राष्ट्रपतिको संघारः प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको  त्यो १७ हार

राष्ट्रपतिको संघारः प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको त्यो १७ हार

१३४१ दिन अगाडि

|

१४ फागुन २०७९

कञ्चनपुरका अगुवा किसान आसरे रानाः मिश्रित बालीबाट मनग्गे आम्दानी

कञ्चनपुरका अगुवा किसान आसरे रानाः मिश्रित बालीबाट मनग्गे आम्दानी

१३४२ दिन अगाडि

|

१३ फागुन २०७९

एउटा भनाइ छ, काइदा जाने फाइदा हुन्छ । कञ्चनपुरको एक अगुवा कृषक त्यही बाटोमा अग्रसर छन्, एउटा बालीमा लगानी गरेर अर्को बालीबाट शुन्य लगानीमा मनग्ये आम्दानी लिइरहेका छन् ।  उनी हुन्, कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय आसरे राम बडायक । उनी ६ विघामा व्यावसायिक ढंगले धान, गहुँ, उखु  आलु, तोरी, मसुरोलगायत खेती गर्छन् । उनको खेती गर्ने शैली भने अन्य किसानभन्दा निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत त घटेको छ नै,बालीको उत्पादन बृद्धि भई प्रशस्त आम्दानी गर्न पनि सफल भएका छन् । विगत ८ वर्षदेखि व्यावसायिक उखुु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रुपमा उखुु र आलु, तोरी र मसुरोखेती सँगै गर्दै आएका हुन् । कार्तिकमा उखुसँगै रोपिएको आलु भित्र्याउनलाई तयार छ भने उखुको आँखला बेर्नामा ३-४पातसहितको पालुवा आइसकेको छ । त्यस्तै, केही प्लटमा उखुुसँगै रोपिएका तोरी भित्र्याइसकेका छन् भने मसुरो बाली लहलहाउँदो छ । मिश्रित बालीमा लाभैलाभ कृषि फर्ममार्फत् व्यावसायिक उखुु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो । ‘उखुुसँगै मिश्रित बालीको रुपमा आलु खेती गर्न सकिने तालिमबाट म निकै प्रभावित भएँ। आलु आलीमा र उखु केही दुरीमा रहेको नालीमा रोपिन्छ’, मिश्रित बालीबारे उनले भने ।  किसान आसरेको बारीमा कार्तिकमा उखुसँगै रोपिएको आलु भित्र्याउनलाई तयार छ भने उखुको आँखला बेर्नामा ३-४ पातसहितको पालुवा आइसकेको छ । त्यस्तै, केही प्लटमा उखुुसँगै रोपिएका तोरी भित्र्याइसकेका छन् भने मसुरो बाली लहलहाउँदो छ । किसान आसरेको बारीमा कार्तिकमा उखुसँगै रोपिएको आलु भित्र्याउनलाई तयार छ भने उखुको आँखला बेर्नामा ३-४ पातसहितको पालुवा आइसकेको छ । त्यस्तै, केही प्लटमा उखुुसँगै रोपिएका तोरी भित्र्याइसकेका छन् भने मसुरो बाली लहलहाउँदो छ । उनका अनुसार यसरी उखुुमा प्रयोग हुने मल आलुलाई काम लाग्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर खर्च जोगिन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ । सुरुवाती वर्षमा १ विघा क्षेत्रफलमा मिश्रित बालीको रुपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले कत्ति पनि हतोसाहित भएनन् । दोस्रो वर्षमा पनि उनको मेहनतले रंग ल्यायो ।  वर्षमा ३० लाखसम्म मुनाफा व्यावसायिक कृषिलाई आफ्नो जीवनको लक्ष्य बनाइसकेका बडायक आफूलाई अपुगका ज्ञान र सीप सिक्ने कुरामा कहिल्यै पछि पर्दैनन् । प्राविधिक ज्ञानका लागिकहिले अन्य निकायको सहयोग माग्छन् भने कहिले इन्टरनेटमा सर्च गर्छन् । महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिमसमेत लिइसकेका छन् उनले । बडायक पछिल्लो समय उखु र थारु आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोग समेत पाउँदै आएका छन् । उनी गत वर्ष २ विघा ५ कठ्ठामा उखुु र रैथाने थारु आलु मिश्रित खेती गरेका थिए भने विघामा आलु खेती मात्रै गरेका थिए ।  यस वर्ष भने उनले डेढ विघामा आलु र उखुु रोपेका छन् । त्यस्तै, १४ कठ्ठामा तोरी र उखुु तथा १ विघामा उखुु र मसुरो बाली रापेका छन् । आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति विघा डेढ सय क्वीन्टलका दरले जम्मा २२५ क्वीन्टल बढी आलु उत्पादन हुने बताएका छन् । उखुमा पनि नयाँ प्रविधि उखु खेतीमा पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ विघामा उखु खेती गर्दै आएका उनी प्रति विघा ११ सय क्वीन्टल उत्पादन गर्दै आएका छन् । उखु खेतीमा उनी बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी वर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिने उनी सुनाउँछन् । उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति विघामा मात्र २ क्वीन्टल उखुको आँखला बीउ प्रयोग गर्छु । जबकि, अन्य कृषक प्रति विघामा ७० क्वीन्टलसम्म बीउ प्रयोग गर्छन् ।’ धान खेतीमा छरुवा प्रविधि बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा धानको छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् ।  छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ । परम्परागत पद्धति भन्दा उल्लेख्य मात्रामा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरु आकर्षित भएका छन् । यसबाट प्रविधिबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ । कृषि कार्यमा यान्त्रिकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनी प्रति वर्ष करिब३० लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् । उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ । त्यसको प्रतिफल नै मुनाफा हो ।’ उनी आफ्नो पौरख र सिर्जनशिलताले जिल्लाकै अगुवा तथा रोल मोडल कृषकको रुपमा चिनिँदै र सम्मानित हुँदैआएका छन् ।  

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

घोराहीका वादी बालबालिकाको प्रश्न– दुःखले साथ छाड्ला र ?

१३४४ दिन अगाडि

|

११ फागुन २०७९

गिरिराज नेपाली घोराही उपमहानगर क्षेत्रमा रहेका वादी समुदायका कतिपय बालबालिका बेसहारापूर्ण जीवन गुजारिरहेका छन् । उनीहरुले परिवार कस्तो हुन्छ भन्ने महसुससमेत गर्न पाएका छैनन् । मुलुकमा भएका परिवर्तन र राजनीतिक उपलब्धिबारे अन्जान उनीहरु दुःखले कहिल्यै साथ नछाडेको बताउँछन् । यही अवस्था रहे भविष्यमा पनि दुःख नै आफ्नो साथी बन्ने उनीहरुको भनाइ छ । घोराही–१३, दुर्गाभवानी टोलमा बस्दै आएका १२ वर्षीय जगदिश वादीलाई भविष्यको चिन्ताले सताउन थालिसकेको छ । आफू सानै हुँदा आमाको निधन भएको र बुबाले समेत बस्तीमा एक्लै छाडेर हिँडेपछि जसोतसो हुर्किएका उनी भविष्य कसरी गुजार्ने भन्ने चिन्तामा छन् । ‘भो दुुुःखका कुरा नगरम् । आमा मरिन्, बाको अतोपत्तो छैन । दुःख–सुख यही बस्तीमै बितिरहेको छ,’ उनले भने, ‘कहिले भोकै सुत्नुपर्छ  । पढ्ने लेख्ने रहर भएर के गर्नु ? पेटभरि खान समेत धौधौ छ ।’ बेसहारा भएर बाल्यावस्था गुजारिरहेका उनले भविष्यमा पनि दुःखले साथ छाड्ने अपेक्षा गरेका छैनन् । उनले भने, ‘स्कुल जाने, मिठो खाने, बा–आमाको काखमा बस्ने रहर कहाँ नभएको हो र ? तर भाग्यले त्यो दिएन । पढ्न नपाएपछि भोलिपर्सि पनि दुःखले साथ के छाड्ला ?’ जगदिशले भोको पेट बस्तीमा मात्रै गुजारेका छैनन्, धेरै रात बजारको सडक पेटीमा समेत काटेका छन् । सानो उमेर भएका कारण काम खोज्न जाँदासमेत कसैले नदिएको उनी बताउँछन् । ‘मागेर पेट, टालेर शरीर छोप्नु परेको छ,’ उनी भन्छन् । उनीमात्रैै होइन, दुुर्गाभवानी टोलका ८ वर्षीय आर्यन नेपाली वादीको पीडा पनि उस्तै छ । बुबाको निधनपछि आफू पनि बेसहारा भएको उनी बताउँछन् । ‘बाँच्नै गाह्रो छ । भोकै भौंतारिँदै हिँड्नुु परेको छ,’ उनले भने, ‘लेख्ने पढ्ने रहरलाई बेसहारा जीवनले मारेको छ ।’ ‘हाम्रा लागि राज्य छैन र ?’ देशमा सरकार छ, जनप्रतिनिधि छन् र उनीहरुले जनताका लागि काम गर्ने जिम्मेवारी बोकेका छन् भन्ने ती बालबालिकालाई धेरथोर ज्ञान छ । तर आफूहरुका बारेमा अहिलेसम्म कसैले चासो नदेखाएको उनीहरु बताउँछन् । ‘कोही नहुुनेको दैव हुन्छ भन्छन् । हाम्रालागि दैव पनि रहेनछ,’ सोही बस्तीका अर्का बालक कार्तिके वादीले भने, ‘राज्यले हेर्छ भन्छन् तर हाम्रोबारेमा कसैले चासो देखाएको छैन ।’ विद्यालय गएर पढ्ने लेख्ने रहर उनलाई पनि छ । राज्यले पालनपोषण सहित पढ्नलेख्न राम्रो व्यवस्था गरे आफूले पनि भविष्यमा केही गर्न सक्ने विश्वास पनि छ उनमा । तर, अहिलेसम्म कसैले आफूहरुको भविष्य सुनिश्चित गर्न चासो नदेखाएको उनले बताए । दुुर्गाभवानी टोल अर्थात् सेवारखोला वादी वस्तीका एक दर्जनभन्दा बढी वादी समुदायका बालबालिकाहरु यही पीडाले ग्रसित छन् । संरक्षण अभावका कारण कोही बस्तीमा, कोही सडक पेटीमा आफ्नो वाल्यास्था कटाइरहेका छन् । अभिभावकविहीन वादी बालबालिकाहरुको अभिभावकत्व राज्यले लिन जरुरी रहेको सरोकारवाला बताउँछन् । त्यस्ता बालबालिकालाई उचित शिक्षा दिएर भविष्यमा दक्ष जनशक्ति बनाउन तीनै तहका सरकारले काम गर्नुपर्ने उनीहरुको भनाइ छ । रातोपाटीबाट    

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

मुक्त कमलरीका वेदनाः सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

१३४५ दिन अगाडि

|

१० फागुन २०७९

ध्रुवसत्य परियार कैलालीको गौरीगंगा घर भएकी हिरा चौधरी १४ वर्षको उमेरमा कमलरी बस्न पुगेकी थिइन् । जन्मेदेखि नै उनका बुवा र ठुल्बुवाहरू कमैया थिए । ०५३ सालपछि उनीहरूले गाडीको पन्चर टाल्ने पसल खोले, ऋणधन गरी १५ कट्ठा जमिन पनि जोडे । तीन दाजुभाइ छुट्टाभिन्न हुँदा हिराका बुवाको भागमा पसल मात्रै प¥यो, उनी भूमिहीन नै रहे ।  २०५७ साउन २ मा कमैया मुक्तिको घोषणा भएपछि भूमिहीन कमैयालाई पाँच कट्ठासम्म जमिन दिएर पुनस्र्थापना गर्ने सरकारको योजना अघि बढ्यो । कमैयासम्बन्धी तथ्यांक संकलनकर्ताहरू हिराको घरमा पनि पुगेका थिए, तर हिराका बुवाले नाम लेखाएनन् । सरकारी झमेलामा नफसी आफ्नै मेहनतमा अगाडि बढ्ने सोच आफ्ना बुवाले राखेको हिरा बताउँछिन् ।  छुट्टाभिन्न भएपछि हिराका बुवाको भागमा डेढ लाख रुपैयाँजति ऋण परेको थियो । एक दिन साहुले अत्याए– कि पैसा देऊ कि काम गर्ने मान्छे देऊ । ऋण तत्काल तिर्न नसक्दा हिरा ०६१ सालदेखि मासिक एक हजार रुपैयाँ पाउने सर्तमा कमलरी बस्नुप¥यो । उनले मालिकको घरका केटाकेटीको रेखदेखलगायत घरायसी काम गर्नुपर्थ्यो । डेढ वर्षजति कमलरी बसेपछि उनी बिरामी भइन् । ‘शरीरले थेग्न नसक्ने गरी काम गरेकाले बिरामी भएको हुनुपर्छ,’ हिरा भन्छिन्, ‘रातको १२ बजेसम्म काम गर्नुपर्थ्यो । बिहान त खाना पाउँथेँ, साँझ सबैले खाएपछि बाँकी रहेको खानुपथ्र्यो, कहिले बाँकी नै रहँदैनथ्यो ।’  उनी बिरामी परेपछि उनको सट्टामा उनकी बहिनी कमलरी बस्न गइन् । कमैया मुक्तिको घोषणापछि २०५८ मा आएको ‘कमैया श्रम (निषेध गर्ने) ऐन’ले परिभाषित गरेको थियो, ‘कमैया श्रमिक भन्नाले भैंसवार (भैंसी चराउने), गैवार (गाई चराउने), वर्दिकार, छेकरवार, हरवाचरवा, हली, गोठालो, कमलरिया (कमलरी) वा अन्य यस्तै नामबाट कमैया श्रम गर्ने व्यक्ति सम्झनुपर्छ ।’ ०५८ मै कानुन आए पनि हिराहरू न्यून वेतनमा दासकै रूपमा कमलरी बस्न बाध्य थिए । किनभने, कमलरी मुक्तिको घोषणा गरी व्यवस्थापन गरिएको थिएन । यसका लागि कमलरीहरूले कमलरीकै मृत्युमा न्याय दिलाउन आन्दोलन गर्नुप¥यो । ललितपुर चाकुपाटस्थित युवराज पौडेलको डेरामा बालमजदुर रहेकी दाङ (लालमटिया)की १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ गते शंकास्पद मृत्यु भएको थियो । यस प्रकरणमा दोषीलाई कारबाहीको मागसहित ‘कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति’ले आन्दोलन चर्कायो । संघर्ष समिति र नेपाल सरकारबीच २०७० जेठ २४ गते भएको दशबुँदे सहमतिमा ‘सिर्जना लगायत कमलरीहरूको मृत्युका घटनामाथि छानबिन गर्ने, कमलरीको रूपमा रहँदा यौन शोषणमा परी जन्मेका बालबालिकाको पहिचान र अंशको अधिकार सुनिश्चित गर्ने, कमलरीलाई परिचयपत्र दिने’ लगायत उल्लेख थिए । यसको महिना दिनभित्रै (२०७० असार १२ मा) सरकारले कमलरीलाई मुक्त घोषणा ग¥यो । बहुदल र गणतन्त्रपछिका सरकारहरू दासप्रथामा पिल्सिएर बाँचेकालाई मुक्त घोषणा गरी श्रेय लिन र घोषणा मात्रै गरिदिए ‘टन्टैसाफ’ हुनेजस्तो किसिमले अगाडि बढ्न उद्यत देखिन्छन् । मुक्त घोषणापछिको दायित्व र कर्तव्यमा सरकार ठोस कार्यक्रमसहित योजनाबद्ध ढंगले लागेको देखिँदैन ।  सरकारले भर्खरै (२०७९ साउन २ मा) हरवाचरवालाई मुक्तिको घोषणा गरेको छ । अर्कोतिर, ०६५ भदौ २१ मै हलिया मुक्तिको घोषणा गरिएको थियो । मुक्त भएपछि प्रत्येकले आ–आफ्नो नाममा संघ–संस्था खोली पुनस्र्थापनाका लागि आवाज उठाउँदै आएका छन् ।  कमलरीको हकहितमा खुलेको ‘मुक्त कमलरी विकास मञ्च’मा अहिले हिरा अध्यक्ष छिन् । मुक्त गरिएका मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा सबै भूमि र कृषिसँग सम्बन्धित हुन् । पछिल्लो समय यी सबैबीच भेला गरी ‘कृषि बाँधा–मजदुर संघर्ष समिति’ गठन गरिएको छ । यस संघर्ष समितिले ११ फागुनमा काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरी आफ्ना साझा माग राखेको थियो । उनीहरूको दशबुँदे साझा मागको सार छ, ‘लगत संकलन, पुनस्र्थापना, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी वा स्वरोजगारी, सामाजिक सुरक्षा र सामाजिक न्याय ।’ पत्रकार भेटघाटमा आएकी हिराले कमलरीको अवस्था सार्वजनिक गरेकी थिइन् । उनका अनुसार, सरकारले सुरुमा १२,७६९ कमलरीको लगत लिएको थियो । यसमध्ये ९,४९० जनाले कमलरीको परिचयपत्र पाएका छन् । ‘०७५÷७६ मा गरिएको पछिल्लो तथ्यांक संकलनबाट ३३ सय कमलरी थपिएका छन्,’ हिरा भन्छिन्, ‘अहिलेसम्म सरकारबाट यीमध्ये कसैको पुनस्र्थापना भएको छैन । बरु गैरसरकारी संस्थाले तालिम दिएर पुनस्र्थापना प्रक्रियालाई अगाडि बढाएका छन् ।’ हिराको संघर्ष हिराले अहिले आरडी (ग्रामीण विकास) विषय लिएर मास्टर गर्दै छन् । उनी बिरामी भएपछि उनकी बहिनी ६ महिनाजति कमलरी बसिन् । दुवै दिदीबहिनी पालैपालो दुई वर्ष कमलरी बसेर बाबुको ऋणमा २४ हजार रुपैयाँ घटाए । त्यही बेला विभिन्न सामाजिक संघ–संस्थाले कमलरीको उद्धार गर्न थाल्यो, उनीहरू कमलरी बस्ने अवस्था रहेन ।  कमलरी बस्न जान जाँदा हिराले कक्षा ८ मा पढ्दै थिइन् । बिरामी नपरुन्जेल डेढ वर्षसम्म कमलरी बस्दा पनि उनले दुःखका बाबजुद आफ्नो पढाइलाई अगाडि बढाइन् । ‘स्कुल नजिकै थियो । कहिले माटो लिन, कहिले दाउरा लिन जान्छु भनेर म स्कुल जान्थेँ । दुई–तीन विषय पढेर आउँथे,’ उनी भन्छिन्, ‘कक्षा ८ पछि अहिलेसम्म नियमित स्कुल–कलेज जान पाइनँ ।’ एसएलसी पास भएसँगै हिराले सामाजिक संघसंस्थामा जागिर गर्न थालेकी हुन् । लुथरन, वल्र्ड भिजन, युथ इनिसियटिभ, डिडब्लुआरएफ, सहकारी संस्था लगायतमा काम गरी हाल उनी कमलरी विकास मञ्चमा अध्यक्ष हुन आइपुगेकी छन् ।  यो बीचमा जागिरविहीन भएका बेला उनले मेला–मजदुरीको काम गरिन् । उनकै कमाइले उनका दुई बहिनीले अहिले स्नातक गर्दै छन् । दुई बहिनीले स्कुल पढ्दै गर्दा बिहे गरे । कान्छो भाइले एसएलसी गरेर पढ्न छाडे ।  कमलरी दास प्रथाको एक रूप हो । खासगरी पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया) कमैया, बुकरही र कमलरीप्रथा थियो । जमिन नभएका थारु भूमिहीन पुरुष मालिककहाँ दासको रूपमा आश्रित हुन्थे, जसलाई कमैया भनिन्थ्यो, कमैयाकी श्रीमती बुकरही र छोराछोरीहरू कमलर र कमलरी हुन्थे ।  घरायसी काम गर्न सक्ने भएदेखि अर्थात् ५–७ वर्षको उमेरदेखि कमलरी राखिन्थ्यो । भूमिहीन र गरिब थारुहरूले आफ्ना छोरीले कम्तीमा खान त पाउँछन् भनी कमलरी पठाउँथे । अधिकांश त बा कमैया भएकाले सिधै कमलरी हुन्थे ।  कुमारी आमाहरुको बिचल्ली हिराका अनुसार, कमलरीको शरीरमा तरुनी भएको संकेत देखिएसँगै कतिपय मालिक र उसका सन्तानले यौजजन्य हिंसा गर्थे । ‘यस्तो यौनहिंसाबाट १३ कमलरी कुमारीआमा बनेको तथ्यांक छ,’ हिरा भन्छिन्, ‘उनीहरूले उजुरी दिएका छन्, तर यसमा सुनुवाई भइसकेको छैन ।’  हिराका अनुसार, सुत्ने ठाउँ सुरक्षित नहुँदा मालिकका पाहुनाबाट पनि कहिलकाहीँ कमलरी बलात्कृत हुन्थे । ‘जसले बलात्कार गरेको हो, उसले स्वीकार नगरी अनेक धम्की दिन्थे,’ हिरा भन्छिन्, ‘कतिले पैसा दिएर मिलाउन खोज्थे, अर्थात् कुनै अर्को कमैयासँग विवाह गराइदिन्थे ।’  कमलरी यौनहिंसामा पर्नुको पछाडि नियत नै कारक हुन्थ्यो । कति मालिकले काममा दलाएर कुटपिट लगायत हिंसा गरे पनि यौनहिंसा गर्दैनथे ।  यी कुमारी आमाको अवस्था दयनीय छ । ‘उनीहरूलाई न घरकाले न त बलात्कार गर्नेले स्वीकार गरेका छन् । न बस्ने ठाउँ छ, न त जाने ठाउँ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै कदम चालेको छैन,’ हिरा भन्छिन्, ‘यी सबै दुःखजिलो गरी डेरामा बसेका छन् । उनीहरू कतिले तालिम लिएर नास्ता पसल सञ्चालन गरेका छन् । कतिले बाख्रा–बंगुर पालेका छन् । कतिले ज्याला मजदुरी गर्छन् ।’  कमैया श्रम निषेध ऐन आएपछि काठमाडौँ, पोखरा, विराटनगरजस्ता सहरमा धनाढ्यले कमलरी लैजाने गर्न थाले– पढाइदिन्छु, लाउनखान दिन्छु, दुई–चार हजार दिन्छु आदि प्रलोभनमा । यस्तो कार्यमा दलाल पनि सक्रिय थिए । भूमिहीन र विपन्न अभिभावक धनाढ्यको घरमा खानलाउन पाउने आशामा आफ्ना छोरीलाई कमलरी बस्न पठाउँथे ।  सरकारले कमैयालाई मुक्त घोषणा गर्नु अघिसम्म कमलरी धेरै नै पीडामा थिए, कतिको हत्या समेत हुने गथ्र्यो । २०७० जेठ २४ गते सरकारसँग भएको दशबुँदे सहमतिमध्येको एउटा बुँदा छ, ‘कमलरीका रूपमा बालमजदुर भई कार्यरत हुँदाको अवस्थामा बेपत्ता भएका कमलरी बालिकाको हकमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कमलरीहरू– कैलाली टिकापुर–९ की सरिता चौधरी, दाङ रामपुरकी सीमा होजा मगर, कैलाली धनगडी–८ की उर्मिला राना थारु र कैलाली चौमाला– ८ की मेघी चौधरीको मृत्युका सम्बन्धमा १० दिनभित्र छानबिन समिति गठन गरी सरकार समक्ष सिफारिस गर्ने ।’ यससम्बन्धी मुद्दा हेरेका अधिवक्ता फकला थारुका अनुसार, सिर्जनाको परिवारलाई पाँच लाख मेघीको परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिइएको छ । दोषी पत्ता लगाएर कारबाही भने भएको छैन । उनी भन्छन्, ‘कमलरीका लागि शिक्षा निर्देशिका–०६८ लाई संशोधन गर्ने सहमति भए पनि पूरा गरिएको छैन । बेपत्ताको छानबिन गरी दोषीलाई कारबाही गर्ने, कुमारी आमाहरूलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमति पनि पूरा भएको छैन ।’ सरकारले मुक्त घोषणा गरिसकेपछि कमलरी भटाभट घर आए, तर खाने–बस्ने समस्या भएपछि कतिपयले विवाह गरे । कमलरीहरू किशोरी हुन् र उनीहरूलाई स्कुलमै भर्ना गर्नुपर्छ भन्ने खालको नीति तथा कार्यक्रम सरकारको देखिन्थ्यो । ‘आफूले लिएको तथ्यांकलाई सरकारले शिक्षा मन्त्रालयमा सुम्प्यो । सरकारले कतिपयलाई स्कुल भर्ना पनि ग¥यो । कतिले बीचमै पढाइ छाडे, कतिले बिहे गरे,’ हिरा भन्छिन्, ‘कतिपय कमलरी अभिभावकविहीन पनि निस्के, जसका बाबुआमाको निधन भइसकेको थियो । उनीहरूको पुनस्र्थापनाका लागि भूमि दिनुपर्ने माग पनि उठ्यो, त्यसपछि शिक्षा मन्त्रालयले भूमिसुधार मन्त्रालयलाई औँँल्यायो । यसरी तथ्यांंक विभिन्न निकायका लागि बाँडिए ।’  विवाह गरेर गएका कमलरीलाई पनि समेटेर पुनः तथ्यांक संकलन गर्नुपर्ने हिरा बताउँछिन् । मुक्त कमलरीलाई रोजगारी वा स्वरोजगारी, निःशुल्क शिक्षा र तालिम, व्यवस्थापन वा पुनस्र्थापना, निःशुल्क स्वास्थ्योपचार लगायत हक दिलाउन हिराहरू आज संघर्षरत छन् । रातोपाटीबाट  

जेलमुक्तपछि सांसद अरुण चौधरीले भने, ‘म माथि राजनीतिक प्रतिशोध साँधियो’

जेलमुक्तपछि सांसद अरुण चौधरीले भने, ‘म माथि राजनीतिक प्रतिशोध साँधियो’

१३४७ दिन अगाडि

|

७ फागुन २०७९

नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अरुण चौधरीले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको प्रतिक्रिया दिएका छन्। कैलाली कारागारबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीति प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएको बताए। ‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ, ’ चौधरीले भने। भर्खरै उदाउन लागेको दललाई खुम्च्याउन खोज्ने परिपाटी नेपाली राजनीतिमा राम्रो नदेखिएको पनि उनले बताए।  ‘राजनीतिक प्रतिशोध लिएको जस्तो। एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ। सानो दल छ,’ चौधरीले भने, ‘यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’ कारागार बसाईंका क्रममा धेरै कुरा सिकेको र नेपालको कानुन परिमार्जन गर्नुपर्ने पनि उनले सुनाए। ‘कारागारको बसाइ छ, जेलबन्दीको कुरा छ, त्यसले धेरै कुरा सिकाएको छ,’ चौधरीले भने, ‘कानुनमा अझै पनि धेरै कुरा परिमार्जन गर्नु पर्ने जस्तो देखिन्छ।’ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफीपछि सांसद चौधरी रिहा भएका हुन्।

ताराकुमारी काजी महतोः कार्यालय सहायकदेखि मेयरसम्म

ताराकुमारी काजी महतोः कार्यालय सहायकदेखि मेयरसम्म

१३४८ दिन अगाडि

|

७ फागुन २०७९

 रमेशकुमार पौडेल बुद्ध भन्छन्, ‘संसारका सबै वस्तु अस्थायी छन् । यसको झट्ट अर्थ लगाउँदा लाग्न सक्छ, उन्नति पनि क्षणभंगुर छन् ।’ तर अलिक गहिरो दृष्टिले उत्तरआधुनिक चस्मा लगाएर हेर्दा यो उक्तिको आशय के पनि हो भन्न सकिन्छ भने, जीवन सधैं अवनतिको अवस्थामा बसिराख्दैन, यहाँ उन्नति पनि वाञ्छित छ । यो कथनको एउटा ताजा दृष्टान्त हुन्, ताराकुमारी काजी महतो, जो कुनै समय माडी नगरापलिकाकी कार्यालय सहायक थिइन्, अहिले त्यसैको मेयरका रूपमा निर्वाचित भएकी छन् । २०७३ सालमा साविकका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस मिलाएर माडी नगरपालिका घोषणा हुँदा ताराकुमारी पदका हिसाबले त्यहाँको सबभन्दा कनिष्ठ मानिस अर्थात् कार्यालय सहयोगी थिइन् । पदहरूको क्षणभंगुरताको क्यार रोचक उपमा ! वर्षको सुरुआतमा भएको स्थानीय निर्वाचनले यिनै ताराकुमारीलाई माडीको सबभन्दा वरिष्ठ मानिस अर्थात् नगरप्रमुखको ताज दिलाइदिएको छ । जगत्मा पदहरू स्थायी नै रहिरहने भए, उनको यो एक सय असी डिग्रीको छलाङ सम्भव नै हुने थिएन । त्यसैले, बुद्धको उक्त कथनलाई विनिर्माणवादका आँखाबाट हेर्दा यहाँ ताराकुमारीको मामिला उपयुक्त देखिन आइपुग्छ । तर, नगरपालिकाको शीर्ष स्थानमा उनी रातारात आइपुगेकी भने होइनन् । यसको पछाडि उनको संघर्षले भरिएको विगत छ जसमा अभाव र दुःखभन्दा धेरै सपना, आँट र लगाव भेटिन्छ । थारू समुदायको बाक्लो बसोबास भएको माडीको तत्कालीन बघौडा गाविस–७ बिरन्चीमा विसं २०३२ साल भदौ १४ मा जन्मेकी ताराको परिवारसँग कुनै राजनीतिक पृष्ठभूमि थिएन । बिरन्चीमा १४ बिघा जमिन भएका जमिनदार थिए, उनका बाबु धुरी महतो । बाबा धुरी र आमा चुलिया निरक्षर भए पनि तारालाई उनीहरूले स्कुल पठाएका थिए । आफूलाई खान पुग्नेबाहेकको धान बेचेर उनका बाबु विद्यालयलाई दान दिन्थे । माडी खैरहनीमा त्यो बेला उनकै पितालगायतका सामाजिक व्यक्तिहरूको सक्रियतामा स्कुल खुलेको थियो । पहिलाको त्यो प्राथमिक विद्यालय अहिले माध्यमिक भएको छ । थारू समुदायको बाक्लो बसोबास भएको माडीको तत्कालीन बघौडा गाविस–७ बिरन्चीमा विसं २०३२ साल भदौ १४ मा जन्मेकी ताराको परिवारसँग कुनै राजनीतिक पृष्ठभूमि थिएन । बिरन्चीमा १४ बिघा जमिन भएका जमिनदार थिए, उनका बाबु धुरी महतो । सात कक्षासम्म त्यहीँ पढेकी तारा त्यसपछि भने एक घण्टाको दूरीमा रहेको वसन्तपुरस्थित माडी माविमा भर्ना भइन् । छोरीहरू स्कुल नजाने त्यो समयमा धुरी भने ताराकुमारीलाई पढाएरै छाडने अठोटमा थिए । खहरे खोलहरू पार गर्दै उनी स्कुल जाने आउने विरलै ग्रामीण छात्रा थिइन् तारा । ‘त्यो बेला छोरीहरू ज्यादा पढ्नै नजाने हुनाले म केटा साथीहरूसँग स्कुल जाने–आउने गर्थे’ तारा सम्झिन्छिन्, ‘बर्खामा खोला तर्न केटाहरूले सहयोग गर्दा र ट्युसन पढेर राति अबेर घर फर्किंदा कुरा काट्नेहरू थिए गाउँमा तर मेरो परिवारले यस्ता कुराको वास्तै गरेन ।’ माडी माविबाट ४८ सालमा एसएलसी पास गरेपछि ताराको पढाइ रोकियो । किनकि घरै छाडेर सदरमुकाम भरतपुर गएर पढ्न सजिलो थिएन । त्यसको दुई वर्षपछि उनको बिहे भयो, बघौडा वसन्तपुरका जयराम महतोसँग । तत्कालीन निम्नमाध्यमिक विद्यालयका शिक्षक जयराम राजनीतिमा पनि राम्रै चासो राख्थे । पाँच दाजुभाइ र तीन दिदीबहिनीकी कान्छी ताराको परिवारमा वामपन्थी राजनीतिको प्रभाव थियो । यो प्रभाव उनका दाजु परमेश्वर राजनीतिमा लागेपछि सुरु भएको थियो । परमेश्वर अमिक शेरचनसँग मिलेर राजनीतिक गतिविधिमा लागेका थिए । जसको धेरथोर प्रभाव तारामा सानैदेखि परेको थियो । ‘तँ जन्मदा म जेलमा थिएँ भन्नुहुन्थ्यो दाइले । उहाँ किन जेल पर्नुभयो होला भन्ने लाग्थ्यो मलाईचाहिँ,’ उनी भन्छिन्, ‘पछि कुरा बुझ्दा कारण राजनीतिक रहेछ ।’ यो सूचनाले उनमा पनि राजनीतिप्रति नजानिँदो लगाव पलायो जो बिहेपछि पतिको साथ पाएर झांगिने मौका पायो । पढालिखा श्रीमान् भएकाले ताराले वर्षौंपछि छुटेको पढाइ पनि सुरु गर्ने मौका पाइन् । त्यतिबेला माडीमा क्याम्पस खुलिसकेको थियो । पढाइको तिर्खा उनको मनमा गढेको थियो । त्यसैले त एसएलसीको झन्डै २० वर्षपछि उनी २०६७ सालमा माडी क्याम्पसमा ११ मा भर्ना भइन् । संयोग पनि कस्तो थियो भने, उनकी जेठी छोरी पनि ११ मै पढ्दै थिइन् त्यही वर्ष । पढाइको तिर्खा उनको मनमा गढेको थियो । त्यसैले त एसएलसीको झन्डै २० वर्षपछि उनी २०६७ सालमा माडी क्याम्पसमा ११ मा भर्ना भइन् । संयोग पनि कस्तो थियो भने, उनकी जेठी छोरी पनि ११ मै पढ्दै थिइन् त्यही वर्ष । २०६१ मंसिरदेखि युनिसेफले सञ्चालन गरेको महिला बालबालिकासम्बन्धी परियोजनामा माडीमा ग्रामीण सहजकर्ताका रूपमा जागिर सुरु गरेकाले उनी महिला अधिकार र बालबालिकाको विषय र समस्याबारे जानकार थिइन् । स्थानीय रूपमा उनको परिचय पनि यही जागिरले बनाइदिएको थियो । १२ पास गरेपछि भने ताराको भूमिका फेरियो । उनले तत्कालीन बघौडा गाविसको कार्यालय सहायकको जागिर पाइन् । माडी नगरपालिका घोषणा भएपछि उनी वडासचिवको भूमिकामा पुगिन् । २०७३ मा स्थानीय तहको निर्वाचन घोषणा भएपछि उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो । जागिरबाट राजीनामा गरेर उपमेयरमा उठेकी उनी फराकिलो मतान्तरले विजयी भइन् । सफलताको यही यात्राले २०७९ को स्थानीय तह निर्वाचनमा उनी मेयर बन्न सफल भइन् । दलभित्रको प्रतिस्पर्धाभन्दा महिलाप्रति समाजले राख्ने दृष्टिकोण बदल्न ठूलो लडाइँ लड्नुपर्ने ताराको बुझाइ छ । ‘म मेयरको उम्मेदवार भइरहँदा प्रतिस्पर्धी दलका ठूलै नेताले गाउँगाउँमा भाषण गर्दा छोरी चेलीलाई साडी चोलो र गहना पो दिने हो नि π मत त नेतालाई दिने हो भन्ने ढंगले भाषण गर्नुभयो’ भन्छिन्, ‘यो त महिलालाई मान्छे नै नगन्ने मानसिकताको प्रतीक हो ।’ महिलाले नेतृत्व लिनै सक्दैनन् भन्ने सामाजिक बुझाइ चिर्न ठूलो संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । खिरिलो ज्यानकी तारा भन्छिन्, ‘खै किन हो, नेता भनेको मिलाएर भाषण गर्ने, कडा बोल्ने मोटाघाटा लोग्ने मानिस हुन् भन्ने मानसिकता छ जो बदल्न ज्यादै जरुरी भइसक्यो ।’ सामाजिक क्षेत्रमा आफूले पुर्‍याएको योगदानलाई नै आधार मानेर पार्टीले आफूलाई अघि सारेको बताउने तारा सक्रिय राजनीतिमा आफ्नो लामो विगत नभएको बताउँछिन् । मेयर भएपछि ताराले आफ्ना प्राथमिकताहरू निर्धारण गरेकी छन् । भौगोलिक हिसाबले समथर भईकन पनि माडी समस्याका भुमरीमा परेको ठाउँ माडी हो भन्ने बुझाइ उनको छ । त्यसैले खहरे खोलाले बर्सेनि गर्ने वितण्डा, निकुञ्जका जनावरले खेती–बालीमा गर्ने नोक्सानी, मान्छेमाथि आक्रमण गरेर घाइते अंगभंग गराउने र ज्यानसमेत जाने घटना रोक्ने विषयलाई उनले प्राथमिकतामा राखेकी छन् । सडकको सुविधा पनि राम्रोसँग नपुगेको र निकुञ्जका ऐन–नियमले विकास निर्माणमा पार्ने बाधा–अड्चनले पनि माडीवासीलाई पिरोल्ने गरेको तथ्य उनलाई भलिभाँति थाहा छ । वर्षको १०/१२ करोड रुपैयाँ पनि आन्तरिक आय संकलन हुन धौ–धौ हुने ठाउँ भएकाले कसरी ती समस्यालाई हल गर्ने भन्नेमा उनी सोचमग्न छिन् । ‘महिला नेतृत्वले यी समस्यालाई समाधान गर्न नसक्ने होइन’ भन्छिन्, ‘हामीलाई त काम गरेर देखाउनु छ, तर पनि सिस्टमले बाँधेकाले केही उल्झनहरू छन् ।’ महिलाले नेतृत्व लिएको विद्यालय, सहकारी, वन उपभोक्ता समिति लगायत सामुदायिक संस्थाले राम्रो काम गरेर देखाएको उदाहरण भएकाले स्थानीय तह पनि आफ्नो नेतृत्वमा सशक्त हुने विश्वास उनमा छ । स्वास्थ्य स्वयंसेविकाले नेपालकै बालस्वास्थ्यको अवस्था सुधारेको, शिशु शिक्षिकाले बालशिक्षामा योगदान गरेको विषयले महिला सक्षम छन् भन्ने पुष्टि भएको तथ्यले पुलकित ताराकुमारी नगरपालिकामा सुरुआतमा मावि, निमावी तहलाई सुधार गर्न लागिपरेकी छन् । हाल शिशु कक्षादेखि नै सुधारको प्रयास थालेकी उनले प्रारम्भिक बाल विकास केन्द्र र यसका शिक्षकलाई थप सहयोग बढाएकी छन् । गाउँमा स्वास्थ्य पूर्वाधार बढाउन नगरपालिकाले बघौडा अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क गरेको छ । उनले स्वास्थ्य संस्थाहरू बजारबाट गाउँतिर विस्तार गर्ने योजना ल्याएकी छन् । अन्यायमा परेका महिलालाई न्याय दिलाउन सघाउ पुग्ने गरी हिंसापीडित कोष खडा गर्ने र घरेलु हिंसा भोगेका महिलाहरूलाई राख्न ‘सेफ हाउस’ बनाउने कामलाई उनले प्राथमिकतामा राखेकी छन् । अपांगता भएकाहरूमध्ये ख वर्गका मानिसका अलावा सीमान्तीकृत बोटे र चेपाङ समुदायका लागि स्वास्थ्य बिमा गराउने उनको नीति छ । ‘आन्तरिक आय धेरै नहुने हुँदा ठूला योजना अट्न गाह्रो हुने रहेछ’ ताराकुमारीको अनुभवले भन्छ्, ‘यातायात पूर्वाधार र पर्यटनमा सकेको काम गर्दै जाने योजना छ ।’ आफूले नेतृत्वमा पुगेर काम राम्रो गर्न सके गाउँ समाज राम्रो हुनुका साथै समग्र महिलालाई नै समाजले हेर्ने दृष्टिकोण फराकिलो बन्ने उनी ठान्छिन् । कान्तिपुरबाट

'हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं, त्यही भएर हाम्रो सर्किल बन्दैन' मेयर गीता चौधरी 

'हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं, त्यही भएर हाम्रो सर्किल बन्दैन' मेयर गीता चौधरी 

१३४८ दिन अगाडि

|

७ फागुन २०७९

अवधेशकुमार झा सप्तरीको सुरुंगा नगरपालिकाले लिएको एउटा निर्णयले धेरैलाई अचम्ममा पारिदियो । नपारोस् पनि किन, नगरपालिकाले आफूलाई मधेस प्रदेशमै पहिलो बालविवाहमुक्त पालिका घोषणा गर्दै सार्वजनिक सूचना प्रकाशन गरेर भन्यो, ‘अब नगरभित्र हुने विवाहअघि वडाको स्वीकृति लिनुपर्छ र विवाह कार्डमा जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्छ ।’ बालविवाहको जोखिममा बालिका पर्दा उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य, शिक्षा र हुर्किन पाउने अधिकारसमेत हनन हुने भएकाले त्यसलाई रोक्न अड्डी कसेकी थिइन्, ४४ वर्षीया मेयर गीता चौधरीले । ‘पछिल्लो समय हामीले १२ वटा बालविवाह रोकेका छौं,’ उनले भनिन्, ‘बिस्तारै जनस्तरमा पनि यसको चासो बढ्दै छ ।’ स्थानीय तहको नेतृत्व पुरुषको हातमा हुन्थ्यो भने सायदै यस्तो निर्णय हुन्थ्यो । मेयर चौधरीले सामाजिक न्याय र महिला सशक्तीकरण अभियानअन्तर्गत बालविवाह रोक्न नगरलाई सक्रिय मात्रै गराएकी छैनन्, स्थानीय जनप्रतिनिधिलाई पनि अभियानमा अघि बढाएकी छन् । सप्तरीका १८ पालिकामध्येकी एक्ली महिला प्रमुख भएकाले पनि गीताले चाल्ने धेरै कदमलाई पुरुषप्रधान समाजले नियालिरहेजस्तो देखिन्छ । महिलाको हातमा नेतृत्व पुग्दाको मुख्य फाइदा भने नगरवासी महिलामा परेको छ । घरको चुलोचौकोमै सीमित रहन बाध्य मधेसका धेरैजसो महिलाले नेतृत्वमा पुग्नेसम्मको अवसर विरलै पाउँथे । पुगिहाले भने पनि उनीहरूले पुरुष नेतृत्वका अघि खुलेर कुरा राख्न धक मान्थे । तर चौधरी मेयर भएपछि यस्तो दृश्य बदलिएको छ । ‘महिलाहरूले आफ्ना समस्या खुलेर नेतृत्वसम्म राख्न थालेको अनुभव गरेकी छु,’ मेयर चौधरीले भनिन् । सप्तरीका १८ पालिकामध्येकी एक्ली महिला प्रमुख भएकाले पनि गीताले चाल्ने धेरै कदमलाई पुरुषप्रधान समाजले नियालिरहेजस्तो देखिन्छ । महिलाको हातमा नेतृत्व पुग्दाको मुख्य फाइदा भने नगरवासी महिलामा परेको छ । नवलपरासीको रामग्राम नगरपालिका–४ को किसान परिवारका ६ छोराछोरीमध्ये जेठी गीताले बाल्यकालदेखि नै राजनीति बुझ्न पाइन् । उनका ठूलाबा दुर्गाप्रसाद चौधरी तत्कालीन नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष त छँदै थिए, गजेन्द्रनारायण सिंहका विश्वासपात्र पनि थिए । ठूलाबाको राजनीतिक यात्राको प्रभाव धेरैथोरै उनमा पनि परेको थियो । तर घरमा छोरीलाई राजनीतिमा पठाउने वातावरण थिएन । सिंगो समाजको चेतना जस्तै थियो, उनको अभिभावकको चेतना पनि । छोरीलाई पढाउनेभन्दा राम्रो घरमा बिहे गरेर पठाउने विषयले प्राथमिकता पाएको थियो । त्यसैले होला, एसएलसी सकिएपछि उनको पढाइ रोकियो । ‘मेरा दाजुलाई एमबीबीएस पढ्न रसिया पठाइयो । तर हामीलाई कलेज पढ्न बुटवल जान पनि रोक जस्तै थियो,’ मेयर चौधरीले भनिन् । ०५५ सालमा सप्तरीको सुरुंगा नगरपालिका–८ मा विमलकुमार चौधरीसित विवाह गरेपछि उनको जीवन परिवारकै संसारमा हरायो । उतिबेला नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर रहेका विमल अहिले उपसचिव छन् । विवाहपछि उनले छुटेको पढाइ भने अघि बढाउने अवसर पाइन् । ‘दुई छोरा स्याहार्दै मास्टर्स सकें,’ उनले सुनाइन् । त्यति बेला राजनीतिप्रति उनको चासो सुषुप्त थियो । विवाहपछि जनकपुर बस्न थाल्दा ०६२/६३ को आन्दोलनमा उनी नागरिकका हिसाबले सहभागी भइन् । समयक्रममा उनी विभिन्न सामाजिक गतिविधिमा जोडिँदै गइन् । थारू कल्याणकारी सभा, थारू महिला समाजलगायत संघसंस्थामा सक्रिय उनले काठमाडौं बस्न थालेपछि तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेता विजयकुमार गच्छदारलगायतलाई भेटिन् । यस्तो भेटले उनलाई सक्रिय राजनीतिमा ल्यायो । र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेर राजनीतिमा जोडिइन् । ०७० सालको निर्वाचनमा थारू समुदायबाट समानुपातिक सूचीमा परे पनि उनी सभासद् हुन पाइनन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट सप्तरीको सुरुंगा नगरपालिका प्रमुखमा उम्मेदवार बनिन् । तर उनले तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । कांग्रेससित फोरम लोकतान्त्रिकको एकीकरण भएपछि भने उनी कांग्रेस महासमिति सदस्य भइन् । ०७९ को स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएपछि टिकट पाउने–नपाउने दोधारमा थिइन् । ‘तर म दृढ थिएँ, टिकट पाउँछु भनेर,’ उनले भनिन्, ‘टिकट लिन निकै दाउपेच हुँदो रहेछ । ठूला नेताको आशीर्वाद पनि आवश्यक पर्छ । हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं । त्यही भएर हाम्रो सर्किल बन्दैन । राजनीतिमा त यो सब चल्दो रहेछ ।’ अनेकतिर दौडधुप गरेर उनले टिकट त पाइन् । तर त्यति बेला गाउँमा अर्कै हल्ला फैलिएछ । ‘ए अब मौगी (महिला) लाई नमस्कार मेयर साब भन्नुपर्ने । हामी पुरुषको त मोच नै कट्ने भयो,’ यस्तो हल्ला उनको कानमा पनि पर्‍यो । ‘मौगी भनेर हेपाइ सुरु भयो,’ उनले भनिन्, ‘महिलाप्रतिको धारणा अझै हाम्रो समाजमा पुरानै छ । पहिले मौगी भनेर हेप्थे, अहिले जनताको मत लिएर मेयर भएकी छु ।’ अनेकतिर दौडधुप गरेर उनले टिकट त पाइन् । तर त्यति बेला गाउँमा अर्कै हल्ला फैलिएछ । ‘ए अब मौगी (महिला) लाई नमस्कार मेयर साब भन्नुपर्ने । हामी पुरुषको त मोच नै कट्ने भयो,’ नगर प्रमुखको नेतृत्व सम्हालेपछि उनले आधारभूत विकासका सुविधाबाहेक जनताले धेरै कुरा नखोजेको अनुभव सँगालेकी छन् । ‘जनताले धेरै कुरा चाहेकै छैनन् । आधारभूत आवश्यकतामा सरकार सहयोगी होस् भन्ने चाहना मात्रै छ,’ उनले भनिन्, ‘तर त्यही सेवा पनि डेलिभर गर्न नेतृत्वले सकेनौं कि भन्ने प्रश्न आफैंसँग छ ।’ शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई आफूले प्राथमिकता दिएको बताउने उनी नगरले पूर्वाधार विकास र स्वरोजगारलाई प्राथमिकता दिएको दाबी गर्छिन् । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा कैयौं काम हुन नसकेको अनुभव पनि उनको छ । त्यसैको एउटा उदाहरण हो— वडा नम्बर १ र २ को खानेपानी ट्यांकी निर्माण १५ वर्षदेखि अलपत्र रहनु । ‘संघीय सरकारको पैसा हो । उसले नै ठेक्का लगाएको छ । तर योजना अलपत्र छ । हामी ठेकेदारलाई केही गर्न सक्दैनौं,’ उनले भनिन्, ‘हामीले संघीय सरकारलाई यस विषयमा लेखेर पठाएका छौं । तर सुनुवाइ भएको छैन ।’ मेयर चौधरीको नेतृत्वमा पालिकामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान चलेको छ । हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरेर ज्येष्ठ नागरिकको परीक्षण गरिने उनले बताइन् । स्वास्थ्य संस्थामै गएर प्रसूति गर्न उत्प्रेरित गर्न निःशुल्क एम्बुलेन्स सेवा पनि नगरपालिकाले सुरु गरेको छ । नगरक्षेत्रमा एउटा नयाँ बर्थिङ सेन्टर थपेर तीन वटा पुर्‍याइएको उनको भनाइ छ । ‘शिक्षा र स्वास्थ्यको अवस्था सुध्रिए अन्य क्षेत्र आफैं सुध्रिन्छन्,’ मेयर चौधरीले भनिन्, ‘तर यी दुई क्षेत्र सुधार्न सकस छ । किनकि राज्य सञ्चालक र राज्यकोषबाट तलब खाने सबै जिम्मेवार हुन नसके सुधार गर्न समस्यै हुन्छ ।’ महिलाको जीवनस्तर उकास्न के गर्न सकिन्छ भन्ने विषय भने सधैं उनको प्राथमिकतामा छ । नगरपालिकाले महिला समूह बनाएर आए व्यावसायिक रूपमा प्याज खेती गर्न प्याजको बीउमा ७५ प्रतिशत अनुदान र व्यवस्थित खोर बनाएका महिला समूहलाई बाख्रा दिने गरेको उनले जनाइन् । वडाहरूलाई भौगोलिकताअनुसार क्षेत्र निर्धारण गरिएको नगर प्रमुख चौधरीले बताइन् । नगरले वडा नम्बर १, २ र ३ लाई दूधको पकेट क्षेत्र, वडा नम्बर ४ र ५ लाई बाख्रापालन र वडा नम्बर ६ लाई आँप जोनका रूपमा विकास गर्ने योजना अघि सारेको छ । वडा नम्बर ७, ८, ९, १० र ११ मा खेतीयोग्य जग्गा रहेकाले खाद्यान्न उत्पादन र तरकारी खेतीका लागि आवश्यक सिँचाइसहितको व्यवस्था गर्ने तयारीमा नगर छ ।  कान्तिपुरबाट