धनगढीमे गोंरि डारल समाज रुपान्तरणके लाग ‘बातचित घर’

धनगढीमे गोंरि डारल समाज रुपान्तरणके लाग ‘बातचित घर’

१३०० दिन अगाडि

|

२४ चैत २०७९

केन्द्रको असर सातै प्रदेशमा पर्छः मुख्यमन्त्री शाह

केन्द्रको असर सातै प्रदेशमा पर्छः मुख्यमन्त्री शाह

१३०२ दिन अगाडि

|

२३ चैत २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह मन्त्रिपरिषद विस्तारमा ढिला हुनुलाई स्वाभाविक मान्दछन् । मन्त्रिपरिषद विस्तार हुन नसक्दा अधिकांश मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका मुख्यमन्त्री शाहले केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि भागबण्डा गर्नु पर्दा केही ढिला भएको बताए । संघ सरकारले प्रशासनिक सवालमा प्रदेशलाई अधिकार दिएन भन्ने गुनासो बढिरहेको समयमा राजनीतिक रुपमा पनि आफ्नो मन्त्रिपरिषद विस्तार गर्न प्रदेश सरकारले संघकै निर्णय कुरेर बस्नु संघीयताको दृष्टिले कति उपयुक्त हो भन्ने प्रश्नमा उनी राजनीतिक समीकरण फेरबदल भएका कारण यसलाई पनि सामान्य रुपमा लिनुपर्ने तर्क गर्दछन् । यिनै सेरोफेरोमा केन्द्रित रही लखन दहितले मुख्यमन्त्री शाहसँग गरेको संक्षिप्त कुराकानीः मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्दैछ, कस्तो अनुभूति रह्यो ? जिम्मेवारीबोध भएको छ । राम्रो सिकाइ भएको छ । केही गर्नुपर्छ, केही नयाँ सन्देश दिनुपर्छ भन्ने लागेको छ । समग्ररुपमा यो समय सिकाइ र बुझाइको क्रममा बितेको छ । यो बिचमा समग्र सुधारको कदम अगाडि चालेका छौँ ।   २ वटा मन्त्रालय बाहेक सबै मन्त्रालयको भार तपाईसँगै छ । यो भार कहिलेसम्म बोक्नुहुन्छ ? म आफै पनि सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्बन्धित मन्त्रीज्यूलाई दिन पाए हुन्थ्यो भन्ने पक्षमा छु । यसमा म चिन्तित नै छु । तर समग्र रुपमा के हो भने, राष्ट्रिय राजनीतिमा परिवर्तन आइसकेपछि त्यसको असर प्रदेशमा पनि पर्छ । राष्ट्रपति निर्वाचनका क्रममा नयाँ गठबन्धन सिर्जना भयो । त्यसपछिको सरकारमा थपघट हुने, विस्तारको क्रम जारी छ । त्यस कारणले यहाँ ढिलाइ भएको छ । संघीयतामा प्रदेश स्वायत्त हुन्छ भनिन्छ तर प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिन पनि केन्द्रकै भर पर्नुपर्ने अवस्था कहिलेसम्म रहला ? यस्तो छ, भर पर्नुपर्ने बाध्यता त हो तर हाम्रो प्रदेशको मात्रै कुरा होइन । राष्ट्रिय राजनीतिमा परिवर्तन आइसकेपछि र गठबन्धन नयाँ तरिकाले गइसकेपछि त्यसको असर त सातै प्रदेशमा पर्छ । त्यो स्वाभाविक हो । हाम्रो प्रदेशमा मात्रै प्रभाव परेको भए तपाईले भने कुरामा अलि बढी सोच्नुपर्छ कि १ सबै प्रदेशमा असर परेकाले मन्त्रीमण्डल विस्तारमा ढिला भएको छ । तथापि केन्द्रमा प्रदेशको बारेमा छलफल सुरु भएको सूचना पाएको छु । आधिकारिक जानकारी त छैन । तै पनि प्रदेशको बारेमा छलफलको सुरुवात भएको छ । यहाँ मैले पनि गठबन्धनभित्रका संसदीय दलको नेताहरुको बैठक बोलाएको छु । छिटोभन्दा सरकारलाई पूर्णता दिने गरी छलफल गर्दैछौं ।     यो बेला चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेट निर्माणको तयारी हुनुपर्ने हो । सम्बन्धित मन्त्रालयमा मन्त्री नहुँदा यी काम प्रभावित हुँदैनन् रु कर्मचारीहरु पनि अभिभावकविहीन जस्ता भएका होलान् नि रु उहाँहरु (कर्मचारी)ले कसरी लिनुभयो, उहाँहरुको कुरा हो । तर सबैलाई के सन्देश दिन चाहन्छु भने अब बजेटको निर्माण नयाँ तरिकाले हुन्छ । त्यसको सुरुवात भइसकेको  बजेटमा नयाँ के हुन्छ ? नयाँ तरिका भनेको स्थानीय तह, स्थानीय जनताको यो बजेटमा समावेशिता कसरी हुन्छ रु उनीहरुको चाहना, इच्छालाई कसरी सम्बोधन गर्न सकिन्छ रु बढीभन्दा बढी बजेट विनियोजन गर्ने सन्दर्भमा विनियोजित बजेटले बढीभन्दा बढी समाजलाई कसरी समेट्न सकिन्छ रु बढीभन्दा बढी जनताले कसरी सुविधा प्राप्त गर्न सक्छन् रु त्यसको बारेमा छलफल सुरु भएको छ । यसैबिच गाउँपालिका र नगरपालिकाका प्रमुखहरुसँग छलफल भएको छ । यही तवरले हामी वडाका साथीहरुलाई पनि छलफलमा सहभागी गराउन चाहन्छौं । हरेक सेक्टरमा छलफल, संवाद, विगतको हाम्रो बजेटको स्वरुप, परिस्थिति, आउने बजेटको स्वरुप, परिस्थितिमा छलफल गर्दैछौं । सबैले महसुस गर्ने गरी बजेट ल्याउँछौं ।   चालु आर्थिक वर्ष को बजेट ३६ अर्ब ७४ करोड छ । अहिले देशकै अर्थतन्त्र धर्मराएको अवस्था छ । आउँदो बजेटको आकार र प्राथमिकता कस्तो रहन्छ ? म तपाईलाई एउटा कुरा भन्छु, नेपालको अर्थतन्त्र धेरै सुधारोन्मुख छैन । यसको अन्तर्राष्ट्रिय र राष्ट्रिय असर धेरै छन् । विशेष गरी नेपालको सन्दर्भमा हामी जुन रुपमा बजेटमा वितरणमुखी भयौं नि, त्यो वितरणमुखी बजेटले राज्यको प्रणालीमा धेरै ठूलो असर गरेको छ । यहाँको पनि त्यही अवस्था छ । विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असर नेपाल पनि पर्छ । कोभिड महामारीपछि नेपाल उठ्न सकेको छैन । यो स्वाभाविक कुरा हो । अबको बजेटले धेरै ठूलो परिवर्तन गर्न सकिन्छ भनेर मैले भन्नु प¥यो भने असान्दर्भिक हुन्छ । त्यो म भन्न सक्दिनँ । तर म एउटै कुरा भन्छु, हाम्रो स्रोत साधन जे छ, त्यसको सदुपयोगको पाटो राम्रोसँग भयो कि भएन भन्ने सन्दर्भमा त्यसको जवाफ मैले दिनुपर्छ । अहिले नै बजेटको आकारतर्फ जान सम्भव नहोला ।   प्रदेशको न्यूनतम साझा कार्यक्रम कहिले आउँछ रु के कस्ता सवाल र आयोजनाहरुको प्राथमिकीकरण होला ? प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल सुरु भएको छ । मन्त्रिपरिषद विस्तारपछि आउँछ । न्यूनतम साझा कार्यक्रमबारे पनि सबै समूह, समुदाय, राजनीतिक दलसँग छलफल गरिरहेका छौं । न्यूनतम साझा कार्यक्रम सबैको सहमतिमा अगाडि बढ्ने प्रयत्न हुन्छ । मलाई विश्वास छ, त्यो वातावरण बन्छ । यसमा खासगरी अहिले अर्थव्यस्था सुधारका लागि के गर्न सकिन्छ रु के आधारमा नयाँ गर्न सकिन्छ रु त्यसपछि लक्षित वर्गका लागि कसरी बजेट विनियोजन गर्न सकिन्छ रु हाम्रा प्रदेशका गौरवका अयोजनाहरु के–के रहन सक्छ रु शिक्षा, स्वास्थ्य क्षेत्रमा हामीले एक रुपता ल्याउने कुरामा, सुधार गर्ने कुरामा के–के गर्न सक्छौं त रु यहाँको औद्योगिकीकरण, पर्यटनको विकास, कृषिको विकास, यी सबै सेक्टरमा हामी कसरी अगाडि बढ्न सक्छौं रु यी कुरामा हाम्रो सबैको सहमति बन्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढ्छौं ।

मुख्यमन्त्री शाहले विश्वासको मत पाएको महिना दिन पूराः सरकार अहिलेसम्म किन अधुरा ?

मुख्यमन्त्री शाहले विश्वासको मत पाएको महिना दिन पूराः सरकार अहिलेसम्म किन अधुरा ?

१३०४ दिन अगाडि

|

२१ चैत २०७९

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएको करिब दुई महिना हुँदैछ भने उनले विश्वासको मत लिएको एक महिना पूरा भएको छ । मुख्यमन्त्री शाहसहित २ मन्त्री माघ २६ गते नियुक्त भएका हुन् । फागुन २१ गते मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत पाएका थिए । केन्द्रकै मुख ताकेपछि हालसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । यसअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको थियो । तर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको दुई साताभन्दा बढी समय बिते पनि प्रदेश सरकार विस्तार हुन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि आगामी वर्षको बजेट निर्माणको प्रक्रियामा समेत अन्योल देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘कुनै पनि घरमा अभिभावक नभएको अवस्था के हुन्छ आफै अनुमान गर्नुस् । हामी नियमित कार्य त जारी राखेकै छौं । तर ठूलो निर्णयहरु, नीतिगत सवालहरुमा त मन्त्री नहुँदा हामी कसरी अगाडि बढाउन सक्छौं र ?’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशी पनि बजेट तयारीबारे अन्योल रहेको बताउँछन् । मन्त्रीविहीन हुँदा सामाजिक विकास मन्त्रालय बजेट निर्माणको चरणमा अझै जान नसकेको जोशीको भनाइ छ । सत्ता गठबन्धनले मन्त्रीमण्डल विस्तारमा ढिलाइ गर्नु गैरजिम्मेवारीपनको नमुना रहेको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको छ । नेकपा एमालेका सांसद धर्मराज पाठकले नेपाली कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन जनताप्रति गैरजिम्मेवार देखिएको बताए । उनले भने, ‘मन्त्रीमण्डलले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित छन् । सरकारले सदनलाई बिजनेस दिन सकेको छैन । यो सबै सरकारको अकर्मण्यताको कारण हो ।’ बजेट बनाउने समय आइसक्दा पनि सत्तारुढ गठबन्धनको ध्यान कुर्सीको भागबण्डामै केन्द्रित रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका सांसद तथा उपनेता अक्कल रावलले सुदूरपश्चिम मात्रै होइन, सबै प्रदेशको सत्ता समीकरण फेरिएकाले प्याकेजमै भागबण्डा टुंग्याइने बताए । केही दिनमा सबै विषयको टुंगो लाग्ने गरी छलफल अगाडि बढेको उनको भनाइ छ । यसैबिच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारमा अझै ८, १० दिन समय लाग्ने बताएका छन् । उनले भने, ‘हामी सरकारबारे निकै गम्भीर छौं । बजेट निर्माण तयारी सुरु भएको छ । राष्ट्रिय राजनीतिमा नयाँ समीकरण भयो । त्यसैले पनि केही ढिला हुन गएको हो । मन्त्रीमण्डलले छिटै पूर्णता पाउँछ । ८, १० दिनभित्रै पूर्णता पाउनेमा आशा गरौं ।’ सुदूरपश्चिम प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने छ । यहाँ ५३ सदस्यीय प्रदेशसभा छ । माघ २६ गते नियुक्त मुख्यमन्त्री शाहसँगै नेपाली कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

के विरुवा पनि रुन्छ ?

के विरुवा पनि रुन्छ ?

१३०५ दिन अगाडि

|

२० चैत २०७९

वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो । बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्। इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिया गर्छन्। ‘बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्छन्। रसायन उत्सर्जन गरेरसमेत बिरुवाले सञ्चार गर्दछ,’ उनले भनेका छन् । यो कुरा पत्ता पाएका अदानीलाई बिरुवाले तनावको स्थितिमा उत्पन्न गर्ने आवाजबारे अनुसन्धान गर्न मन लाग्यो। यसअघि त्यस विषयमा कुनै पनि सन्दर्भ सामग्री नभएकाले अनुसन्धान पनि चुनौतीपूर्ण नै थियो। तर अदानीले योसी योभलसँग भेट गरेर  यस विषयमा अनुसन्धान गर्ने निधो गरे। उनीहरूले आफ्नो अध्ययन टमाटर र सुर्तीको बिरुवामा केन्द्रित गर्ने निधो गरेका थिए। यी बिरुवाको आनुवंशिकी बुझ्न सहज हुने भएकाले  उनीहरूले टमाटर र  सुर्ती चयन गरेका थिए। यी अनुसन्धानकर्मीहरूले टमाटर  र सुर्तीको बिरुवालाई ध्वनीरहित बाक्समा राखेर त्यहाँ माइक राखिदिए। बिरुवाको डन्ठीमा उनीहरूले माइक राखेका थिए। त्यसपछि उनीहरूले बिरुवा सुख्खा हुँदा र डन्ठी काटेर चोट पुग्दा विशेष ध्वनी निकाल्ने पत्ता लगाए। बाकसमा राखिएको बिरुवाबाट आएको ध्वनीबारे करेसामा रहेका बिरुवासँग पनि अनुसन्धान गरिएको थियो। त्यसबेलासमेत बिरुवाले उस्तै ध्वनी निकालेपछि उनीहरूले बिरुवा तनावमा हुँदा रूने निष्कर्ष निकाले हुन्। यान्त्रिक विधिबाट परीक्षण गर्दा त्यस्ता ध्वनी निकालेका बिरुवाहरू या त सुख्खा थिए या त  उनीहरूमा केही चोटपटक लागेको थियो। टमाटर र सुर्तीपछि अंगुरको झुप्पामा समेत यो अनुसन्धान गरिएको थियो। ‘बिरुवाको आवाजले संचार गर्ने सन्देश के हुनसक्छ भन्ने निष्कर्ष सहितको यो अनुसन्धान निकै महत्वपूर्ण छ। यसलाई अझै परिष्कृत गर्न सकिन्छ,’ क्यालिफोर्निया विश्वविद्यालयका इकोलोजिस्ट रिचार्ड कबानले भने। एजेन्सी 

१२ जना नवनियुक्त मन्त्रीले लिए शपथ

१२ जना नवनियुक्त मन्त्रीले लिए शपथ

१३०८ दिन अगाडि

|

१७ चैत २०७९

नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार १२ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय जनगणनाः जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवालाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता

राष्ट्रिय जनगणनाः जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवालाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता

१३०८ दिन अगाडि

|

१६ चैत २०७९

 राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनालाई जोडेर जातजाति, भाषा र धर्मबारे फिंजाइएका हल्लाहरु गलत भएको बताएको छ । कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्याङ्क सार्वजनिक गरेको छैन । तर, सामाजिक सञ्जालहरुमा यी तथ्यांकबारे गलत हल्ला फिजाइएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता नेविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएका छन् । यसमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग कार्यालयले छलफल गरिरहेको छ । यस्तो उजुरी थरलाई जात कायम गर्ने, जात अनुसार मातृभाषा कायम गर्ने, ठाउँ अनुसार भाषा कायम गर्ने, २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोड्न र कतिपयलाई अलग गर्न उजुरी परेको हो । तर, पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धर्मसँग जोडिएर आएका विषय पूर्ण रुपमा गलत, भ्रामक र अन्योल सिर्जना गर्ने खालका भएको कार्यालयले जनाएको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने काम भइरहेको र चाँडै सार्वजनिक गरिने समेत कार्यालयले बताएको छ ।  जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक नहुँदा तथ्याङ्क नै अधुरो हुन पुगेको छ ।

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

१३१० दिन अगाडि

|

१४ चैत २०७९

म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ। सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ। सैनिक सरकारले निर्वाचन आयोगमा दर्ता हुन दिएको समयमा दर्ता नभएको भन्दै म्यानमारको निर्वाचन आयोगले ती दलहरू खारेज गरिदिएको बताइएको छ। सन् २०२१ मा म्यानमारमा सेनाले नागरिक सरकार अपदस्त गर्दै सत्ता हातमा लिएको थियो। त्यसअघि सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले संसदमा बहुमत ल्याएको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको भन्दै कू गरेको थियो।  राजनीतिक दलहरूलाई दर्ता हुन आह्वान गरे पनि सेनाले चुनावको मिति तोकेको छैन। विभिन्न मुद्दा लगाइएकी ७७ वर्षीया सुकीलाई ३३ वर्ष जेल सजाय सुनाइएको छ। सुकीको दलले भने सैनिक सरकारले गर्ने अवैधानिक चुनावमा आफूले भाग नलिने बताएको छ। एजेन्सी