Above News Title

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

पोर्चुगलमै दाहसंस्कार गरिने
थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

थारू नायक, निर्देशक तथा निर्माता परशुराम चौधरीको निधन भएको छ । 

गायक राजु चौधरीका अनुसार स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा पोर्चुगलमा हृदयघातबाट शुक्रवार मृत्यु भएको हो । 

उनले थारु फिल्म ‘बौछार’ को निर्माण, निर्देशन पनि गरेका थिए । जीवन एक लडिया फिल्मको पनि उनी निर्माता थिए ।
उनी अभिनित अन्य चलचित्रमा ई कैसिन नाता, बुह्रान, कमैया, तागतलगायत रहेका छन् । नायक संगत थारु भन्छन्, ‘मलाई उहाँले नै फिल्म क्षेत्रमा ल्याउनु भएको हो । खास गरी थारु चलचित्र जगतमा उहाँको निधनले अपूरणिय क्षति भएको छ । 
अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी सन् २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् ।

उनकी जेठी पत्नी र एक छोरी काठमाडौंमा छन् भने कान्छी पत्नी र दुई छोरी पोर्चुगलमै छन् । पारिवारिक स्रोतका अनुसार उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित:

१२९२ दिन अगाडि

|

२० फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९