लक्ष्मण किशोर चौधरी
नेपालमा राणाशासन र भारतमा ब्रिटिस् शासन चलेको बेला करीब १५० बर्ष पहिले रानी पद्माकुमारी सिंह(शाह)को जन्म सिंगाही(हाल खिरी,भारत) राजघरानामा भए पनि बिवाह दैलेखी (नेपाली) राजा प्रकाश शाहसंग कान्छी (जेठी चन्द्रकुमारी शाह) रानीको रुपमा भएकोले माइतीबाट भात खानलाई दाइजोस्वरुप कौडियार (कर्णाली नदी) वरिपरिको क्षेत्र चुरे पर्वतदेखि दख्खिन र मोहना नदीको उत्तरी भु-भाग (करीब ७ सय बिगाहा) जग्गा पाएकी थिइन्। जसअनुसार उनीहरुको बसाइ हिँउदमा कलुवापुरको रानीमहल (हाल टिकापुर न.पा.-५)मा र गर्मीमा दुल्लु (दैलेख) मा हुन्थ्यो। र, यो बिचमा सहज बाटो बिश्रामको लागि चुरे माथिको राजकाँडा महलमा (चिसापानी माथि) निवास गर्ने गर्थे। ऊनको समयमा सत्तीस्थित प्राचीन शिवालय (भगवान परशुराम कालीन)लाइ जिर्णोद्धार गरि सुन्दर मन्दिर (हाल पद्मप्रकाशेश्वर महादेव टिकापुर-७) र ठूलो ईनार (कुँवा) को निर्माण गराएका थिए।
यी राजमहल,मन्दिर,कुँवा आदि बनाउन सिपालु मिस्त्री र कामदार रानीले आफ्नै माइती सिंगाहीबाटै कलुवारहरु (भारतीय एक जाती समुह) ल्याएकी थिइन्। रानीमहलको आधा किलोमिटर दख्खिन तिनीहरूको बस्ती पनि बसाइन्। जसलाई कलुवापुर गाउँ र राजमहललाई कलुवापुरको दरबार भनियो। यसको दुरदराजमा भने पहिल्यैदेखि कठरिया समुदायको बाक्लो गाउँबस्ती थियो। डंगौराहरु दाङबाट आउन जारी थियो। पछि राजाको मृत्युपश्चात् जेठी रानी चन्द्रकुमारी राजासंगै पदमपुर गाउँको उत्तरस्थित गौढी(गाउँ भरिको गाइवस्तु जम्मा गर्ने ठाउँ) मा सती गइन्। जसअनुसार अहिले त्यो वरिपरिको स्थानलाई सत्ती भनियो । आजभोलि त्यहाँ बाक्लो बस्ती छ। जसलाई सत्ती बजार पनि भनिन्छ।
रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो ।
पछि रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । यो बेगारी गरी कुलो खन्ने तत्कालीन थारु रैती किसानहरुमा .मेरो आजा (बराजु) बर्कागुर्वा दुर्गा पर्साद जोगी थारु, रगरगञ्ज (हाल नुक्लिपुर), .टुरु दहिट्वा,रगरगञ्ज (नुक्लिपुर) र .बर्कागुर्वा रामफल थारु (पदमपुर)को नाम मात्रै ज्ञात् छ। वरिपरिका पुराना बृद्ध थारुहरुले यस कुलोलाई कुक्कुर पुज्वा कुल्वा,बर्का कुल्वा र रानी कुल्वा पनि भन्ने गर्दछन्।
पछि रानीले महलबाट धनमाल र सेवादारसहित माइती फर्किनलाई कौडियारको खैरीघाट (हालको दौलतपुरघाटदेखि तल) बाट जहाज (पानीमा चल्ने किस्ती,डुङ्गा) लग्दै गर्दा अधिक भार भइ पानीमा जहाज डुबेको थियो।राजपरिवारका सदस्य सहित पानीमा डुबेको यो नै पहिलो नेपाली "टायटानिक" हो। अहिले त्यो ठाउँलाई स्थानीयले जहाजबुर्ला (जहाजडुबुवा) भन्छन्। यी राजारानीका वंशज कृष्णबहादुर शाही (बर्दिया) हाल काठमाडौंमा जिवितै छन्।
रानी पद्मकुमारीको पालामा अरु पनि सामाजिक कार्यहरु भएका छन्। बर्दियामा पद्मकुमारी मा.वि.मुख्याजयपुर (राजापुर न.पा.),भैरबनाथ मन्दिर (राजापुर बजार) मा र नैनादेवी मन्दिर, धनगढीमा मुख्य मानिन्छ।
यस्तो ऐतिहासिक तथा महत्त्वपूर्ण ब्यक्तित्वको इतिहास अनि निर्माण भएका महत्त्वपूर्ण स्थानलाई संरक्षण, सम्वर्द्धन र ब्यवसायीकरण गर्न धनगढी उ.म.न.पा., टिकापुर न.पा.र राजापुर न.पा.ले सुचिकृतको लागि पहल गर्न अत्यन्तै जरुरी छ। साथै सुप. प्रदेश सरकार,लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारको पनि नजर र दायित्व हुनै पर्दछ। केन्द्र सरकारले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजनामा रानी कुलालाई समावेश गरे ता पनि योसंग जोडिएका अरु ऐतिहासिक दस्तावेजिकरण गरेको पाइन्न।नेपाली इतिहासमा यस रानीमहललाई कलुवापुर दरबार भनेर उल्लेख गरेको बाहेक अरु बेलिबिस्तार कहीँकतै नलेखिएको इतिहासकारहरुले बताउँछन्।
आफ्नो दूरदर्शी तत्वज्ञान र अथक भागरथ प्रयासले कैलाश-मानसरोवरको पवित्र गंगाजल (कर्णाली)लाई बस्ती बस्तीसम्म सिंचित गराउने धार्मिक पुन्यात्मा "जलकी देवी महारानी पद्मावती" लाई मेरो हृदयदेखि शत् शत् नमन्।
सबै तस्विर सौजन्य लेखकबाट
लेखक सु.प. सभा कैलाली १(२) सदस्य हुनुहुन्छ
प्रकाशित:
८६ दिन अगाडि
|
४ असार २०८२
८ दिन अगाडि
|
१९ भदौ २०८२
६५ दिन अगाडि
|
२५ असार २०८२
६६ दिन अगाडि
|
२४ असार २०८२
६७ दिन अगाडि
|
२३ असार २०८२
७४ दिन अगाडि
|
१६ असार २०८२
७५ दिन अगाडि
|
१५ असार २०८२
८२ दिन अगाडि
|
८ असार २०८२
१०६७ दिन अगाडि
|
२५ असोज २०७९
११०१ दिन अगाडि
|
२१ भदौ २०७९
११११ दिन अगाडि
|
१२ भदौ २०७९
१०६६ दिन अगाडि
|
२६ असोज २०७९
१०१६ दिन अगाडि
|
१५ मंसिर २०७९
१०७२ दिन अगाडि
|
२० असोज २०७९
१००४ दिन अगाडि
|
२७ मंसिर २०७९