Above News Title

लाल केरनिको गन्तव्य

लाल केरनिको गन्तव्य

अंकर अन्जान सहयात्री

लेखक, पत्रकार तथा साहित्यकार आदरणीय दाई कृष्णराज सर्बहारी द्धारा लिखित सामाजिक उपन्यास 'लाल केरनि' ११ घण्टा भित्र पढेर सक्काइयो ।

यो उपन्यास सुरु देखि अन्त्य सम्म पढि रहँदा आँखाबाट आँसुहरु छचल्किएको पत्तो नै पाएन, पढ्दा-पढ्दै बोली बन्द भयो, मन भावुक भएर आयो, समग्रमा अति नै मार्मिक र यथार्थ लाग्यो ।

यो उपन्यास, १३५ पेज भित्र रहेको यो उपन्यास एउटा सामाजिक उपन्यास हो, एक्काइस भागमा बाँडिएको यो उपन्यासभित्र कमैया, कम्लहरीहरुको पिडा, खेती-किसानीको कुरा, शोषक-सामन्तिहरुका कुरा, शिक्षा-अशिक्षाका कुरा, समग्रमा थारु रहन-सहन, कला-संस्कृतिका कुरा समेटिएको छ ।

उपन्यासकारले हाम्रो जनजिवनमा आधारित, समाजमा हुँदै गरेको सत्य-तथ्य घटनालाई काल्पनिकताको संग्या दिंदै घर र समाजभित्रको सत्य कथा लेखेका छन। तसर्थ यो उपन्यासले कमैया, कम्लहरीहरुको यथार्थ चित्रण गरेको छ ।

भाइ-भाइ बिचको मनमुटाब, सासु-ससुराबिचको कलह, छोरीलाई सानै उमेरमा कम्लहरी पठाउँदाको आमा-बुवाको पिडा, भर्खरै बिवाह गरेर पनि श्रीमानसंग राम्रोसंग बस्न नपाएको एउटा नव दम्पतीको पिडा, काठमाण्डौमा कामको लागि तारिख बोक्दाको पिडा, जमिन्दारले कमैया-कम्लहरिहरु माथि गरेको सास्ती, यावध कुराहरु यस उपन्यासभित्र समेटिएको छ ।

उपन्यासकारले बडो मार्मिक ढंङ्गले यस उपन्यासको इतिश्री र अन्त्य गरेका छन। थालनीमा यो उपन्यास वियोगान्तमा टुङ्ग्याए पनि समय परिस्थितिले गर्दा पुन: सम्पादनको क्रममा संयोगान्तमा लगेर टुङ्ग्याइएको कुरा उपन्यासकारले १३७ पेजमा रहेको 'कुछ टे कहहि परल' शीर्षकमा उल्लेख गरेका छन।

उपन्यासकार थारु भएकै कारणले होला यस उपन्यासको भाषाशैली आफ्नै मातृभाषामा शिष्ट र सभ्य शैलीमा लेखेका छन, तर यसो भनि रहंदा कही कतै उन्नाइस-बीस भएको पनि पाइन्छ। उसो त उपन्यासकारको यस भन्दा अघि २०५५ सालमा थारु भाषाको पहिलो उपन्यास 'फुटल करम' र २०५९ सालमा नेपाली भाषाको उपन्यास 'गन्तव्य' प्रकाशित भैसकेको छ। 'लाल केरनि' उहाँको तेस्रो थारु भाषाको उपन्यास हो। उपन्यासकार लेख्छन् "अबका दिनमा पोस्टाको संख्या बढाउनु भन्दा बालबालिकाहरुको लागि बालरचना र आख्यान विधामा कलम चलाउनतर्फ अग्रसर हुन्छु।"

तसर्थ यो प्रतिबद्धता पनि उहाँले छिट्टै नै पुरा गरुन, उहाँको कलम कहिल्यै नरोकियोस, सदैव सत्य-तथ्य उहाँको कलमले लेखि रहुन मेरो यही आशा र भरोसा सहित ढिलै भए पनि उहाँलाई ''लाल केरनि'को धेरै-धेरै शुभकामना छ।


 

प्रकाशित:

१३२५ दिन अगाडि

|

१२ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३२ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६७ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८१ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३७ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६९ दिन अगाडि

|

२७ मंसिर २०७९