Above News Title

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ ।

पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन र अनुगमनका लागि आउने गरेका हुन् । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन अनुगमनका लागि दङ्गिशरण–३ मा रहेको थारु सङ्ग्रहालयमा गइन् । सङ्ग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उनले बताइन् ।

यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको सङ्ग्रहालय देख्दा खुसी लागेको केसीले बताइन् । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उनको भनाइ थियो । 

सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि सङ्ग्रहालय अवलोकन गरिन् । उनले थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताइन् । थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा दुलही बोक्ने डोली सङ्ग्रह गरेर राखिएको उनले जानकारी दिइन् ।

“घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भनिन्, “थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।” 

विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताए । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उनको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययनरअवलोकन गराउने गरिएको उनले बताए ।

लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण–३ चखौरामा रहेको थारु सङ्ग्रहालयमा पार्क निर्माणका लागि रू ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न रू ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न रू ३० लाख छुट्याइएको सङ्ग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् ।

यो वर्ष मात्रै  ३६ जना विदेशी पर्यटक सङ्ग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिए । सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उनको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए । 

शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । उनका अनुसार साधारण नगरिकलाई रू ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रू ५० प्रवेश शुल्क लिने गरिएको छ ।

“थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको रू एक सय, सङ्ग्राहलय पछाडि रहेको जलाशयमा डुङगा चलाउन रू ५० तोकिएको छ”, उनले भने । पर्यटकीयस्थलको संरक्षण गर्नका लागि  स्थानीय, प्रदेश र सङ्घ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई रू एक सय दियो भने सङ्ग्रहालयसम्म पुग्न सकिन्छ ।  पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु सङ्ग्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए ।

“संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन सङ्ग्रहालयले सहयोग पुगेको छ,” उनले भने, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ सङ्कलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।” 

प्रकाशित:

८८५ दिन अगाडि

|

१० पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९