रञ्जिता, सीके र महन्थको पार्टीबीच कार्यगत एकताको घोषणा

 रञ्जिता, सीके र महन्थको पार्टीबीच कार्यगत एकताको घोषणा

१३२७ दिन अगाडि

|

२७ फागुन २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नजिकबाट नियाल्दा... 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नजिकबाट नियाल्दा... 

१३२९ दिन अगाडि

|

२५ फागुन २०७९

नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विहीवार निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । प्रस्तुत छ, त्रिभुवनचन्द्र वाग्लेको शब्दमा उनको वैयक्तिक विवरणः जन्मः २००१ असोज २९ गते, शनिबार  माताः ऋषिमाया पौडेल पिताः दुर्गाप्रसाद  पौडेल श्रीमतीः सविता पौडेल छोराछोरीः चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा),          एक छोरा चिन्तन पौडेल जन्मस्थानः तनहुँ जिल्ला मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८  पारिवारिक स्थितिः मध्यमवर्गीय किसान परिवार स्थायी बसोबासः व्यास नपा–८, बेलथुम्की, तनहुँ  हालको ठेगानाः कामनपा – १६ बोहोराटार, बालाजु  शिक्षा ः  शास्त्रीः संस्कृत साहित्य, २०२४ स्नातकोत्तरः नेपाली साहित्य २०२७ राजनीतिक संलग्नता नन्दीरात्रि माविबाट विद्यालय शिक्षा प्राप्त । नन्दीरात्रि मावि विद्यार्थी संघ अध्यक्ष । रानीपोखरी मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष । ९२०१५ सालदेखि २०२४ को अवधिमा०  – नन्दीरात्रि मावि विद्यार्थी संघ र संस्कृत मावि रानीपोखरी विद्यार्थी संघको नेतृत्व गरी जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।   – जननिर्वाचित संसद भङ्ग गरी २०१७ पुस १ गते सरकार प्रमुख प्रधानमन्त्री बीपी कोइरालालगायत नेताहरूलाई जेलमा राखेको दुःखद् घटनाविरुद्ध १५ वर्षकै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन पे्ररणा प्राप्त ।  हिमालयन छात्र संघ स्थापना, पोखरा, २०१६ नेपाल संस्कृत विद्यार्थी संघको महासचिवको हैसियतमा विद्यार्थी युनियनको अभियानमा संलग्न भई काठमाडौँ सम्मेलनमा सहभागी २०१७ गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३  स्वतन्त्र विद्यार्थी युनियन सरस्वती कलेजमा सदस्य निर्वाचित, २०२३ प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४ नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ ९संघको स्थापनामा मुख्य भूमिका निर्वाह० नेपाली काँग्रेस तनहुँको सदस्य २०३४ र जिल्ला उपसभापति २०३६ जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक र कार्यकारी सदस्य तनहुँ, २०३७ नेपाली काँगे्रस केन्दीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४० नेपाली काँगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३ नेपाली काँगेस केन्द्रीय महामन्त्री, २०६२ – २०६४ नेपाली काँगेस केन्द्रीय उपसभापति, २०६४ – २०७२ नेपाली काँग्रेस संसदीय दलको नेता, २०६४ –२०७० नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२ नेपाली काँगेस  केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति ९२०७२० भई केन्द्रीय नेतृत्वमा सक्रिय । कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह । नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर ।  जेल जीवन – भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा  विसं। २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।  – विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१ – नेपाल प्रहरीका तत्कालीन डिआईजी निष्काशनको विरोधका क्रममा हिरासत, २०२३ – प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा संलग्न भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४, पोखरामा ९ महिना र काठमाडौमा ६ महिना – प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२६ – नेपाल विद्यार्थी संघको स्थापनामा नेतृत्व गरी संघको उद्घाटन गरेको आरोपमा काठमाडामा ३ महिना हिरासत, २०२७ – रमाइलो झोडा काण्डको विरोध गरी कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा गिरफ्तार गरी २०२८ बाट २०३२ सम्म निरन्तर ४ वर्ष जेल बन्दी जीवनमा राखिएको ।  – नेपाली काँग्रेसको पटना सम्मेलन सन् १९७७ मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत, । यसै सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनसर््थापनाका लागि सत्याग्रह गर्ने निर्णय पारित गरेको थियो ।  – जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार र ६ महिना हिरासत ।  – पञ्चायती व्यवस्था अन्तगर्त २०३८ सालमा भएका राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र गाउँ÷नगर पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार वहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ र ६ महिना हिरासत ।  – पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनसर््थापनाका लागि नेपाली काँग्रेसले गरेको दोस्रो सत्याग्रह २०४२ सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार, ९ महिना हिरासत, २०४२  – नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासतमा, २०४५ – बहुदलीय व्यवस्थाको पुनस्र्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन  विस्तार गरेको आरोपमा  गिरफ्तार गरी बागलुङ् जेलमा ५ महिना हिरासत, २०४६ – शाही कदम २०५९ पछि करिव एक वर्ष नजरबन्द र हिरासत, २०५९ – दोस्रो जनआन्दोलन २०६२÷२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको – यी लयागत छोटा समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको ।  योगदान र उपलब्धि  – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८ – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१ – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६ – संविधानसभा सदस्य निर्वाचित, २०६४ – संविधानसभा सदस्य निर्वाचित, २०७० – प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९ – पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१ – कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१ – प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते देखि २०५६ सम्म – उपप्रधान तथा सूचना÷सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६ – उपप्रधान तथा गृहमन्त्री २०५६÷२०५८ – शान्ति समितिको संयोजक ९२०६१÷२०६२० – शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३÷२०६४ – नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता  २०६४÷२०७० पुरस्कार÷सम्मान  मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार महेन्द्र विक्रम शाह पुरस्कार ९महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र काँग्रेसका संस्थापक हुन्०  जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान ९२०२० सन्० प्रकाशित पुस्तक – नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास  – प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७ – नेपाली काँग्रेस र नेपालको आधुनिकीकरण – नेपाली काँग्रेस के भन्छ रु – आस्थाको यात्रा ९राजनीतिक विश्लेषण० २०५५ – नेपाली काँग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५  – कृषि क्रान्ति र समाजवाद – राजनीतिको राजमार्ग, २०७९ – नेपाली काँग्रेस रूपान्तरणको मार्गचित्र – नयाँ सन्दर्भमा समाजवाद – अभिशप्त इतिहास, माघ १९ को काण्डपछि  लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा अनलाईनहरूमा समसाययिक लेखरचना प्रकाशित   – जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।  भ्रमणः  नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत  स्मरणीय क्षण  – २०२५ सालमा बीपी कोइराला सुन्दरी जेलबाट रिहा हुनुभएपछि विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानुभई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिनुभएको । त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट । त्यस बखरतमा बीपीले पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेट्नु भएको ।   विशेष पहिचान – समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी  । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।  – नेपाली काँगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताकारुपमा परिचित । तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह । – द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति र सहकार्यका पक्षपाती ।  – राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन । ९ ‘रामचन्द्रका १४ वर्ष वनबास’० भनेर नेपाली राजनीतिमा चर्चित भनाइ स्थापित छ ।  अन्य – ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधार ।

साना नानीहरूको साथ साथ सुनिता ‘सानु’

साना नानीहरूको साथ साथ सुनिता ‘सानु’

१३३० दिन अगाडि

|

२५ फागुन २०७९

बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी ३३ वर्षीय सुनिता चौधरी (सानु) आफ्नो जीवनमा आएको उतारचढाव स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् । पहिलो पतिको देहान्तपछि काखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसँगै पति वियोगको पीडा र दोस्रो विवाहपछि झेलेको घरेलु हिंसालाई स्मरण गर्दा उनको आँखा रसाउँछन् । तर जीवन नै संघर्ष हो भन्ने यथार्थ बुझेकी सुनिता कुनै पनि चुनौतीसँग झुक्दिनन् । परिवार, समाजको मन जित्दै क्रमिक रुपमा सफलता हासिल गर्दै गएकी छन् उनी । आफ्ना २ बच्चासहित अहिले उनी ११ बच्चाको आमाको भूमिकामा छिन् । २०७० सालदेखि परिवार बालगृह सञ्चालन गर्दै आएकी उनी आफ्ना २ सन्तान र ९ जना अनाथ बालबालिकालाई आमाको माया र ममता दिएर हुर्काइरहेकी छन् । हालसम्म ६ जना बालबालिकालाई उनीहरुकै परिवारसँग पुनर्मिलन गराइसकेकी उनी २ महिना यता जुम्ल्याहा बच्चा समेत हुर्काइरहेकी छन् । र त, भवितव्य र हिंसाबाट विक्षिप्त बनेकी उनै सुनिता आज समाजमा ‘रोल मोडल’ छिन् । २०७० सालदेखि परिवार बालगृह सञ्चालन गरेकी उनी उच्च मनोबलका साथ अनाथ बालबालिकाहरुलाई माया र ममता दिएर हुर्काइरहेकी छन् । ‘जब मेरो ४ महिनाको छोरा  थियो । तब पहिलो श्रीमानको मृत्यु भयो । म विधुवा भए । म सोच्थेँ– म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको कोही पनि हुन्न, उनीहरुको के हालत हुन्छ ?’ पछि यही सोचले बालगृह सञ्चालनसम्मको यात्रामा आफूलाई डोर्‍याएको उनी बताउँछिन् । सुनिताको माइती घर राप्ती सोनारी गाउँपालिका–३, बाँके हो । उनको पहिलो विवाह मानपुर, दाङका कालुराम थारुसँग १३ वर्षको उमेरमा भयो । साँस्कृतिक कार्यक्रममा रुची राख्ने उनीहरुको साँस्कृतिक कार्यक्रमकै बिच प्रेम सम्बन्ध बढेको थियो । अन्ततः उनीहरुको प्रेम सम्बन्ध कलिलै उमेरमा भए पनि विवाह बन्धनमा परिणत भयो । सुरुवाती दिन साह्रै रमाइला थिए उनीहरुको । ४ महिनाको छोरा पेटमा हुर्किरहेको थियो । साँस्कृतिक कार्यक्रम भनेपछि हुरुक्कै हुने उनीहरु कार्यक्रममै रमाइरहेका थिए । दैवको लीला भनौँ कि संयोग ! कालुराम नाच्दा नाच्दै अचानक ढले । हृदयघातका कारण ढलेका कालुराम कहिल्यै नउठ्ने गरी ढलेछन् । अनि सुरु भयो सुनिताको कहालीलाग्दा दिनहरु । उता छोराको जन्म भयो । छोराको आगमनले खुसीयाली मनाउनुपर्नेमा उनी पतिको वियोग र अभावमा विक्षिप्त बनिन् । उसो त उनको ससुरालीमा अपुग केही थिएन । परिवारजनको राम्रो व्यवहार भए पनि उनी श्रीमानको अनुपस्थितिले बरालिन थालिन् । ‘सासु, ससुरा, जेठाजु, जेठानीले मलाई छोरी झै माया गर्थे । कहिले काहीँ त भन्ने गर्थे– राम्रो केटा खोजेर यहाँबाटै विवाह गरिदिन्छौँ’, उनले विगत सुनाइन्, ‘तर मैले विवाहबारे सोचिनँ । छोराकै मुख हेरेर बसेँ ।’ दिन बित्दै जाँदा पश्चिम नेपालकी थारु चेली छोरासहित पूर्वी नेपालको काँकडभिट्टा पुगिन् । नोट पोइन्ट बोर्डिङ स्कूलको होस्टेलमा काम गर्न गएकी उनी छोरासँगै त्यसै स्कूलमा कक्षा ७ कक्षामा भर्ना भइन् । २ वर्षपछि पुनः उनी फर्किइन् गृह जिल्ला । तर उनी न माइती घर बसिन्, नत ससुराली घर । बर्दियाको बाँसगढीमा उनी साथीको घरमा बस्न थालिन् । त्यहाँबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन् । सँगै जीविकोपार्जनका लागि नेटवर्कि· व्यवसाय थालिन् । उनले नेटवर्किङ व्यवसायमा राम्रो व्यावसायिक सफलता हासिल गरिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुग्न थालिन् । कञ्चनपुर उनको मामा घर पनि हो । त्यसैले कञ्चनपुरमा नेटवर्किङ व्यवसायमा आफूलाई निकै सफलता हासिल भएको सुनिता बताउँछिन् । यसैबीच कञ्चनपुरको बेलौरी गाउँपालिका–७, पौलाहाका आफ्नै ठूली आमाको छोरा दिलेन्द्र चौधरीसँग उनको भेट भयो । सुनिताको कार्यशैली, काममा निपूर्णताले गर्दा दिलेन्द्र निकै प्रभावित थिए । विधुवा महिला, त्यो पनि एक छोराको आमा । तर पनि दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे उनलाई । सुरुमा प्रस्तावप्रति पत्यार लागेन उनलाई । तर उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिन सँगै संघर्ष गर्ने बाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकारेनन् । ‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेनन् । उहाँले घरमा मलाई लिएर जाँदा परिवारजनले भौतिक र मानसिक यातना समेत दिए’, उनले भनिन्, ‘तर हामीले कुनै किसिमले प्रतिकार गरेनाँै । विश्वासकै भरमा श्रीमान र श्रीमतीको रुपमा सँगै बस्न थाल्यौँ ।’ भनिन्छ, मानवको मुस्कान, उसको स्वाभावले निर्जीवको पनि मन पग्लिन्छ रे । मान्छेमा प्रभाव नपार्ने त कुरै भएन । उनको त्यही गुणले गर्दा परिवारको सबैभन्दा प्यारी छिन् । उनी भन्छिन्, ‘आजभोलि मेरो परिवार म बिना अधुरो रहन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’ श्रीमानकै सहकार्य र काठमाडौंमा रहेको न्यू बिगेनिङ चिल्डे«न होमका सञ्चालक बबि अधिकारीको सहयोगमा उनले धनगढीमा बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा रहेका बालबालिकाहरुलाई धनगढीस्थित एक्सिस विद्या आश्रम इंग्लिस बोर्डिङ स्कूल र नाष्ट कलेजमा अध्ययन गराउँदै आएका छन् । उनका पति दिलेन्द्र पनि उत्तिकै सामाजिक कार्यमा तल्लीन छन् । दिलेन्द्र र सुनिताको मजबुत र प्रगाढ सहयात्राको छाँहरीमुनि सो बालगृह फक्रिदै गएको छ । श्रीमानलाई ‘दिलु’को उपनाम दिदै आएकी सुनिता भन्छिन्–‘जिन्दगीमा नाता अनि सम्बन्ध त धेरै नै हुने गर्छन् तर महत्त्वपूर्ण त त्यो हुन्छ, जुन आजीवन अनि हरपल एउटा साथी बनेर साथ निभाइरहेको हुन्छ । त्यस्तैल दिलुलाई सदैव सम्मान गरिरहन पाउँ ।’ सामाजिक क्षेत्रमा अग्रसरता अध्ययनप्रति औधी रुची राख्ने सुनिता सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छिन् । उनले सामाजिक संघ संस्थाको नेतृत्व समेत गर्दै आएकी छन् । उनी थारु कल्याणकारिणी सभा कञ्चनपुरकी सभापति र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कञ्चनपुरका कोषाध्यक्ष पनि हुन् । जन्मिनु ठूलो कुरा नभएको बताउने उनी जीवनको सार्थकता त्यतिबेला पाउने बताउँछिन् जतिबेला समाजले त्यो व्यक्तिबाट परिवर्तनको आभाष गर्छ । फलतः उनी समाजमा उदाहरणीय पनि छिन् । यसैबीच उनलाई बुधबार ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धनगढी महिला जेसिसले सम्मान समेत गरेको छ ।

थारु समुदायमा होली पर्व: आगो भित्र्याउने प्रचलन

थारु समुदायमा होली पर्व: आगो भित्र्याउने प्रचलन

१३३२ दिन अगाडि

|

२३ फागुन २०७९

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्। देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए। होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए। ‘होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ। देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ,’ उनले भने। सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, बरघरले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन्। आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उनले बताए। ‘होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ। होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन्। महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ,’ उनले भने। रासस

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

१३३५ दिन अगाडि

|

२० फागुन २०७९

थारू नायक, निर्देशक तथा निर्माता परशुराम चौधरीको निधन भएको छ ।  गायक राजु चौधरीका अनुसार स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा पोर्चुगलमा हृदयघातबाट शुक्रवार मृत्यु भएको हो ।  उनले थारु फिल्म ‘बौछार’ को निर्माण, निर्देशन पनि गरेका थिए । जीवन एक लडिया फिल्मको पनि उनी निर्माता थिए । उनी अभिनित अन्य चलचित्रमा ई कैसिन नाता, बुह्रान, कमैया, तागतलगायत रहेका छन् । नायक संगत थारु भन्छन्, ‘मलाई उहाँले नै फिल्म क्षेत्रमा ल्याउनु भएको हो । खास गरी थारु चलचित्र जगतमा उहाँको निधनले अपूरणिय क्षति भएको छ ।  अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी सन् २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् । उनकी जेठी पत्नी र एक छोरी काठमाडौंमा छन् भने कान्छी पत्नी र दुई छोरी पोर्चुगलमै छन् । पारिवारिक स्रोतका अनुसार उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ ।

जक्शन डिल्लीबजारः रेशम भेट्ने नेता हजार

जक्शन डिल्लीबजारः रेशम भेट्ने नेता हजार

१३३५ दिन अगाडि

|

२० फागुन २०७९

सागर चन्द जब डिल्लीबजार जेलमा नेताहरु आउजाउ गर्न थाल्छन्, तब बुझे हुन्छ राजनीतिक सरगर्मी बढ्यो । कसैलाई सत्तामा चढाउनुपर्यो– डिल्लीबजार । कसैलाई सिंहासनबाट ओराल्नुपर्‍यो– डिल्लीबजार । डिल्लीबजार जेलमा छन्– रेशम चौधरी । खासमा उनी कुनै औपचारिक पदमा छैनन् । तर नेताहरुलाई खोजी उनैको छ । भन्नलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक भनिएको छ । उसो त रेशमकी पत्नी रञ्जिता श्रेष्ठ यो पार्टीकी अध्यक्ष छिन् । उनी आफैं पनि डिल्लीबजार गइरहन्छिन् । पति भेट्नु त छँदैछ, राजनीतिक सल्लाह पनि गर्नुपर्‍यो । प्रतिनिधिसभामा ४ सिट र सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित उदाएको नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो पक्षमा पार्न नेताहरु चौधरीलाई राखिएको डिल्लीबजार कारागार धाउँछन् । ८ जनाको ज्यान जाने गरी २०७२ सालमा भएको टीकापुर घटनाको योजनाकार र मुख्य दोषी ठहर्‍याइएका हुन् चौधरी । राष्ट्रपति चुनाव नजिकिएसँगै राष्ट्रपतिमा उम्मेदवारी दिएका नेताहरु नागरिक उन्मुक्ति पार्टीको भोट माग्न डिल्लीबजार पुग्न थालेका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय र अध्यक्षलाई नभई नेताहरु जेलमा रहेका पार्टी संरक्षक चौधरीलाई भेट्न पुग्छन् । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग भन्दा नेताहरु जेलमा रहेका रेशमसँग बसेर राजनीतिक समीकरण मिलाउँछन् । १८ फागुनमा राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे । चौधरीको हालखबर बुझ्न होइन उनी २५ फागुनको राष्ट्रपति चुनावका लागि भोट माग्न डिल्लीबजार पुगेका थिए । शुक्रबार एमाले नेताहरु योगेश भट्टराई, भगवती चौधरी, कृष्णगोपाल श्रेष्ठ र ठाकुर गैरे डिल्लीबजार कारागार पुगेका थिए । उनीहरुले राष्ट्रपति निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको मत एमाले उम्मेदवार नेम्वाङलाई दिन आग्रह गरेका थिए । पार्टी कार्यालय र सांसदलाई भेटेर भोट माग्नुपर्ने राष्ट्रपति उम्मेदवार जेलमा पुगेर भोट माग्दैछन् । सत्ता समीकरणको समयमा सबैको चासो बन्ने गरेका चौधरीलाई भेट्न २६ माघ बिहानै एमाले नेता लेखराज भट्ट डिल्लीबजार कारागार पुगेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत माग्न भट्ट डिल्लीबजार पुगेका थिए । सुदूरपश्चिम प्रदेश सभामा निर्णायक भूमिकामा रहेको उन्मुक्ति पार्टीले विश्वासको मत नदिंदा तत्कालीन मुख्यमन्त्री रावलले पद गुमाए । विश्वासको मत नपाएर सत्ता गुमाउनु परेका राजेन्द्रसिंह रावल पनि १० माघमा चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए । एमालेको सरकार ढलेपछि नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भए । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा आफ्नो सरकार पनि गुम्ने बुझेका शाह २९ माघमा धनगढीबाट डिल्लीबजार पुगे चौधरीलाई भेट्न । चौधरीलाई भेटेर विश्वासको मत मागेका मुख्यमन्त्री शाहले २९ फागुनमा विश्वासको मत लिने भएका छन् । ४ मंसिरको चुनावपछि सरकार गठन गर्ने दौडधुप हुँदा पनि नेताहरुले डिल्लीबजारलाई आफ्नो मुकाम बनाएका थिए । ८ मंसिरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डिल्लीबजार कारागारमा चौधरीसँग दुई घण्टा समय बिताए । आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग माग्दै डिल्लीबजार पुगेका थिए प्रचण्ड । प्रचण्ड डिल्लीबजार पुगेपछि १३ मंसिरमा नेकपा समाजवादीका माधव नेपाल र बाबुराम भट्टराई चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे । त्यसो त चुनाव अगाडि ४ असार २०७९ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि चौधरीलाई भेट्न डिल्लीबजार पुगेका थिए । सत्ता जोगाउने, सरकार बनाउने समयमा डिल्लीबजार राजनीतिक शक्तिकेन्द्र जस्तै बन्छ । सत्ता आरोहणको टेको खोजिरहेका नेताहरु चौधरीलाई भेट्न डिल्लीबजार धाउँछन् । ५ पुस २०७७ मा गरिएको संसद पुनर्स्थापना र नेकपा विभाजन भएपछि सत्ता संकटमा परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र महेश बस्नेतलाई डिल्लीबजार कारागार पठाए । त्यतिखेर जनता समाजवादी पार्टी(जसपा)मा रहेका चौधरीलाई रिहा गर्ने विषय लिएर जसपालाई आफ्नो पक्षमा पार्न खोजे ओलीले । ७ भदौ २०७२ मा टीकापुरमा भएको झडपमा एक नाबालकसहित ८ जनाको मृत्यु भएको थियो । घटनाको मुख्य योजनाकार र दोषी किटान गर्दै प्रहरीले रेशमलगायत ५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घटना भएदेखि नै फरार रहेका रेशमले भूमिगत रहेरै निर्वाचनमा सामेल भएका उनले २०७४ मा कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मतसहित चुनाव जितेका थिए । भूमिगत रेशमलाई असोज २०७३ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा भेटेका थिए । त्यसपछि कैलाली जिल्ला अदालतसमक्ष आत्मसर्मपण गरेका चौधरी १४ फागुन २०७४ देखि जेलमा छन् । चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीले जन्मकैदको सजाय सुनाएको छ । त्यसविरुद्ध चौधरीले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा गत महिना भएको पहिलो सुनुवाइमा दुवै पक्षलाई अदालत झिकाउने आदेश भएको छ । चौधरीले आत्मसर्मपण गरेकै दिन तत्कालीन माओवादी केन्द्रबाट ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए रामबहादुर थापा बादल । बादल तिनै हुन् जो चौधरीलाई जुस पिलाएर अनशन तोडाएका थिए । २०७४ फागुनमा आफूलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाउनुपर्ने, निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने र टीकापुर घटनामा सजाय पाएकाहरुलाई रिहा गर्नुपर्ने माग राखेर रेशम वीर अस्पतालमै अनशन बसेपछि बादलले अदालती प्रक्रियाका बाहेक अन्य माग पूरा गर्ने आश्वासन दिएर अनशन तोडाएका थिए । टीकापुर घटनापछि ५ वटा सरकार बनिसकेका छन् । सरकार बनाउने समयमा र सरकार संकटमा पर्ने समयमा नेताहरु चौधरीलाई आफ्नो पक्षमा पार्ने अनेक प्रयास गर्छन् । १२ चैत २०७७ मा चौधरीको रिहाइको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरुलाई भेट्न तत्कालीन गृहमन्त्री बादल पनि पुगेका थिए । फौजदारी अभियोगमा सजाय पाइरहेका चौधरीलाई रिहा गर्ने वचन बाँड्दै सत्ताको भर्‍याङ चढ्छन् नेताहरु । सत्तामा रहुञ्जेल राजनीतिक परिदृश्यबाट हराउँछन चौधरी । उनी र उनको मुद्दा महत्वहीन हुन्छ । तर, जसै सत्ता डगमगाउन थाल्छ नेताहरु फेरि डिल्लीबजार धाएर चौधरीको महिमा गाउन थाल्छन् । कसले कहिले भेटे रेशम चौधरीलाई १८ फागुन २०७९ : रामचन्द्र पौडेल २६ माघ २०७९ : लेखराज भट्ट २९ माघ २०७९ : कमलबहादुर शाह १० माघ २०७९ : राजेन्द्रसिंह रावल ८ मंसिर २०७९ : पुष्पकमल दाहाल प्रचण्ड १३ मंसिर २०७९ : माधव नेपाल, बाबुराम भट्टराई ४ असार २०७९ : बाबुराम भट्टराई, सीके राउत १३ चैत २०७७ : महेश बस्नेत ३ चैत २०७४ : रामबहादुर थापा बादल,     अनलाइनखबरबाट

‘कोशीमा बग्यो माओवादीः  विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए’

‘कोशीमा बग्यो माओवादीः विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए’

१३३७ दिन अगाडि

|

१८ फागुन २०७९

अर्जुन आचार्य   प्रदेश १ ले नामकरणको लामो बहसपछि नाम पाएको छ । नामका विभिन्न विकल्पमा छलफल र बहस भएकोमा अन्ततः ‘कोशी’ नाम टुङ्गो लागेको छ । लामो रस्साकस्सीपछि यो प्रदेशले नाम टुङ्ग्याएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा नाम पाउन नसकेको प्रदेशले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै यो विषय टुङ्गो लगाएको छ । अहिले पहिचानको आन्दोलन कमजोर छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गिएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलन निरन्तर चलिरहेको छ । यहाँ लामो समयदेखि भाषिक आन्दोलन भए । विभेद विरुद्धका आन्दोलन भए । २५० वर्षयता निरन्तर आन्दोलनको इतिहास बनिरहेको छ । सबैभन्दा धेरै पहिचानको आन्दोलन गर्नेमा २ नम्बर प्रदेश (हालको मधेस) र १ नम्बर प्रदेश नै हो । २ नम्बर प्रदेशलाई ‘मधेस’ नामकरण गरेसँगै त्यहाँको आन्दोलनले उठाएको मुख्य माग सम्बोधन भएको छ । तर, प्रदेश १ मा आदिवासी जनजातिको आन्दोलनलाई एमाले र कांग्रेसले ‘कोशी’मा लगेर सेलाएका छन् । यसले निरन्तरको विभेद, असन्तुष्टि, अशान्ति र द्वन्द्वलाई दीर्घकालसम्म लैजाने सम्भावना बढेको छ । प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्थ्यो । त्यो आन्दोलन कोशीले गरेको थिएन । आन्दोलन त केवल समुदायले गरेको हो । यहाँका आदिवासी, जनजाति, प्रकृति पूजकहरुले आन्दोलन गरेका थिए । त्यसकारण पहिचानको आन्दोलनलाई सम्बोधन गरेर एउटा द्वन्द्व र अशान्तिलाई सदाका लागि अन्त्य गर्ने अवसरबाट हाम्रो प्रदेश वञ्चित भएको छ । सशस्त्रदेखि शान्तिपूर्ण आन्दोलनसम्म नेपालमा २००८ सालमा इमानसिंह चेम्जोङको नेतृत्वमा लिम्बुवान आन्दोलनको लागि संगठन बनेको थियो । उक्त संगठनमा क्षेत्री बाहुनहरुको पनि आबद्धता थियो । त्यसबेला लिम्बूको भाषा पढ्दा नै देशद्रोहीको आरोप लाग्थ्यो । लिपी लेख्दा नै देशद्रोहीको मुद्दा लगाएर जेलनेल लगाउने चलन थियो । २०४२ सालमा वीर नेम्वाङको नेतृत्वमा भाषा संरक्षणको आन्दोलन भयो । उक्त आन्दोलनमा नेम्वाङसहितका आन्दोलनकारी जेल परेका थिए । आन्दोलनकै निरन्तरतामा २०६२ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दर्ता भयो । हालसम्म सो पार्टीले अरुणपूर्व लिम्बूवान राज्य हो भन्दै कुरा उठाइरहेको छ । सोही पार्टीको नेतृत्वमा २०६४ सालमा १८ दिन, १९ दिन, २५ दिनसम्म चरणवद्ध आन्दोलन भए । आन्दोलनमा इलाम चुलाचुलीका राजकुमार आङ्देम्बेलाई झापाको कमल खोलामा गोली ठोकेर मारियो । झापा पृथ्वीनगरका मनिल तामाङ पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समानुपातिक प्रणालीको माग गर्दा मारिएका थिए । उनीहरु दुवै जनालाई राज्यले सहिद घोषणा गर्यो र परिवारलाई १० लाख क्षतिपूर्ति पनि दियो । त्यही बिचमा सात राजनीतिक दल सम्मिलित सरकारी वार्ता समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबिच २०६४ साल फागुन १८ गते ५ बुँदे सम्झौता भयो । सम्झौताको तेस्रो बुँदामा लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहटलगायतका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जातीहरुको ऐतिहासिक पृष्ठभूमिलाई समेट्ने प्रतिबद्धता गरिएको छ । त्यसपछि यो आन्दोलन शान्तिपूर्ण प्रदर्शन र धर्नामा सीमित भयो । यस्तै किरात राज्यको माग गर्दै यसअघि गोपाल किराँतीले नेतृत्व गरेको सशस्त्र आन्दोलनलाई पनि हामीले बिर्सन हुँदैन । उक्त आन्दोलनमा १ जना मारिएका छन् भने कतिपय अपाङ्गता भएका छन् । कतिपयले बन्दी जीवन बिताउनु परेको छ । किराँत राज्यको माग गर्दै सबैभन्दा लामो बन्दी जीवन बिताउने सोलुखुम्बुका भाइ किराती हुन् । २०५५ साल जेठमा पक्राउ परेका भाइ किराँती ८ वर्ष ९ महिना जेल बसेका थिए । गोपाल किराँतीको नेतृत्वमा ०४९ सालमा किराँत राज्यकै लागि खम्बुवान राष्ट्रिय मोर्चा गठन भयो । उक्त संगठनले ०५४ साल साउनदेखि सशस्त्र आन्दोलन सुरु गरेको थियो । ०५९ साल असारबाट सो पार्टी किराँत वर्कर्स पार्टी भयो । ०६० साल असारमा सो संगठन माओवादीमा समाहित भएको थियो । सो क्रममा भोजपुरका राजेन राई किराँती (मण्डेला)को २०५८ साल माघ १० गते हत्या भयो । त्यसयता सो संगठनका ४ जना घाइते भए । दुई जनालाई पक्राउ गरियो । किराँतीको नेतृत्वमा भएको सो अभियानमा त्यस बेला केही सशस्त्र फौज माओवादी जनमुक्ति सेनामा समाहित भएका थिए । उनीहरुले त्यस बेलासम्ममा ८ सय थान भरुवा बन्दुक, २ दर्जन बारबोर बन्दुक, ३२ थान रिभल्भर पेस्तोल, दर्जनौं ग्रिनेटलगायत जम्मा गरिसकेका थिए । माओवादीसँग एकतासँगै उनीहरुले उक्त हतियार पनि माओवादीलाई नै बुझाए । हातहतियार पहिचानको आन्दोलनका लागि उठेको थियो भन्ने कुरा अहिले बिर्सनु हुँदैन । त्यसपछि २०६० साल माघमा किराँत गणराज्य सरकार घोषणा भयो । ०६३ सालको शान्ति सम्झौतामा विघटन भयो । ०६४ साल साउनमा माओवादीले फेरि पार्टीको तर्फबाट किराँत राज्य, लिम्बूवान राज्य निर्माण गर्यो । किराँती त्यसबेला लिम्बुवान, कोचिला, किराँत, खम्बुवान सबै मिलाएर किराँत गणराज्य बनाएको स्मरण गर्छन् । अहिले कोशी भनेर प्रदेशको नामकरण गरेपछि अशान्ति हुने उनी बताउँछन् । अधिकार पाउँदा सबैले पाउने नपाउँदा कसैले नपाउने नेपालको अवस्था हो । ‘प्रदेश पहिचानलाई नसमेटी निर्णय गरेको खण्डमा कुन ढंगले आन्दोलन हुन्छ भन्न सकिँदैन । तर, पहिचान र प्रगतिशील आन्दोलन हुनेमा दुईमत छैन,’ किराँती भन्छन् । कसैले भूमिगत त कसैले सार्वजनिक हिसाबले पनि आन्दोलन र विरोधका कार्यक्रमहरु गरिरहेका छन् । लिम्बुवानका तत्कालीन योद्धा कांसोरेलाई राणाको सेना रघुवीरले वार्ताको नाममा झुक्याएर मारेपछि पहिचानको आन्दोलन पूर्वमा जारी छ । कांसोरेलाई अरुण र सभाखोलाको संगमस्थलमा मारिएको इतिहास छ । लिम्बुवानको शासनकालमा कौशिक ऋषि आएर तपस्या गरेको र उनैको नामबाट कोशी नदी नाम रहन गएको इतिहास छ । सोही इतिहासको आधारमा नाम राख्नु आफूहरुको अपमान हुने भन्दै आदिवासी जनजातिले आवाज उठाइरहेका छन् । तर, कोशी प्रदेशको प्रस्ताव राख्ने क्रममा नेकपा एमालेले कोशीले सबै धर्म, जातजाति, संस्कृति र सभ्यतालाई समेट्ने दाबी गरेको छ । ‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ । पूर्व प्राज्ञ सभा सदस्य अमर तुम्याहाङ भन्छन्, ‘कोशीमा बग्यो माओवादी । विद्रोहको झण्डा बरु नेकपा (एस) र जसपाले उठाए ।’ तर  कोशीमा मओवादी मात्रै होइन ठूला दल काँग्रेस र एमाले पनि बगे ।