Above News Title

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

डा सावित्री मल्ल कक्षपति

भर्खरै हिन्दी सिनेमा ‘उचाइ’ सिनेमा हेरेर फर्किएँ । संस्कृतिविद् तेजेश्वर बाबू ग्वँगले नेपालीले लगाउने नेपाली टोपीलाई भावनात्मक रूपमा सगरमाथा (माउन्ट एभरेष्ट)को उचाइसँग तुलना गर्नुभएको छ । हुन पनि हामी नेपालीको सांस्कृतिक पहिरनको खाँटी र बिम्बात्मक अभिव्यक्ति हो यो । 

सिरको यही उचाइलाई बोकेर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनीले यो टोपी लगाएर सिनेमाको प्रस्थान विन्दु तय गरेको छ र कथा माउन्ट एभरेष्ट बेस क्याम्पतिर अगाडि बढेको छ । सिनेमामा अधिकांश रूपमा नेपालको प्राकृतिक सुन्दरताले स्थान पाएको छ । यसबाट सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुन पुगेको छ ।

विश्व परिवेशमा पूर्वीय लोक विश्वासमा विशेष गरी हिमाली क्षेत्रका समुदायले हिमाललाई भगवान् वा देवी मानेर उनको चरण स्पर्श गर्ने गर्दछन् । घटनाको कार्यव्यापारले विभिन्न पात्रका विभिन्न जीवनभोगाइका विभिन्न तहको अन्तर्विकास गर्दै मृतक साथीको खरानीलाई बेसक्याम्पमा पुर्‍याएर समर्पण गर्नुले यसलाई पुष्टि गरेको छ । 

कथा,पटकथा, सिनेमाटाग्राफी र निर्देशन राम्रो छ । कथाको विकासको केन्द्रमा माउन्ट एभरेष्ट चढ्ने कार्य आएको छ । तर एभरेष्ट चढ्न हिँडेका र कथ्यको मूलधारमा आएका हरेक पात्रलाई आआफ्नो जीवनभोगाइ अभिव्यक्त गर्ने  स्थान दिएर प्रस्तुतिले न्याय गरेको छ । विभिन्न जीवनका विविध भोगाइलाई कतै दृश्य र कतै सूच्य प्रस्तुति दिएर निर्देशकले आफ्नो सिर्जनशील परिकल्पनाको उचाइलाई स्थापित गर्न सफल भएका छन् ।

ठाउँ ठाउँमा हाँसो छ, तर त्यो हाँसो जवर्जस्ती स्थापित भएको छैन, चरित्रको स्वाभाविक स्वभावसँग घुलेर आएको छ , चियासँग चिनी मिसिएजस्तै ।  मूलकथा जेष्ठ नागरिकले बोके पनि पछिल्लो युवापुस्ताको जीवनभोगाइ पनि सम्बोधन भएको छ । त्यही सम्बोधनले बेसक्याम्प पुग्न अवरोध भइरहेको बाटो खुलेर कथाको उद्देश्य पूरा भएको छ ।

नेपालमा भारतीय सिनेमा सुटिङका लागि सहयोग गर्नका लागि नेपाली जनशक्ति तयार भएकोमा खुसी लागेको छ । सुटिङका लागि लद्दाख छान्दै गर्दा नेपालमा सुटिङ गर्नुपर्छ भनेर यसलाई नेपाल भित्र्याएकोमा सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । यसरी त हुने हो पर्यटन प्रवर्द्धन । युवाले त गर्दैछन् । यस्तो कामलाई नीति निर्माताले सहजीकरण गर्नुपर्छ । 

नेपालको हिमाल र प्रकृति सिनेमाको माध्यमबाट विश्ववबजारमा पुग्नु यसको विशेषता हो । नेपालका र भारतका सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।

प्रकाशित:

१३५३ दिन अगाडि

|

३० कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९