आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

१३५० दिन अगाडि

|

५ फागुन २०७९

पाँच वर्षभित्र नमुना शहरको रुपमा प्रदेशको राजधानीलाई विकास गर्नेः मुख्यमन्त्री  गिरी

पाँच वर्षभित्र नमुना शहरको रुपमा प्रदेशको राजधानीलाई विकास गर्नेः मुख्यमन्त्री  गिरी

१३५१ दिन अगाडि

|

३ फागुन २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षभित्र नमुना शहरको रुपमा प्रदेशको राजधानीलाई विकास गर्ने बताएका छन्। राजधानी कार्यान्वयनको क्रममा धेरै समस्याहरूको सामना गर्नु परे पनि आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने मुख्यमन्त्री गिरीले दावी गरे। बुधवार प्रदेश स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशबासीलाई सुन्दर र नमुना राजधानी शहर हस्तान्तरण गर्ने अभियानमा सरकार लागेको बताए। ‘प्रदेश सरकार समृद्ध प्रदेश आत्मनिर्भर जनताको अभिभारा पुरा गर्न लागि परेको छ। मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने सरकारको अभियान रहेकोले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छौं,’ मुख्यमन्त्री गिरीले भने। लुम्बिनीका समृद्धिका आधार कृषि र पर्यटन रहेकोले यिनैको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गर्ने र लुम्बिनीलाई समृद्ध प्रदेश बनाउने उनले दावी गरे। सरकार प्रशासनिक पूर्वाधार विकासमा लागेको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले पूर्वाधार विकाससँगै जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘जनताको जीवनस्तरमा सुधार नआउँदासम्म भौतिक पूर्वाधारले मात्र प्रदेश समृद्ध बन्न सक्दैन। सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तरलाई पनि उकास्ने गरी काम गर्नेछ,’ मुख्यमन्त्री गिरीले भने। अबको पाँच वर्ष संघीयता कार्यान्वयन र प्रदेशका संरचना निर्माणका वर्ष रहने भन्दै उनले आफ्नो कार्यकालमा प्रदेशबासीले अपनत्व महसुस गर्नेगरी काम गरेर देखाउने दावी गरे। प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम राप्ती उपत्यका देउखुरीबाटै संचालन गर्ने बताए। प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६१ जनालाई विभूषित गरिएको थियो। संविधान दिवसको अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभूषणहरू प्रदेश स्थापना दिवसको अवसर पारी वितरण गरिएको थियो। संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै प्रदेश प्रमुख जनसेवा पदकबाट जनार्दन यादवलाई मरणोपरान्त विभूषित गरिएको छ भने जनयुद्धका घाइते जीतबहादुर थापालाई पनि विभूषित गरिएको छ। त्यस्तै नेपालमै धेरै जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको भन्दै डाक्टर मोहिउद्दिन किदवाई र तराईका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमियाको पहिचान तथा उपचारमा सहयोग पुर्‍याएको भन्दै डा राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट विभूषित गरिएको छ। त्यस्तै डा विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह र भोगबहादुर खड्कालाई प्रदेश सेवा समर्पण पदक प्रदान गरिएको छ। यस्तै प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजाल, प्रहरी निरीक्षक नविन चुँदाली, रञ्जु केसी, हृदेशकुमार सापकोटा, मदन गैरे, दामोदर मल्ल, सुरेन्द्र केसी र मोहन विष्टलाई उजीरसिंह दीप पदक प्रदान गरिएको छ।  डा किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्धिकी, मेघराज कक्षपती, खेम पुन ९मरणोपरान्त० लाई समाजसेवा श्रीपदकबाट विभूषित गरिएको छ। त्यसैगरी  डा कृष्णराज सर्वहारी, नारायण खड्का, भुपाल पोख्रेल, भिमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरीराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी ९मरणोपरान्त०, पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्दर्भ, मनोज पौडेल, टीकाराम अर्याल र शिवु खनाललाई प्रदेश रत्नपदकबाट विभूषित गरिएको छ। त्यस्तै  डा इन्द्रबहादुर भण्डारी, प्राडा लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई प्रदेश प्रज्ञा पदकबाट विभूषित गरिएको छ भने प्रजापती गौतमी पदकबाट औशी विक, राधा घिमिरे ९मरणोपरान्त० र मिना शर्मालाई विभूषित गरिएको छ। दङ्गीशरण बलिहाङ्ग पदकबाट चन्द्रीका यादव ९मरणोपरान्त०, लल्लुराम थारु, गोवद्र्धन थापा, मनोज पौडेल र दुर्गेश यादव ९मरणोपरान्त० लाई विभूषित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रदेश स्थापना दिवसको अवसरमा निकालिएका विभिन्न जातजाती तथा समुदायका कला संस्कृति झल्कने झाँकी प्रदर्शनमा उत्कृष्ट हुने समुहलाई पनि पुरस्कृत गरिएको थियो।

अरुण चौधरी थुनामै रहनेः  उच्च अदालतले दिएन रिहाईको अन्तरिम आदेश

अरुण चौधरी थुनामै रहनेः  उच्च अदालतले दिएन रिहाईको अन्तरिम आदेश

१३५१ दिन अगाडि

|

३ फागुन २०७९

 कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुणकुमार चौधरीलाई छोड्न उच्च अदालत दिपायलले अस्वीकार गरेको छ । १९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । आज दुवै रिटमाथि बहस भएको थियो । आज उक्त रिटमा बकपत्रको लागि चौधरीलाई पनि जिल्ला अदालत कैलाली उपस्थित गरिएको थियो । चौधरीले १० वर्ष अघि आफूलाई जानकारी नभएरै फैसला गरिएको र सुनुवाइको मौका समेत नदिएको बयान दिएका थिए । चौधरी पक्षका वकिलले पनि प्राकृतिक न्यायको सिद्धान्त विपरीत कैलाली जिल्ला अदालतले फैसला गरेको भन्दै उक्त फैसला बदरको माग गरेका थिए । सरकारी वकिलले भने त्यसो नभएको दाबी गरेको थिए । देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले दुबै पक्षको बयान सुनेको थियो । तर, चौधरीलाई छोड्न भने अस्वीकार गरेको छ । अर्को पेसी आगामी ११ गते तोकिएको छ । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

रेशम चौधरीलाई रिहा गर्ने देउवाको बचन !

रेशम चौधरीलाई रिहा गर्ने देउवाको बचन !

१३५१ दिन अगाडि

|

३ फागुन २०७९

सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ । रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिनेदिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ । त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो । तर विश्वासको मत दिने दिन प्रदेश सभामा नै अनुपस्थित भयो । समर्थन गरेर मत नदिएपछि उन्मुक्ति पार्टी पनि एमालेसँग अन्य पार्टीभन्दा एमालेप्रति अलि कडा भएको व्यवहारले नै पुष्टि गरेको छ । रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ । कांग्रेस, माओवादीलगायत मदेसवादी दलहरु रेशम चौधरी रिहाका लागि सकारात्मक भएपनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यको भनाइ छ । ‘हामीले याद गर्दैछौं सुरुदेखि एमाले हामीप्रति ‘वायस’ देखिएको छ, एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा सरकार हुँदा पनि रिहाका लागि प्रयास भयो तर उहाँले खासै चासो दिनुभएन’,ती नेताको भनाइ छ । सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई रेशम चौधरी रिहाका लागि ध्यानाकर्षण गराउन जाँदा उनले आश्वासन दिएपनि प्रक्रिया सुरु नगरेको ती नेताको गुनासो छ । कांग्रेसले भने रिहाका लागि पटक पटक प्रयास गर्नुका साथै प्रक्रिया सुरु गर्दा समेत एमाले बाधक बनेको ती नेताको आरोप छ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको रिहाका लागि प्रक्रिया सुरु गरेको थियो । रिहाका लागि अध्यादेश नै ल्यायो तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई पास नै हुन दिइनन् । राष्ट्रपति भण्डारीले अध्यादेश अस्वीकृत गर्नुमा एमालेकै हात रहेको उन्मुक्ति पार्टीको बुझाइ छ । उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अरुण चौधरी पक्राउ पर्नु र एमालेका सांसद लक्ष्मी कोइरी महतो खुल्ला घुम्नुले सबै कुरा स्पष्ट भएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो लागि सबै दल उस्तै हुन् कोही अलि बढी कडा कोही नरम । तर व्यवहार सबैको उस्तै हो ।’ रेशम चौधरीको रिहा गर्न आफूहरूले सरकारलाई दबाब दिइरहेका बेला अर्का सांसदलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीप्रति यो सरकार सकारात्मक छैन भन्ने स्पष्ट भएको उनको भनाइ छ । ‘काँग्रेसले रिहाका लागि अध्यादेश ल्यायो तर त्यसलाई रोक्ने काम राष्ट्रपतिबाट भयो, राष्ट्रपति कुन पार्टीको हो, कहाँबाट परिचालित हुनुहुन्छ त्यो स्पष्ट छ, त्यसमा केही भन्नु परेन,’ उनले भने, ‘हामी एमालेप्रति पूर्वाग्रही छैनौं, हामीले असहयोग पनि गरेको होइन तर हाम्रा केही माग र मुद्दामा अहिलेका सरकार सहमत हुनुपर्छ र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।’ स्रोतका अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन भएपछि पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका छन् । त्यसका लागि उन्मुक्ति पार्टीले काँग्रेसलाई सहयोग गर्नुपर्ने उनले सर्त राखेका छन् । प्रधानमन्त्री देउवा र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जना श्रेष्ठबीच भएको भेटमा यस्तो आश्वासन दिएको काँग्रेस स्रोतले जनाएको छ । स्मरण रहोस् देउवासहितका कांग्रेस नेताहरु माओवादी, उन्मुक्ति लगायतका दलहरुलाई आफूसँग तानेर एमाले नेतृत्वको सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसका लागि उनीहरुले देशी विदेशी शक्ति प्रयोग गरेको एमाले नेताहरूको आशंका छ । 

जनयुद्धका घाइते पतिराम चौधरीः जसको फोक्सोमा छ बीस वर्षदेखि छर्रा

जनयुद्धका घाइते पतिराम चौधरीः जसको फोक्सोमा छ बीस वर्षदेखि छर्रा

१३५३ दिन अगाडि

|

१ फागुन २०७९

कैलालीको कैलारी गाउँपालिका–७ बसन्ताका पतिराम चौधरी ‘ड्राइगन’ (४८) दस वर्षे सशस्त्र जनयुद्धको विगत सम्झिदा एकाएक भावुक बने । आफूलगायत हजारौंले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्न पाउँदा उनको छाती गर्वले ढक्क फुल्छ । तर, त्यही छाती क्षणक्षणमै पीडाले दुखिरहँदा उनको मन रोएर आउँछ । शरीरका अंगहरुमा प्राण वायु सञ्चार गर्ने फोक्सो वर्षौदेखि बुलेटको विषले थिचिरहँदा उनी जीवन मरणको दोसाँधमा रहेको अनुभूति गर्छन् । ड्राइगन तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । युद्धको मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए उनले । भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुशी पनि लाग्छ । तर हामी जस्ता जनताको लागि आएको व्यवस्थाले अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ ।’ २० वर्ष भयो, टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती हुँदा उनी दुःखी छन् । स्कूले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचाली परिवारमा संलग्न थिए ड्राइगन । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचाली परिवारमा आवद्ध भएको बताउने उनी २०५२ फागुन १ गते सुरु भएको सशस्त्र जनयुद्धमा होमिए । युद्ध चर्किदै गर्दा २०५६ सालमा भूमिगत भए । विद्रोही स्वाभावका उनी सुरुदेखि नै सैन्य दस्तामा आवद्ध भए । माओवादीको जनमेलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन सुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डरसम्म भए । ३ पटक शाही नेपाली सेनासँग दोहोरो भीडन्त हुँदा घाइते भएका उनी ४० बढी ठूला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । होश खुल्दा अस्पतालमा पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा उनको दायाँ हातमा बमको छर्रा लागेको थियो । हातमा बमको छर्रा अझै छन् । तैपनि आफू युद्धबाट भने विश्राम नलिएको सुनाउँछन् । केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भए ड्राइगन । बेनी घटनामा बमको छर्रा टाउकोमै लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि अहिलेसम्म उनको टाउकोमै छर्रा छ । ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । २०५९ फागुन १४ गते विहान ८ बजे कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा ड्राइगनआवद्ध जनमुक्ति सेनाको बटालियन र शाही नेपाली सेनाको बटालियनबीच दोहोरो भीडन्त भयो । त्यो दिनको घटना स्मरण गर्दै उनले भने, ‘एका बिहानै भीडन्त सुरु भए लगत्तै सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यही ढले । उनको बन्दुक र उनलाई अन्यन्त्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । भन्छन्, ‘बेहोस भएर त्यहीँ ढलेछु । साथीहरुले बोकेर जंगलमा लगे । २ दिनपछि भारतको लखनउस्थित नुवा हस्पिटलमा लगिएछ । १० वटा बुलेट झिकिएछ । होश खुलेपछि आफूलाई अस्पतालको शैयामा पाएँ ।’ दुखिरहन्छ घाउ थप उपचारको लागि उनलाई सो अस्पतालले दिल्लीको बतरा हस्पिटलमा रेफर ग¥यो । एमआरआई गर्दा उनको फोक्सोबाट अझै ५ गोली झिक्न बाँकी थियो । दिल्लीस्थित सो अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यस दिनदेखि उनी ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् । युद्धविरामसँगै माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जनयुद्धका घाइतेका रुपमा राज्यबाट मासिक ६२ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आएका थिए । यसले औषधिमूलोमा केही राहत हुन्थ्यो । तर, त्यही जीवन निर्वाह भत्ता रकम पनि गत वर्षदेखि बन्द भएपछि उनलाई जीविकोपार्जनमा समस्या हुँदै आएको छ । उनले दुखेसो पोखे,  ‘मेरो फोक्सो र टाउकोमा भएको घाउ कसैले देख्दैनन् । गह्रौँ काम गर्न सकिन्न । परिवारको आश्रयमा बस्नु परेको छ । यो जाडोमा त झनै घाउ दुख्छ । कहिलेकाहीँ त झनै रक्तश्राव नै हुन्छ ।’

थारू साहित्य सम्मेलनको उडान 

थारू साहित्य सम्मेलनको उडान 

१३५५ दिन अगाडि

|

२९ माघ २०७९

तीन दिने ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ ।  सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका  १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरेका छौं ।  साथै, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा गर्ने तय गरेका छौं । उक्त सम्मेलनपछि बाँकी सबै थारू साहित्य सम्मेलन बर्दियामा आयोजना गर्न पहिल गरिने प्रतिवद्धता थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले जनाउँदा संघको केन्द्रीय अध्यक्षको नाताले यो पंक्तिकार मखलेल छ । २०७२ भदौ ७ र ८ मा टीकापुर भएको थरुहट आन्दोलनमा ७ प्रहरी मारिए । थारु समुदायका दर्जनौको पसल, घर जलाइयो । त्यस वर्षको अटवारी, अस्टिम्की डस्या, डेवारी कुनै चाड खुलेर मनाउन पाएनन् टीकापुरवासीले ।  सो घटनाले थारु र गैरथारुबीच निकै दूरी बढायो । उक्त घटनापछि निकै मर्माहत भएका हामी (म र मित्र सुशील चौधरी) सोही वर्ष अर्थात् २०७२ सालको दसैंको छेको पारेर काठमाडौंदेखि कञ्चनपुरसम्म थारु साहित्यिक गोरपासु गर्ने निर्णय गर्यौं । गोरपासुको अर्थ पैदल यात्रा हुन्छ । काठमाडौंदेखि कञ्चनपुरसम्म पैदल यात्रा सम्भव थिएन । गाडीको प्रयोग गर्ने बाध्यता भयो ।  काठमाडौंदेखि निस्किएका सुशील र म दाङदेउखुरी, बाँके, वर्दियाका पुग नपुग दर्जन साहित्यिक कार्यक्रम चहार्यौं । पछि कैलाली, कञ्चनपुरको पनि यात्रा गरियो । त्यहाँ गरिएका सबै छलफलमा धेरैको सुझाव रह्यो, राजनीतिले तोड्छ, साहित्यले जोड्छ । तपाईं दुबै जना थारु साहित्यकारहरुको राष्ट्रिय भेला गर्नोस् । साहित्यमार्फत् थारु र गैरथारुबीचको दूरी घटाउनोस् ।  यही सुझावलाई मनन गर्दै हामीले पहिलो राष्ट्रिय थारु मेला २०७२ सालभित्रै गर्ने तयारी थाल्यौं । दाङका छविलाल कोपिला, केवी चौधरी, सन्तोष दहित, भुवन भाइ लगायतले साथ दिए । तर प्राविधिक कारणवश २०७३ सालमा कार्यक्रम सर्न पुग्यो । २०७३ वैशाखको ३ र ४ मा ऐतिहासिक रुपमा पहिलो थारू राष्ट्रिय साहित्य सम्मेलन, दाङको घोराही र राजपुर गाउँमा भव्य रुपमा सम्पन्न भयो । पहिलो थारु साहित्य सम्मलेनमा यो पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ पनि गठन भयो । सम्मेलनमा थारू भाषाको विकास र साहित्यको समीक्षात्मक छलफलका साथै, वार्षिक रुपमा थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्घोष गरियो ।  सोही बमोजिम २०७३ चैत्र १९ र २० गते कैलालीको धनगढी नगरपालिकाको पटेलामा दोस्रो थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भयो । त्यस्तै २०७४ माघ ४, ५ र ६ गते बर्दियाको बढैयातालमा तेस्रो थारू राष्ट्रिय साहित्य सम्मेलन गरियो ।  २०७५ चैत २२ र २३ गते चौथो थारू राष्ट्रिय साहित्य सम्मेलन रुपन्देहीको सैनामैना नगरपालिका, उचडिह्वामा भयो । पाँचौ कार्यक्रम विराटनगरमा गरिनेुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु उद्घोष गरिए पनि २०७६ सालमा कोरोनाका कारण थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुन सकेन । २०७७ चैत २१ र २२ गते थारू राष्ट्रिय साहित्य सम्मेलनको पाँचौ संस्करण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा भयो । त्यस्तै, २०७८ फागुन १२ देखि १४ गते थारू साहित्य राष्ट्रिय सम्मेलनको छैठौ संस्करण सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको सिंहपुरमा भयो ।  यसै क्रममा ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलन यही २०७९ माघ २० देखि २२ सम्म गोचाली समाज नेपाल, बाँकेको सहकार्यमा बाँकेको राप्तीसोनारी गाँउपालिका–६ सिधनवामा सम्पन्न गरेको छ ।  नेपालमा थारू भाषाको अवस्था चौथो स्थानमा छ । तर अझै पनि थारू भाषा लेख्य परम्पराउन्मुख भाषाको रुपमा हेरिन्छ । थारू भाषा तथा साहित्यको विकासका लागि धरै प्रयासहरु भएका छन् । २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका गोचालीबाट थारू भाषा तथा साहित्यको विकासको संगठित प्रयास भएको देखिन्छ । यस हिसाबले थारू साहित्यको संस्थागत प्रयास भएको पाँच दशक पार गरेको छ ।  जिल्लाका स्थानीय साहित्यिक संघसंस्था सँगको सहकार्यमा थारु लेखक संघ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय साहित्य सम्मेलनमा थारु साहित्यको विविध पाटोमा प्यानल छलफल तथा दर्जन बढी स्रस्टाको पुस्तक विमोचन हुने गरेको छ । तर यस वर्ष मात्र दुइटा पुस्तक विमोचन हुन सक्यो ।  थारू साहित्य सम्मेलनले ल्याएको जागरण थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको छ । सत्तरीको दशक थारु भाषा, साहित्यको जागरणको वर्ष भन्दा फरक परोइन ।  कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एकजुट भएर थारू संग्राहलय बनाउन सफल भए । रुपन्देहीको सैनामैना नगरपालिकाको उचडिह्वामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन गर्दा त्यहाँको प्रचार प्रसारमा  सहयोग पुग्यो । दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र बाँकेमा गरिएको सबै सम्मेलनमा थारूको जनजीवनमा कलम चलाउने गैरथारू साहित्यकारहरुलाई सहभागी गरायौं ।  रामलाल जोशी, नयनराज पाण्डे, महेशविक्रम शाह, शिवानीसिंह थारुदेखि महानन्द ढकाल, नविन अभिलाषी, सागर गैरे, सनत रेग्मी, खगेन्द्र गिरि कोपिलासम्म, जसले नेपाली भाषामै कलम चलाउँछन् । तर, थारु जनजीवन समेट्छन् आफ्ना रचनामा । डा गोविन्द आचार्य, किरण रेग्मी जो गैरथारु भएर पनि थारु भाषामा समेत कलम चलाउँछन् । त्यस्ता धेरै लेखकहरुको जमघटको थलो बनिरहेको छ राष्ट्रिय थारू साहित्य सम्मेलन । यसले थारु साहित्यमा लेख्नेहरुलाई उर्जा भरिरहेको छ ।   लुम्विनी प्रदेश थारु बहुल क्षेत्र हो । तर यहाँ प्रज्ञा प्रतिस्थान बन्न सकेको छैन । न त २०१४ सालमा स्थापना भए पनि केन्द्रको प्रज्ञा प्रतिस्थानमा थारू साहित्यकार अझैसम्म प्राज्ञ सदस्य बन्न सकेका छन् । योे चौथो ठूलो भाषाप्रतिको घोर उपेक्षा हो भन्ने मलाई लाग्छ ।   थारू भाषाको मानकताको सवालमा भाषाको लेखनमा बिस्तारै एकरुपता आउन थालेको मेरो ठम्याइ छ । यसबारे एक दशक अघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकको लेखाइ हेर्दा प्रष्ट हुन्छ ।  देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको छ । केही समय यता थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) लगायतले मानक भाषाका लागि सभा, गोष्ठी गर्न अग्रसर हुनु थारू साहित्य सम्मेलनकै घच्घच्याई हो भन्दा फरक परोइन ।  के के विषयमा भए बहस ? ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू जीवन, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा तथा  सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।  ‘राप्ती सोनारीको विकासका लागि के छ प्राथमिकतामा ?’ विषयमा गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारू र वडा नम्बर ७ का अध्यक्ष रामलखन चौधरीसँग वीवीसीकी विमला चौधरीले कुराकानी गरिन् । स्थानीय साधन र स्रोतको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै गाउँपालिका अध्यक्ष पौडेलले स्थानीयलाई कृषि क्षेत्रको विकासमा लाग्न प्रोत्साहन गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए । उनले राप्ती सोनारीका थारु समुदायका ९५ प्रतिशत भूइँहारथान बनाइसकिएको जनाउँदै थारु पुस्तक लागु गर्नेदेखि बरघर ऐन बनाउनेसम्म प्रतिवद्धता गरे । ‘आदिवासी भाषा दशक र मातृभाषा’ शीर्षकमा थारु आयोगका सदस्य भोलाराम चौधरी र युनेस्को प्रतिनिधि वर्षा लेखीसँग शेखर दहितले संवाद गरे । पाठ्यक्रम एवं सरकारी तथा कामकाजी भाषाका रूपमा थारू भाषाको प्रयोगका बारेमा विशद् चर्चा भयो । ‘आख्यानमा थारू जीवन’ मा थारूका बिषयमा आख्यानकार मनोज चौधरी अज्ञात, महानन्द ढकाल र गणेश वर्तमानसँग नवीन अभिलाषीले संवाद गरे । चितवनका लेखक मनोज चौधरीका ‘टुकी’ र ‘टुवरा’ उपन्यासमा थारूको जनजीवन समेटिएको छ । बाँके, कोहलपुरका महानन्द ढकालले ‘बुह्रान’ उपन्यास ‘बुह्रान’ उपन्यासमा विभिन्न कारणले थातथलो छोडेर बसाइँसराइ गरेका थारू समुदायको जनजीवन चित्रण गरिएको छ । अर्का सहभागी गणेश वर्तमानको ‘ट्वाना’ पुस्तक पनि यसै सम्मेलनमा विमोचन भएको उपन्यास हो । लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको बताए । थारूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो उनको थियो ।  २०५७ साल साउन २ मै कमैया मुक्ति घोषणा भए पनि अझै थारु जनजीवनको लेखनमा यही विषयबस्तुको मात्रै किन उठान भैरहेको छ भन्ने तिखो प्रश्न थियो नविनको । जवाफमा आख्यानकार मनोज चौधरीले हुनेखाने थारूभन्दा श्रमजीवी थारू समुदाय धेरै भएको जिकिर जमिन्दारको घरमा कमैया बसेर गुजारा गर्न थारू समुदाय अझै पनि बाध्य बनेको धारणा राखे । सम्मेलनमा बाँके जिल्लाको थारू साहित्यको अवस्था बारेमा पनि छलफल गरियो । लेखक एवं पत्रकार सागर गैरेले थारू साहित्यका अगुवा जीतबहादुर चौधरी, सञ्चारकर्मी सोम डेमनडौरा र साहित्यकार खगेन्द्र गिरी कोपिलासँग जिल्लाको समग्र थारू साहित्यको अवस्थाबारेमा छलफल गरे । कार्यक्रममा जीतबहादुर चौधरीले थारू भाषाको पहिलो पत्रिका गोचालीमार्फत जिल्लामा साहित्यिक गतिविधि बढाउन भूमिका खेलेको सम्झिदै बाँके जिल्लाबाट भने थारु पत्रिका प्रकाशन हुन नसकेको जनाए । डेमनडौराले आफ्नो बाँके बसाइँमा हवाइ एवं लघु साहित्यिक पत्रिकामार्फत् थारू स्रस्टाका रचनालाई प्रकाशन गरेर स्रस्टालाई लेखनमा हौसला प्रदान गर्ने काम विगतमा गरेको बताए । जिल्लामा एफएम रेडियोको स्थापना गर्न र ती रेडियोबाट थारू भाषामा कार्यक्रम प्रसारण गर्न भूमिका खेलेको पनि उनको भनाइ थियो । लेखक खगेन्द्र गिरी कोपिलाले बाँके जिल्लामा थारू भाषामा कलम चलाउने स्रस्टाहरू प्रशस्त भएको तर एकजुट हुन नसकेको टिप्पणी गरे ।  भूमिका थारुले सञ्चालन गरेको थारु साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या थिए । अग्रजहरुले युवाहरुलाई लेखनमा प्रेरणा दिनुपर्ने सेसनको निचोड थियो । सागर कुश्मीले गजल लेखनमा धेरै थारु युवालाई प्रशिक्षण दिइसकेको तर प्रशिक्षण लिएका कसैले पुस्तक प्रकाशन गर्न नसकेको बताए ।  यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धानकर्ता डा गोविन्द आचार्यले थारू समुदायको इतिहास, संस्कार, संस्कृति, रहनसहनबारे बृहत ब्याख्या गरेका थिए । उनले थारु साहित्यकारहरु सतही रचनामा रमाउनु भन्दा अध्ययन, अनुसन्धान गरेर कलम चलाउनु पर्ने बताए ।  राष्ट्रिय थारू साहित्य सम्मेलनको उद्घाटनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी हौसला बढाउन आइपुगेका थिए ।  सम्मेलनमा थारु लेखक संघ नेपालद्वारा स्थापित राना थारु लोककथा संग्रह सोरठकी लेखिका लक्ष्मी रानालाई २५ हजार २५ रुपौयाँ नगद सहित सम्मान गरिएको थियो । संघको आजीवन सदस्यता तथा कार्यक्रम गरी बाँकी भएको रकमले अक्षयकोष स्थापना गरिएको छ । आगामी वर्ष पुरस्कार रकम ५० हजार पुर्याउने योजना रहेको छ ।  यस वर्षको सम्मेलनमा माघ महोत्सव पनि जोडिएकाले बहस र छलफलसँगै दर्जनौ थारू नाचहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रस्टाहरूले रचना वाचन पनि गरेका थिए । तर अरु वर्षको कार्यक्रम बहसमूलक नै केन्द्रीत गर्ने योजना छ । नाटककर्मी प्रणव आकाशले अरु वर्षको साहित्य सम्मेलनमा नाटक प्रदर्शनी, चित्रकला गोष्ठी, रचना प्रतियोगिता, लोककथा वाचन लगायतको सेसन राख्न उचित हुने सुझाएका छन् । तर बहसमूलक कार्यक्रममा अनेक कार्यक्रम मिसाउँदा अझ बोझिलो हुनेमा हामी आयोजक सचेत छौं । अन्तमा, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा हुने तय भैसकेको छ । रुपन्देहीले हामीलाई अर्को मौका दिनुपर्यो भनेर ढिपी गरिरहेका छन् । बर्दिया तथा कैलालीका युवा स्रष्टाहरु प्रत्येक वर्षको राष्ट्रिय थारू साहित्य सम्मेलन एकै ठाउँमा गर्नुपर्ने सुझाउँदै आफूहरु कार्यक्रम गर्न तम्तयार रहेको बताएका छन् । यो आलेख तयार पार्दा आख्यानकार महेशविक्रम शाहले आगामी सबै कार्यक्रम टीकापुरमा गर्न अनुरोध गर्दै बरु आफूहरुले सघाउने वाचा गरेका छन् । यी सबै अनुरोधले थारू साहित्य सम्मेलनको उडानकै क्रममा छ भन्ने देखाउँछ । तर थारु भाषाको पुस्तक प्राथमिक स्कूलमा लागु नभएसम्म थारु भाषा, साहित्यको श्रीवृद्धि हुन सक्तैन । हालसम्म कैलालीको कैलारी गाउँपालिकाले मात्रै आफ्नो पुरै गाउँपालिकामा थारु पुस्तक लागु गरेको छ । यसको सिको अरु पनि पालिकाहरुले गरुन् । थारु लेखकहरुले यसबारे समन्वय गरुन्, थारु लेखक संघको अभियान पनि यही हो ।  र, अन्तमाः राष्ट्रिय थारु साहित्य सम्मेलनका सबैभन्दा सक्रिय सहभागी दाङदेउखुरी मानपुरका भगवतीप्रसाद चौधरी होलान् भन्ने मलाई लाग्छ । पहिलो थारु पत्रिका गोचाली  (२०२८) का संस्थापक उनी अहिले राजनीतिलाई बिसाएर   पुस्तक                           लेखनमा निकै सक्रिय छन् । आफूले लेखेका पुस्तक आफै बोकेर ल्याउँछन् । कार्यक्रम सुरु हुनुभन्दा अघिल्लो साँझ कार्यक्रमस्थल पुगिसक्छन् । पुरै कार्यक्रम सकाएर मात्र जिल्ला फर्किन्छन् । धेरैलाई त आफू बक्ता भएको सेसनमा सहभागी हुने बित्तिक्कै भाग्न हतार हुन्छ । अनि धेरैको गुनासो हुन्छ, मलाई आसन ग्रहण गराइएन, अनि उद्घाटनपछि घर आएँ । अब आयोजकले एकैपटक सेसन सुरु गरेर आसन ग्रहणको चलन नै बन्द गर्ने हो कि ?   थारु गोचाली समाजका महासचिव कालुराम थारु ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनका कमाण्डर हुन् भन्ने मेरो ठहर छ, जो मात्र एक घण्टा निद्रा पुर्याएर कार्यक्रममा खटिए । उनलाई मेरो सलाम छ । साथै, जिल्ला जिल्लाबाट आएका सहभागीहरुलाई कार्यक्रमस्थलभन्दा २ किमी अगाडि  निबुवाटारका मित्र प्रेमसिंह थारु (हाल एआइपीपी थाइल्याण्डमा कार्यरत)को घरमा हामीले ‘केकर भोज वियाह केकर खँरिया बरिया’को जुन भीड लगायौं, तिनी र तिनका सम्पूर्ण परिवारका सदस्य साधुवादका पात्र छन् ।  धन्यवादको सूची बनाउँदा निकै लामो हुन्छ । तर ती बरघरहरुलाई सबैभन्दा बढी धन्यवाद छ, जसले हाम्रो पुस्तक प्रदर्शनीमा आएर निकै ध्यानका साथ पुस्तकका पाना पल्टाए । गुरुवा, बर्किमार, गुर्वावाक् जल्मौटि जस्ता पुस्तक खै त ? भनेर खोजी गरे । थारु गोचाली समाजका पदाधिकारीहरुलाई अर्जि छ, यस्ता किताब तपाईंहरुको बाँके जिल्लाबाटै प्रकाशन गरेर ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा पहुरा ल्याउनोस् । समापनमा मैले, ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनका स्थानीय संयोजक लक्ष्मी चौधरीलाई ठट्टाको शैलीमा अनुरोध गरेको छु, आउँदो कार्यक्रममा तपाईंको हातमा सन्तानसँगै पुस्तकरुपी सन्तान पनि होस् ।  सुशील चौधरी, जो थारु साहित्य सम्मेलनको सुत्राधार हुन् । उनी अहिले महिना दिनदेखि ब्रेन ह्याम्रेज भएर बेहोस अवस्थामा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघर, काठमाडौंको बेडमा संघर्ष गरिरहेका छन् । बीचमा होश आएको बेला, जसले थारु साहित्य सम्मेलनको तयारी के भैरहेको छ भनेर खोजीनीति गरिरहे, तिनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तिनका परिवारजनलाई सघाउन सप्रेम अनुरोध गर्छु । संकटमा परेकालाई समयमा साथ दिन सकिएन भने साहित्यमा लाग्ने उत्पे्ररणा शायदै जाग्ला ।   

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

महेन्द्रको ‘मिन्झारी’ विमोचन   

१३५५ दिन अगाडि

|

२९ माघ २०७९

महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ ।  प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । सो अवसरमा आख्यानकार पाण्डेले महेन्द्र उपाध्यायको ‘मिन्झारी’ आख्यान लेखनमा पहिलो प्रयास भए पनि धेरैको ‘नोटिस’मा पर्ने कृति लिएर आएको बताए । उनले भने,‘प्रत्येक खण्डको सुरुवात र अन्त्य गजबको छ । कथा भन्ने शैली मलाई गजब लाग्यो ।’ शान्ता चौधरीले ‘मिन्झारी’मार्फत् कमैया, कमलरीका कथा पस्किएर आफ्ना समुदायका समस्या उजागर गरेकोमा लेखक उपाध्यायलाई धन्यवाद दिइन् । लेखक उपाध्यायले थरुहट भूमि र थारु समुदायको पक्षमा आफू हिजो पनि रहेको, आज पनि रहेको अनि भोलि पनि रहने प्रतिबद्धता व्यक्त गरे । उनले कैलालीवासी आफूले थारु समुदायलाई नजिकबाट नियालेकाले तिनका कथाव्यथा आख्यानमा समेटेको बताए । कार्यक्रमको सहजीकरण भूमिका थारुले गरेकी थिइन् । आख्यान टीकापुर घटनाबाट सुरु गरिएको छ । काबु क्रियशनले प्रकाशन गरेको मिन्झारीको मोल ५७५ रुपैया रहेको छ ।