अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

अभिनेत्री एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने !

९७४ दिन अगाडि

|

१२ असोज २०८०

‘जितिया’ पर्वमा बिदा दिन चितवनका थारु समुदायको माग

‘जितिया’ पर्वमा बिदा दिन चितवनका थारु समुदायको माग

९७५ दिन अगाडि

|

११ असोज २०८०

चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् ।  थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा अर्थात् पितृऔँशी, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो । थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।  यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।  घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ ।  यसैगरी, शनिवार सम्पन्न थारु कल्याणकारिणी सभाको अधिवेशनबाट चितवन जिल्ला अध्यक्षमा पुनः ललित चौधरी चयन भएका छन् ।

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

९७९ दिन अगाडि

|

७ असोज २०८०

थारु समुदायको लामो समयदेखि अगाध आस्था रहेको दाङ्गदेउखुरीको गढवा–३ स्थित गोबरडिहाको ‘सिद्ध बाबा बाघनाथ जंगल कुट्टी’लाई नाम परिवर्तन गरी ‘त्रिकुटा गुरुधाम’ नामकरण भएको चौतर्फी विरोध भएको छ।   यसैबीच थारु कल्याण कारिणी सभा (थाकस), देउखुरीले असोज ७ गते एक विज्ञप्ती जारी गरी सम्पूर्ण थारु जनसमुदायलाई उक्त कार्यको विरोधमा असोज ८ गते विहान ११ बजे जङ्गल कुट्टीमा जम्मा हुनको लागि अनुरोधसमेत गरेको छ  । स्वर्गीय बाघनाथ बाबाले सिद्धी प्राप्त गरी बसेको तपोभूमि हो, सिद्ध बाघनाथ बाबा जंगल कुट्टी । वावाजीको अपार शक्तिकै कारण हिंस्रक जनावर बाघ, भालु, अजिंगर, सिंह जस्ता जनावरलाई बशमा लिने अद्भूत शक्ति थियो भन्ने जनविश्वास छ । बाघमा सवार भई जंगल घुम्ने भएकाले उहाँको नाम बाघनाथ बाबा भएको बताइन्छ ।  जंगलकुट्टी विधिवत रुपमा विसं १८७९ मा स्थापना भएको पाईन्छ। स्थापनाकालदेखि बालिएको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको छ जसबाट निस्केको खरानी भुभूत भक्तजनलाई प्रसादको रुपमा दिइन्छ । बाबाको समाधिलाई थारू समुदायलगायत स्थानीयवासीले महाराजको रूपमा  उच्च स्थानमा राखी पूजाआजा गर्ने गर्छन् ।   यहाँ वर्षेनी माघे संक्रान्तिमा हजारौं भकतजन दर्शन गर्न आउँछन् । समय समयमा भण्डारा गर्नेहरूको पनि भीड हुन्छ ।  ऐेतिहासिक महत्व बोकेको भूमिलाई हठात नाम परिवर्तन गर्नु आस्थामाथि खेलवाड गरिएको भन्दै चौतर्फी विरोध भएको हो ।   

नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

९८१ दिन अगाडि

|

५ असोज २०८०

थारु गीत संगीतमा चलेको नाम हो नरेश जोगी । उनले थारु भाषाका धेरै गीतमा स्वर तथा संगीत भरेका छन् । उनी पछिल्लो समयमा भने नेपाली भाषाका गीत संगीतमा पनि पाइला चाल्न प्रयासरत छन् ।  नरेशले २ बर्षअघि ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत विभिन्न भाषामा तयार पारेका थिए । ती प्रमोसनल गीतबाट उनले राम्रै चर्चा परिचर्चा पाएका छन् ।  त्यही गीत सार्वजनिक भएपछि दर्शकबाट पाएको माया र साथबाट हौसिएर उनले पूजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’को शीर्ष गीतमा संगीत तयार पारेका छन् । रुपेश तामाङको निर्देशनमा निर्माण भैरहेको फिल्मको शीर्ष गीतमा संगीत भर्न पाएपछि यतिवेला नरेश जोगी दंग छन् । निर्माण टिमले आफ्नो सृजना र प्रतिभामा विश्वास गरेकाले पनि आगामी दिनमा आफूलाई अझै राम्रो सिर्जना दिनुपर्ने चुनौती थपिएको उनको बुझाई छ ।  संगीतकार जोगीको शब्द तथा संगीतमा तयार भएको फिल्मको गीतमा राजेश पायल राई र समीक्षा दाहालको स्वर सुन्न सकिनेछ । गणेश चौधरीले एरेञ्ज गरेको गीतमा अभिनेत्री शर्मा र कुन्साङ बम्जोनलाई फिचर्ड गरिनेछ ।  नरेश जोगीले स्वर तथा संगीत दिएको दिन गिन गिन, ओ साजन, ओ साजन २, तोहार प्यारमे लगायतका गीत थारु समुदायमा चर्चित छन् ।  

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

९८१ दिन अगाडि

|

४ असोज २०८०

आन्दोलनरत शिक्षकहरूको एउटा प्रमुख मुद्दा निजामती कर्मचारीको भन्दा कम सेवा सुविधा दिइएको भन्ने छ । त्यसमाथि संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा थप विभेदकारी बनाउन खोजिएको उनीहरूको आरोप छ ।  एउटै सन्तानका दुई छोराछोरीमाथि राज्यले गर्ने व्यवहारमा फरक रहेको उनीहरूको भनाई छ । एउटा छोरा निजामती कर्मचारी हुँदा र अर्को छोरा शिक्षक हुँदा राज्यबाट पाउने तलब, भत्ता तथा सेवा सुविधामा निकै विभेद रहेको उनीहरूले बताउँदै आएका छन् ।  कानून नै विभेदपूर्ण बनाउन खोजेपछि आन्दोलनको विकल्प नरहेको शिक्षकहरूको भनाई छ ।  सरकारले तोकेको निजामती कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधामा के छ त फरक ? प्राथमिक तृतीय श्रेणीको शिक्षक र निजामती तर्फको खरिदारको सेवा सुविधामा निकै अन्तर देखिन्छ ।  प्रावि तृतीय श्रेणीको शिक्षकको मासिक तलब ३२ हजार ९०२ रुपैयाँ छ । त्यस्तै, खरिदारले पनि सोही तलब पाउँछन् । तर, महँगी भत्ता थप २ हजार रूपैयाँ पाउँछन् ।  उता, खरिदारले खाजा खर्च २ हजार, आवास खर्च मासिक ४ हजार रूपैयाँ,  मासिक १५ लिटर पेट्रोल पाउँछन् । तर, शिक्षकले पाउँदैनन् ।  खरिदारले तालिममा सहभागी भएवापत दैनिक १ हजार ३२०, खाना र यातायात खर्च पाउँछन् । तर, शिक्षकले तालिममा सहभागी भएवापत दैनिक २ देखि ३०० रूपैयाँ पाउँछन् ।  खरिदार ग्रेड ८ सम्म बढुवा हुन पाउँछन् । तर, शिक्षकको ग्रेड ६ सम्म बढुवा  हुन्छ । खरिदारको ५ वर्षपछि अनिवार्य बढुवा हुन्छ । तर, शिक्षकको अनिश्चित हुन्छ ।  खरिदारले थप यातायातको साथ (आवश्यकताको आधारमा) ल्यापटप, हिटर, एसी जस्ता अतिरिक्त सेवा सुविधा पाउँछन् । तर, शिक्षकले अतिरिक्त केही पनि सेवासुविधा पाउँदैनन् ।  दुबैले एक महिना बराबरको चाडपर्व खर्च पाउँछन् । त्यस्तै पोसाक खर्च, स्थानीय भत्ता, प्राविधिक भत्तासमेत छुट्याइएको हुन्छ । तर, यो सबैको हकमा लागू हुँदैन ।  शिक्षा मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०÷०८१ अनुसार प्रधानाध्यापकले प्राविको हकमा मासिक २०० रूपैयाँ, निमाविमा ३०० र माविमा मासिक ५०० रूपैयाँ भत्ता पाउँछन् ।  यतिसम्म कि शिक्षा नियमावली २०५९ ले शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउनेछ भनिएको छ । तर, शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउने गरेका छन् ।  निजामती कर्मचारीको हकमा शिक्षकमाथि सेवा सुविधामा निकै विभेद रहेको उनीहरूको आरोप छ । संसद्मा दर्ता गरिएको विधेयमबाट राज्यबाट प्रदान गरिने सेवा सुविधामा सबैलाई समान व्यवहार गर्नुपर्ने शिक्षकहरूको भनाई छ ।   

शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

९८१ दिन अगाडि

|

४ असोज २०८०

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ । काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको छ । त्यसको असर चक्रपथसम्म नै परेको छ । शिक्षकहरू बिहान साढे ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका थिए । ११ बजेपछि आन्दोलनकारीको चापका कारण ट्राफिक प्रहरीले सो रुटमा चल्ने सवारीलाई रोक लगाएको थियो । माइतीघर हुँदै बानेश्वर र सिंहदरबार चोकतर्फ आवतजावत गर्ने सवारी साधनलाई दिनभर रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले  बताए । उनले भने, ‘थापाथली चोकबाट सवारी साधनलाई त्रिपुरेश्वरतर्फ डाइभर्सन गरिएको छ ।’ ठुला सवारी साधनलाई ट्राफिक प्रहरीले तीनकुनेबाट नै डाइभर्सन गरेको छ । साना सवारी साधनलाई बानेश्वर चोक र थापाथलीबाट डाइभर्सन गरिएको एसएसपी भट्टले बताए । यात्रुवाहक बसलाई प्रहरीले रिङरोडबाट नै डाइभर्सन गरेको छ । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक काठमाडौँमा प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौँको कोर एरियामा आन्दोलन भएको हुनाले चक्रपथसम्म दिनभर सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ट्राफिक प्रहरीले बानेश्वर चोकबाट सवारी डाइभर्सन गरेर शंखमुल र पुरानो बानेश्वरतर्फ पठाएको छ । डाइभर्सनका कारण करिडोरको सडकमा पनि अत्यधिक चाप परेको छ ।