डा सावित्री मल्ल कक्षपति
भर्खरै हिन्दी सिनेमा ‘उचाइ’ सिनेमा हेरेर फर्किएँ । संस्कृतिविद् तेजेश्वर बाबू ग्वँगले नेपालीले लगाउने नेपाली टोपीलाई भावनात्मक रूपमा सगरमाथा (माउन्ट एभरेष्ट)को उचाइसँग तुलना गर्नुभएको छ । हुन पनि हामी नेपालीको सांस्कृतिक पहिरनको खाँटी र बिम्बात्मक अभिव्यक्ति हो यो ।
सिरको यही उचाइलाई बोकेर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनीले यो टोपी लगाएर सिनेमाको प्रस्थान विन्दु तय गरेको छ र कथा माउन्ट एभरेष्ट बेस क्याम्पतिर अगाडि बढेको छ । सिनेमामा अधिकांश रूपमा नेपालको प्राकृतिक सुन्दरताले स्थान पाएको छ । यसबाट सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुन पुगेको छ ।
विश्व परिवेशमा पूर्वीय लोक विश्वासमा विशेष गरी हिमाली क्षेत्रका समुदायले हिमाललाई भगवान् वा देवी मानेर उनको चरण स्पर्श गर्ने गर्दछन् । घटनाको कार्यव्यापारले विभिन्न पात्रका विभिन्न जीवनभोगाइका विभिन्न तहको अन्तर्विकास गर्दै मृतक साथीको खरानीलाई बेसक्याम्पमा पुर्याएर समर्पण गर्नुले यसलाई पुष्टि गरेको छ ।
कथा,पटकथा, सिनेमाटाग्राफी र निर्देशन राम्रो छ । कथाको विकासको केन्द्रमा माउन्ट एभरेष्ट चढ्ने कार्य आएको छ । तर एभरेष्ट चढ्न हिँडेका र कथ्यको मूलधारमा आएका हरेक पात्रलाई आआफ्नो जीवनभोगाइ अभिव्यक्त गर्ने स्थान दिएर प्रस्तुतिले न्याय गरेको छ । विभिन्न जीवनका विविध भोगाइलाई कतै दृश्य र कतै सूच्य प्रस्तुति दिएर निर्देशकले आफ्नो सिर्जनशील परिकल्पनाको उचाइलाई स्थापित गर्न सफल भएका छन् ।
ठाउँ ठाउँमा हाँसो छ, तर त्यो हाँसो जवर्जस्ती स्थापित भएको छैन, चरित्रको स्वाभाविक स्वभावसँग घुलेर आएको छ , चियासँग चिनी मिसिएजस्तै । मूलकथा जेष्ठ नागरिकले बोके पनि पछिल्लो युवापुस्ताको जीवनभोगाइ पनि सम्बोधन भएको छ । त्यही सम्बोधनले बेसक्याम्प पुग्न अवरोध भइरहेको बाटो खुलेर कथाको उद्देश्य पूरा भएको छ ।
नेपालमा भारतीय सिनेमा सुटिङका लागि सहयोग गर्नका लागि नेपाली जनशक्ति तयार भएकोमा खुसी लागेको छ । सुटिङका लागि लद्दाख छान्दै गर्दा नेपालमा सुटिङ गर्नुपर्छ भनेर यसलाई नेपाल भित्र्याएकोमा सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । यसरी त हुने हो पर्यटन प्रवर्द्धन । युवाले त गर्दैछन् । यस्तो कामलाई नीति निर्माताले सहजीकरण गर्नुपर्छ ।
नेपालको हिमाल र प्रकृति सिनेमाको माध्यमबाट विश्ववबजारमा पुग्नु यसको विशेषता हो । नेपालका र भारतका सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।

प्रकाशित:
१३५३ दिन अगाडि
|
३० कात्तिक २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९