आमालाई साह्रै पीडा भएछ, सर्वोच्चको फैसलापछि मलाई भेट्न आउनुभएन,’ रेशमले भने, ‘आउन मनै लागेनछ । म छुट्ने दिन भने बिहान ६ बजे नै आइपुग्नुभएको थियो । भेट्नेबित्तिकै रुनुभयो, मेरो निधार छाम्नुभयो । मेरो रिहाइमा साह्रै खुसी हुनुहुन्थ्यो । मन्त्रीज्यू (श्रीमती रन्जिता श्रेष्ठ) आउन ढिला भयो, जेलमा मलाई बुझिलाने नै आमा पो हुनुभयो । मन्त्रीज्यू त जेलबाहिर गेटमा पो भेटिनुभयो ।’ अबको बाटो डिल्लीबजार कारागारमा रहँदा रेशमलाई भेट्न आउने नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको लर्को हुन्थ्यो । यतिसम्म कि कारागार प्रशासनले उनको नाममा छुट्टै रजिस्टर नै राखेको थियो । जेलभित्र पुग्दा रेशम सधैँ सुटबुटमा ठाँटिएर ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा व्यस्त भेटिन्थे । जेलभित्र हुँदा रेशमको खुट्टामा सधैँ टिलिक्क टल्किएको जुत्ता हुन्थ्यो । जुत्ता हेर्दा लाग्थ्यो– उनी कतै टाढा यात्रामा जाँदै छन् । तर, विडम्बना, उनी जेलको चार दिवारभित्र कैद थिए । चाहेर पनि यात्रामा निस्कन सक्दैनथे । अहिले रेशम खुला संसारमा छन् । यात्राका लागि उनी स्वतन्त्र छन् । यतिखेर धेरैलाई जिज्ञासा छ, ‘अब उनको बाटो के हो ?’ जेलबाट सिधै मन्त्री क्वाटर पुगेका रेशमको अबको बाटो कता ? रेशम सर्टकर्टमा जवाफ दिन्छन्, ‘राजनीति नै हो । पार्टीलाई अघि बढाउने हो । पार्टीको कार्यदिशा र रणनीति बनाउने हो ।’ रेशमको रिहाइअघिसम्म उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको मूल एजेन्डा नै टीकापुर घटना र उनको रिहाइ थियो । तर, अब उनी रिहा भइसके । उनको पार्टीले बोक्ने मुख्य एजेन्डा के त रु ‘अबको एजेन्डा पहिचान स्थापना नै हो,’ रेशम भन्छन्, ‘म पहिचानको आन्दोलन गरेको मान्छे । पहिचानको आन्दोलन गर्दागर्दै जेल पुगेको मान्छे । त्यसैले स्वाभाविक रूपमा हाम्रो मुख्य एजेन्डा थरुहट प्रदेश नै हो । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता हाम्रो लक्ष्य हो ।’ रेशम साउनको दोस्रो साताबाट पार्टीको संगठन विस्तारमा होमिँदै छन् । ०८४ को चुनावमा पार्टीलाई राष्ट्रिय दल बनाउने उनको योजना छ । ‘जुन पार्टीसँग मुद्दा हुँदैन, उसले व्यक्ति हेरेर भोट दिन्छ । जोसँग मुद्दा हुन्छ, त्यहाँ नेताभन्दा पनि पार्टी हेरिन्छ,’ रेशम भन्छन्, ‘हाम्रो विजय भनेको उम्मेदवार होइन, मुद्दा हो । हामी मुद्दामा हिँडेको पार्टी भएका नाताले हामी ०८४ को चुनावमा राम्रो परिणाम ल्याउँछौँ भन्नेमा ढुक्क छौँ । मात्रै असल नेता र नेतृत्व छान्न चुक्नु हुँदैन भन्ने छ ।’ जेलबाहिरका ६१ दिन  रेशमलाई अहिले मान्छेहरू भेटघाट गरेरै फुर्सद छैन । जेलबाहिर निस्किएको ६१ दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३८ जिल्ला घुमे उनी । यसबीच उनले गीत रेकर्ड गर्नसमेत भ्याए । चार दिवारबाट बाहिर निस्किएको साढे पाँच वर्षपछि देशव्यापी यात्रामा निस्कँदा भेटिएका पात्र र दृश्यहरूले आश्चर्यमा छन् उनी । थुप्रै परिवर्तन महसुस गरेका छन् ।  त्यसो त परिवर्तन जेलबाट रिहा भएलगत्तै सुरु भयो । फरार सांसद भएका वेला उनी जेल भित्रिएका थिए । निस्कँदा मन्त्रीका श्रीमान् भए । जेलबाट रिहा भएपछि उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मन्त्री क्वार्टर लिएर गइन् । ‘हिजो मेरी श्रीमती काठमाडौंमा एउटा कोठा लिएर डेरामा बस्थिन्,’ रेशमले भने, ‘मन्त्री हुनु अघिल्लो रातसम्म डेराको एउटा कोठामा थिइन् उनी । अहिले मन्त्री भएपछि क्वार्टरमा छिन् । टीकापुर घटनाले मेरो घर, एफएम, गाडी सबै नष्ट गर्‍यो । त्यसैले म अहिले श्रीमतीको क्वार्टरमै बस्न बाध्य छु ।’ १५ जेठमा रिहा भएकै दिन काठमाडौंमा स्वागत ग्रहण गरेपछि उनी आफ्नो कार्यकर्तालाई धन्यवाद दिन टीकापुर हानिए । नेपालगन्ज एयरपोर्टमा ओर्लिनासाथ उनको स्वागतमा ठूला भिड जम्मा भएको थियो । बाजागाजासहित आएको त्यो भिडमा पाँच–६ जना वृद्धवृद्धाहरूको समूह थियो । जसमा एकजना १०३ वर्षका वृद्ध पनि थिए । लौरो टे्क्दै आएका ती वृद्धले रेशमलाई फूलको मालाले स्वागत गर्दै भने, ‘म सधैँ रेशम चौधरी भेट्न पाइन्छ कि पाइँदैन भनेर सोच्थेँ । मेरो भाग्य बलियो रहेछ, तिमीलाई यही जुनीमा देख्न पाएँ । अब ढकियामा भोट हाल्न पाउँछु कि पाउँदिन थाहा छैन । तर, चिन्ता नलिनू । मैले मेरो परिवारको सबैलाई सम्झाएको छु ।’ती वृद्धको भनाइले रेशम निःशब्द भए । ‘मेरो आँखामा अझै ती वृद्ध आइरहेका छन्,’ रेशम भन्छन्, ‘जताततै ९०–९५ वर्षका आमाबुबाहरू मलाई माला लगाउन आउनुभएको थियो । मलाई भेट्न आउने, सहानुभूति राख्ने, मलाई सम्झिने सबैको दैलोमा धन्यवाद भन्न पुगेको हुँ ।’ यस बीच सबै दलका शीर्ष नेताहरूले रेशमलाई भेट्न बोलाए । नेताहरू कैलाली पुगेर जसरी निर्दोष भन्थे, त्यही तरिकाले बधाई दिए । धरान उपमहागनरपालिकाका मेयर हर्क साम्पाङलाई भने आफैँ भेट्न पुगे रेशम । हर्कको कामबाट प्रभावित उनलाई श्रम गर्न आवश्यक औजार साबेल, गैँची उपहार दिए । जेलमा रहँदा कैदीहरू प्रायः तीन प्रकारका चरा मात्रै देख्छन्, भंगेरा, परेवा र टाढा उडिरहेको चिल । बाहिर निस्किएपछि रेशमले हजारौँ पक्षीको चिरबिराहट देख्न र सुन्न पाए । ‘कर्णालीको पानी खाएर हुर्किएको मान्छे अहिले त गाउँमा पनि मिनरल वाटर पिलाउन थालेछन्,’ ठट्यौली शैलीमा रेशम भन्छन्, ‘व्यापारीकी श्रीमतीले पनि गुछीको ब्याग बोकेको देखेँ । साँच्चै दुनियाँ धेरै परिवर्तन भइसकेछ ।’ न्याय मिल्यो त ? रेशमको रिहाइलाई लिएर बजारमा अनेक टीकाटिप्पणी भए । कतिपयले उनको आममाफीमाथि प्रश्न उठाए । कतिपयले स्वागत गरे । कतिपय भने उनले सजायमाफी पाएर रिहा हुँदा वास्तविक न्याय नमिलेको बताइरहेका छन् । ‘मैले कसरी न्याय पाएँ ? मैले त सहेको मात्रै छु नि,’ उनी भावुक सुनिए, ‘मेरो पीडा बुझिदिने कोही छैन । भदौ ७ गते टीकापुर घटना हुँदा सबैभन्दा बढी क्षति मेरै भयो । मेरो घर रहेन, रिसोर्ट रहेन, गाडी रहेन, एफएम रहेन, लत्ताकपडा रहेन । पुरातात्विक सामान रहेन । एउटा टिसर्ट र पाइन्टबाहेक अरू केही रहेन । आज निस्कँदा मसँग अझै बस्ने घर छैन । अदालतबाट स–सम्मान रिहा हुन्छु भन्ने अपेक्षा थियो तर आममाफी पाएर रिहा हुनुपर्‍यो ।’अझै पनि काठमाडौंका मान्छेहरूले हत्याराको ट्याग भिराइदिँदा उनको चित्त दुखेको छ । उनी भन्दै थिए, ‘मलाई अझै पनि हत्यारा भन्छन्, भाला रोप्यो भन्छन्, त्यही पनि सहनैपर्छ रु म त्यतिवेला मारिएको सानो बच्चाको नाममा टीकापुरमा सालिक बनाउँदै छु । म जेलबाट छुटेको भोलिपल्ट बच्चाको घरमा गएँ । परिवारसँग भलाकुसारी गरेँ । बच्चाको बाजे अहिले पनि भेट्न आइरहनुहुन्छ । घटनामा जसको बच्चा मरेको छ, उसको परिवारले रेशम निर्दोष भनिरहेको छ । तर, सहरमा बस्नेहरूचाहिँ मलाई हत्यारा भनिरहेका छन् । कहिलेकाहीँ त रिस उठ्छ, प्रतिकार गरौँ कि भन्ने लाग्छ । तर, आफैलाई अहँ हुँदैन भनेर नियन्त्रण गर्छु ।’ झन् नयाँबाट  

सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

१०३६ दिन अगाडि

|

१३ साउन २०८०

कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषक आसरे राम बडायक सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनलाई डेढ लाख राशिको भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषकको सम्मान दिएको हो ।  यसैबीच, कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेलधुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाद दत्त अवस्थीलाई जनही ७५ हजार राशिको उत्कृष्ट पुरस्कारबाट सम्मानित गरियो । ती उत्कृष्ट किसानहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरेका हुन् । के गर्छन् बडायक ? कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय किसान आसरे राम बडायक ६ विगहामा धान, गहुँसहित उखु र आलु खेती गर्छन् । उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य शृङ्खला वृद्धि भई उनले मनग्ये आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ, त्यसको प्रतिफल नै मुनाफा हो ।’ विगत ८ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रूपमा उखु र आलु, तोरी र मसुरो खेती एक सँगै गर्दै आएका छन् । मिश्रित बालीमा लाभैलाभ बडायक कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो । उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर उनले तालिम पाए । जसबाट उनी निकै प्रभावित भए ।  मिश्रित बालीबारे उनले भने, ‘उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर चार्जमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’ सुरुवाती वर्षमा १ बिघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले हतोत्साहित भएनन् । दोस्रो वर्षमा भने उनको मेहनतले रङ्ग ल्यायो ।   बडायक इन्टरनेटको माध्यमबाट पनि प्राविधिक ज्ञानबारे सर्च गरिरहेका हुन्छन् । महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिम समेत लिइसकेको उनी बताउँछन्  । बडायक पछिल्लो समय उखु र थारू आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोगसमेत पाउँदै आएका छन् । गत वर्ष उनले डेढ बिघामा आलु र उखु, १४ कठ्ठामा तोरी र उखु तथा १ बिघामा उखु र मसुरो बाली रोपेका थिए । आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति बिघा डेढ सय क्विन्टलका दरले आलु फलाएका थिए । उखुमा पनि नयाँ प्रविधि उखु खेतीबाट पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ बिघामा उखु खेती गर्दै आएका उनी प्रति बिघा सरदर ११ सय क्विन्टल उत्पादन गर्छन् । उखु खेतीमा उनले बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी बर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिन्छ ।  उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति बिघामा २ क्विन्टल उखुको अँखला बीउ प्रयोग गर्छु । जबकि अन्य कृषक प्रति बिघामा ७० क्विन्टल बीउ प्रयोग गर्छन् ।’ धान खेतीमा छरुवा प्रविधि बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् । छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ ।  यसमा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरू आकर्षित भएका छन् । जसबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ । कृषि कार्यमा यान्त्रिकीकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनले वार्षिक वर्ष २० देखि २५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् ।

‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

१०३६ दिन अगाडि

|

१२ साउन २०८०

नेपालमा चिनियाँ लगानीको इतिवृत्त समेटिएको ‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चरः स्टाट्स, इस्सु एण्ड च्यालेन्जेज’ अर्थात् नेपालको पूर्वाधारमा चीनको उदयः स्थिति, समस्या र चुनौतीहरु पुस्तक शुक्रबार विमोचन भएको छ । पुस्तकका लेखकहरु तथा सरकारका पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्याय, सेसिफका अध्यक्ष विजयकान्त कर्ण तथा सेसिफका अनुसन्धान सल्लाहकार अजयभद्र खनाल लगायतले  पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए ।  सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरालिज्म (सेसिफ)ले प्रकाशन गरेको पुस्तक अमिशराज मुुल्मी, अर्पण गेलाल, अनिल गिरी, रौनवसिंह खत्री र मिलन आचार्यले लेखेका हुन् । सो अवसरमा सेसिफका अध्यक्ष विजयकान्त कर्णले भने, ‘बीआरआई बारे धेरै दुविधा छ । चिनियाँ कन्ट्रेक्टर र नेपाली निर्णयकर्ताहरुको स्थानीय एजेन्टहरुबीचको सम्बन्धबारे नेपाली मिडियामा कहिलेकाहीँ आउँछ । तर, चिनियाँ कम्पनी र ठेकेदारहरुसँग नेपालले कसरी संलग्नता देखाएको छ यसबारे खासै अध्ययन भएको देखिएन । त्यही अध्ययनस्वरुप यो पुस्तकले पूर्णता पाएको हो ।’  ६ अध्यायमा विभाजित नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ संलग्नताको डरलाग्दो पाटो तथ्यसहित पुस्तकमा विश्लेषण गरिएको छ । विश्वको बदलिँदो भूराजनीतिक परिस्थितिमाझ नेपालका छिमेकी चीन, भारतदेखि जापान, अमेरिका, बेलायत जस्ता मुलुकहरुले पूर्वाधारमा गर्दै आएको लगानीभित्र कसरी तिनको स्वार्थ गाँसिएका हुन्छन् भनेर पुस्तकमा समेटिएको पुस्तक लेखक मध्येका एक अमिशराज मुुल्मीले बताए । पुस्तक लोकार्पणसँगै पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्यायसँग अजयभद्र खनालले नेपालमा बाह्य लगानीबारे छलफल चलाएका थिए ।  छलफलका बक्ताहरुले कुनै पनि राष्ट्रले विना स्वार्थ लगानी नगर्ने विचार व्यक्त गरेका थिए । संझौताको क्रममा लगानीकर्ताहरुले आफ्नो संविधान बढी च्यापेको तर नेपाल लगानी भित्र्याउने नाममा नतमस्तक हुने गरेको आरोप लगाए ।