माघ अर्थात् माघी दुबईमा पनि भब्यताका साथ मनाएको छ ।
ढिलो गरी प्राप्त समाचारअनुसार थारू कल्याणकारिणी सभा युएईले ११ जनवरीमा १२ औं वार्षिक भेला तथा माघी पर्व एवं थारु नयाँ वर्ष २६४९ विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको हो ।
थारू कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विगतको बर्षझै यस वर्ष पनि दुबईमा निरन्तरता दिइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले भाषा, कला, संस्कृति नजोगाइए हाम्रो पहिचान पनि हराउन सक्ने धारणा राखे । कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्व र यसका विशेषताका बारेमा चर्चा गर्दै सबैलाई स्वागत गरेका थिए । अन्य बक्ताहरुले माघी पर्वको शुभकामना सन्देश दिदै यस पर्वको महत्व, बिशेषता, जातीय संस्कृति र भेषभुषाको संरक्षण गर्न प्रवासमा गरिएको यो प्रयासप्रति आयोजक थाकस यूएईको सराहना गरेका थिए ।
कार्यक्रमका लागि नेपालबाट आमन्त्रित गायक खेम चौधरीको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरू केशवराज महतो, कृष्ण गुञ्जन, श्याम सिटीको समेत प्रस्तुति रहेको थियो ।
अष्टोरिया होटलको क्लब एभरेष्टको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता रामानन्द चौधरीले गरेका थिए भने कार्यक्रम केशवराज महतो र दिव्या चौधरीले संचालन गरेका थिए ।
प्रकाशित:
२८७ दिन अगाडि
|
१ माघ २०८२
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९